काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधु कुमार मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल निलम्बन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित ९ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिद शीर्षकमा एलएमबीआइएस बजेट प्रविष्टिका नियमित चरणहरूमा पर्ने कुनै पनि कार्य नगरी नगराई मरासिनीले २५ करोड रकम बजेट(रातो किताब)मा समावेश गराएको अख्तियारको ठहर छ । यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक (कार्यकारी निर्देशक)…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने जनाएको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने कार्यालयले जनाएको छ । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको स्मरण पनि कार्यालयले गराएको छ । यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु…
काठमाडौँ : इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएको इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ । आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिएका थिए । आगलागीको कारण भने अझै पनि पुष्टि हुन सकेको छैन । यसैबीच घटनास्थलमा पुगेर ३० वटा एम्बुलेन्सले घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा पुर्याएका छन् । चार तलासम्म फैलिएको आगोले प्रहरी परिसरको मुख्य पर्खाल पूर्णरूपमा ध्वस्त भएको छ । आगो नियन्त्रणमा नआएसम्म भवन पूर्णरूपमा खाली गर्न सबै कामदारलाई निर्देशन दिइएको छ ।
डडेल्धुराः डडेल्धुराका सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका (विओपी) बिना पूर्वाधारका रहेका छन्। जिल्लाका परशुराम नगरपालिका अन्तरगत सीमावर्ती क्षेत्रमा रहेका पाँच वटा विओपी मध्ये सादँनी, तातापानी, परिगाँउ र रुपाली गाडको पूर्वाधार निर्माण हुन सकेको छैन्। सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरूका लागि आवश्यक पूर्वाधार नहुँदा उनीहरूलाई समस्या रहेको छ। डडेल्धुरामा नेपाल–भारत सीमा क्षेत्रमा ५ वटा विओपी स्थापना भएका छन्। जसमध्ये सशस्त्र प्रहरी वल नेपाल सिमशिर्षकोे विओपीको मात्रै भौतिक संरचना रहेको छ। सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको बढ्दो उपस्थितिले नाका वासीले सुरक्षाको अनुभुति गर्न पाएको सशस्त्र प्रहरी वल नेपाल ५२ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर पालले बताए। अस्तव्यस्त अवस्थामा रहेका…
डडेल्धुराः डडेल्धुरामा ४८ जनामा डेंगु संक्रमण देखिएको छ। डडेल्धुरा अस्पताल र जोगबुडा अस्पतालमा गरिएको परीक्षणमा ४८ जनामा पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएकामध्ये डडेल्धुराका ३९, बैतडीका ६, बझाङका २ र डोटीका एक जना रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। आइतबार स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाममा आयोजना गरेको ‘डेंगु ज्वरोसम्बन्धी सरोकारवालाहरूसँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’मा उक्त तथ्यांक प्रस्तुत भएको हो। पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा साउनदेखि हालसम्म सबैभन्दा बढी जिल्ला सदरमुकामको अरमगढी नगरपालिकामा डेंगु संक्रमण देखिएको छ। अरमगढीका १५, परशुराम नगरपालिका र गन्यापधुरा गाउँपालिकाका ७/७, अजयमेरु र नवदुर्गा गाउँपालिकाका ४/४ तथा आलिताल र भागेश्वर गाउँपालिकाका १/१ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका भेक्टर…
काठमाडौं : साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ। मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ र आइतबार प्रतितोला आठ सय रुपैयाँ गरी पाँच दिनमा सुनको भाउ प्रतितोला चार हजार दुई सय सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री प्रचण्डले अहिले केही बेरमा संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका छन्। चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै रास्वपाले सर्वदलीय बैठक बहिष्कार गर्ने रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् बताएका छन्। ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन्। सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय आयोग बनाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ।
काठमाडौँः काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङ रहेका छन्। बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए। मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ।
काठमाडौं : १९ औं एसियाली खेलकुदको टी-२० क्रिकेटमा मंगोलियाविरूद्ध कुशल मल्लले ३४ बलमै शतक हानेर छिटो शतक पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाए। उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गरी अविजित १३७ रन बनाए। कुशलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपालले ३१४ रन बनाएको थियो। यो स्कोर पनि टि-२० इन्टरनेशनल इतिहासमा सर्वाधिक हो। चीनको हाङझाउमा कुशलले कीर्तिमान बनाएको खेल उनकी आमा शर्मिला मल्लले काठमाडौंमा बसेर हेरेकी थिइन्। नेपालको खेल चल्दै गर्दा शर्मिला खाना बनाउने तयारीमा थिइन्। छोरा मैदान प्रवेश गरेपछि डर लाग्न थाल्यो। मल्ल हिटर ब्याटर हुन्। बललाई बाउन्ड्री पार गराउनेमा उनको ध्यान हुन्छ। भारत विरूद्धको खेलमा…
जीवन विष्ट, धनगढी: कैलालीको चुरेकी निर्मला बोहराको दैनिकी अचेल सडकमै बित्छ। खानीडाँडाको सडक क्षेममा त्रिपालको टहरोमा उनी लालाबाला सहित बस्छिन्। दुई छोरी र एक छोराको लालन–पालनसँगै विद्यालय पढाउन श्रीमान् भारतमा मजदुरी गर्छन्। भारतबाट पठाएको तलबले उनको झुपडीमा चुलो बल्छ। २०७७ मा आएको पहिरोले घर खेत लगेपछि बिचल्लीमा छ उनको परिवार। घरबास नरहेपछि केही दिन आफन्तकोमा बास बसेका उनीहरूले अहिले सडक छेउँमै अस्थायी रूपमा बसोबास गरिरहेका छन्। ‘घर खेत पहिरोले लग्यो। खाने गाँस बस्ने बास छैन। कसरी बाँच्नु हामी ? ४ वर्षदेखि सडकमै छौँ, कुनै निकायले हेरेको छैन हामीलाई,’ उनले भनिन्। निर्मला जस्तै दर्जनौँ परिवार भीमदत्त राजमार्गस्थित खानीडाँडा क्षेत्रको सडकमा टहरो…