Author: महेन्द्रनगर पोष्ट

जनकपुरधाम- जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जाने भनिएको विशेष रेल रद्द भएको छ । भारत सरकारले जनकपुरबाट जाने रेललाई अनुमति नदिएपछि रेल सेवा रद्द भएको जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले बताए । उनका अनुसार जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठाका लागि आज बिहान साढे ६ बजे विशेष रेल जाने तयारी भएको थियो । तर, रेल नजाने भएपछि श्रद्धालुहरू निराश बनेका छन्।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन्। अफ्रिकी राष्ट्र युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन्। सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

Read More

धनगढी : बिहीबारबाट धनगढीको एसटीएस सिनेमामा दक्षिण भारतीय चलचित्र ‘हनुमान’ प्रदर्शनीमा आएको छ ।तेजा सज्जाले अभिनय गरेको उक्त चलचित्र भारतमा १२ जनवरीदेखि रिलिज भएको हो । यतिबेला चलचित्र हनुमानले चर्चा पाइरहेको छ । उक्त फिल्ममा समाजमा चलिआएको परम्परावादी सोचमा पनि प्रश्न उठाएर असल समाजको निर्माण गरिनुपर्ने सन्देश दिन खोजिएको छ ।फिल्ममा अधिकांश सम्बन्धको नकारात्मक वास्तविकता र शक्तिको दुरुपयोग गर्न खोज्ने समाजका गलत व्यक्ति र प्रवृत्तिलाई पनि उजागर गरिएको छ । कमजोर भएकै कारण विपक्षीबाट आफन्तको स्वोर्गारोहण पश्चात् हुने दर्दनाक पीडादायी क्षणलाई पनि समेटिएको छ ।त्यस्तै गाउँ, राष्ट्र र सारा विश्वको विकास र समृद्धिका लागि प्रत्येक व्यक्तिले आपसमा मिल्नुपर्ने सन्देश दिइएको…

Read More

काठमाडौँ : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा आज नेपालले पहिलो खेल खेल्दैछ । नेपालले टेष्ट राष्ट्र न्यूजिल्याण्डसँग खेल्न लागेको हो । खेल दिउँसो १ः४५ बजेदेखि शुरु हुनेछ । नेपाल र न्यूजिल्याण्ड समूह ‘डी’ मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेको छ र दुवै पटक नेपाल विजयी भएको छ । यो खेल जित्दा नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुन्छ ।

Read More

कैलाली : कैलालीको लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका थप २ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ थकालीपुरका २६ वर्षीय रोशनबहादुर शाही र वडा नम्बर ३ चिसापानीका २३ वर्षीय अनुज भनिने चिरञ्जिवी शाही आइतवार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार लम्कीका बडुवालको हत्या गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको हो। बडुवालको २०७८ कात्तिक २३ गते हत्या भएको थियो। उनको हत्याको आरोमा १२ जनाको विरुद्धमा इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दर्ता भएको थियो।

Read More

धनगढी : कैलालीको धनगढीबाट बालकसहितकी महिलाको उद्धार गरिएको छ। धनगढी उपमहानगर वडा नम्बर ५ बाट उनको उद्धार गरिएको हो। धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले शनिवार राति उनको उद्धार गरेको छ। नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार रोइरहेको अवस्थामा फेला परेकी उनको परिचय खुलेको छैन। अन्दाजी ३५ वर्षीया महिलाको मानसिक अवस्था ठिक नरहेको भन्दै स्थानीयले नगर प्रहरीलाई खबर गरेका थिए। उनको उद्धार गरेर दृष्टि फाउन्डेनको जिम्मा लगाइएको छ ।

Read More

दाङ : दाङमा रड प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका-४ तल्लो  हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।  शनिबार साँझ मदिराले मातेका चौधरीले श्रीमतीलाई रडले हान्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लले बताए। चौधरी अत्यधिक मदिरा पिउने भएकाले घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यतिसम्मकी उनले श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका दुई महिलालाई पनि रड प्रहार गरेका छन् ।  स्थानीय मिना थापा र शिला चौधरीलाई रड प्रहार गर्दा उनीहरु घाइते भएका हुन्। दुवै जनाको…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड विहान काठमाडौं अवतरण गर्नेछन् । सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले नेपाल–भारतबीचमा रहेका एक हजार आठ सयभन्दा धेरै सीमास्तम्भको मर्मत तथा रङरोगन गरेको छ । सरकारको निर्णयअनुसार गत १६ कात्तिकदेखि सशस्त्र प्रहरीले मर्मत सुरु गरेको थियो ।  साढे दुई महिना अवधिमा एक हजार आठ सयभन्दा धेरै मर्मत भइसकेको र अरू पनि मर्मतका क्रममा रहेको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । नेपाल–भारतबीच भएको सहमतिअनुसार सशस्त्र प्रहरीले बिजोर नम्बरका सीमास्तम्भको मर्मत गर्दै आएको छ । जोर नम्बरकाेसीमास्तम्भको भारतले मर्मत गर्दै आएको छ । नेपालले करिब दुई हजार दुई सय स्तम्भको मर्मत गर्दै छ ।  नापी विभागका अनुसार दुई देशको सीमामा आठ हजार आठ सय ५३ सीमास्तम्भ छन् । 

Read More

धनगढी : धनगढीको एक घरमा आगलागी हुँदा १० लाखको क्षति भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘ए’ गाउँका ३५ वर्षीय त्रिलोक सिंहको घरमा आगलागी भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार सिंहको काठले बनेको तीन कोठे घरमा आगो लागेर अन्नपात, भाँडावर्तन, लता कपडा लगाएतका सामान जलेका हुन्। मानवीय तथा चौपायाको भने क्षति भएको छैन। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण ल्याइएको थियो।

Read More