Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा माेटरसाइकलले ठक्कर दिदा पैदल यात्रीकाे मृत्यु भएकाे छ। ६ लेन सडककाे राजपुरमा सुपप्र ०१००८ प ८५ काे माेटरसाइकलले ठक्कर दिदा धनगढी उपमहानगरपालिका-१३ बस्ने ६३ वर्षीय अक्बर ठगुन्नाकाे मृत्यु भएको प्रहरीले जनाएको छ। उनकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। माेटरसाइकल र चालक कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-७ बस्ने ३५ वर्षीय गाेविन्दबहादुर झुकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो। डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। ‘घटनास्थल नजिकै टेक बहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने…

Read More

धनगढी: डडेल्धुरामा एक किशोरीको शव फेला परेको प्रकरणमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। जिल्लाको अमरगढी नगरपालिका-७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव शुक्रवार फेला परेको थियोे। शुक्रबार राति उनको हत्या भएको र त्यसपछि प्लास्टिकको बोरामा राखेर शव फ्याँकेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। सोही घटनामा प्रहरीलाई सत्यतथ्य अनुसन्धान तथा न्याय माग गर्दै स्थानीय र आफन्तले पोखरा बजारमा आन्दोलन पनि थालेका छन्। सोही क्रममा प्रहरीले भने भट्टराईको हत्या आरोपमा सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएमो छ। घटनास्थलबाट करिव १५/२० मिटर पूर्वतर्फ नालामा फालेको अवस्थामा भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि…

Read More

बाँके: कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ। कोहलपुर नगरपालिका-८ मा स्थानीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको हो। आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको थियो। सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। बंगलाटोलभित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव फेला परेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ। आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि…

Read More

धनगढी: बैतडीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दोगाडा भूमिराज मन्दिरमा धर्मशाला निर्माण गरिएको छ। हालै चन्दा संकलन गरेर मन्दिर क्षेत्रमा तिर्थालु तथा भक्तजनको आवासका लागि धर्मशालाको भवन बनाइएको हो। सो निर्माणका संयोजक शालिभान धामीले आवास प्रयोजनका लागि ३ लाख १८ हजार लागतमा २ कोठे भवन निर्माण गरिएको जानकारी दिए। उनका अनुसार दोगाडा भूमिराज मन्दिरमा पूजा तथा बलि दिएमा मनोकानमा पूरा हुने जनविश्वास छ। सो मन्दिर सिगास गाउँपालिका वडा नं. ९ चौखाममा अवस्थित छ। देश तथा विदेशबाट प्राप्त सहयोगबाट मन्दिरमा विभिन्न संरचना निर्माण हुँदै आए पनि सरकारीस्तरबाट भने कुनै पहल हुन सकेको छैन।

Read More

धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका-७ पोखरा बजारमा एक किशोरीको शवको फेला परेको छ। सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए। हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको बुझिएको छ। स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका गरेका छन्। राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाई छ। तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने बताइएको छ। प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ। डडेल्धुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय भने खुलाएको छैन। प्रहरीले आज बिहान…

Read More

धनगढी: बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन्। बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए। डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको मिश्रले बताए। उनकाअनुसार स्थानीयले जोशीलाई महाकाली पारी भारततर्फबाट नियन्त्रणमा लिएका थिए। स्थानीयले दाम्लोले बाँधेर जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। मंगोला थरकी युवती शुक्रबार…

Read More

दसैं नेपालीहरुको महान चाड हो। त्यसमा पनि आज बडादसैंको मुख्य दिन हो। आज घरघरमा देशभर मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ। नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी…

Read More

काठमाडौं: नेपाल प्रहरीकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीलाई प्रहरीले पक्राउ गर्नुपर्ने भन्दै निगरानीमा राखेको जनाइएको छ। शाहीलाई छानबिनपछि ललितपुर प्रहरीले निगरानीमा राखेको जनाएको हो। भैंसेपाटी प्रहरी प्रभाग इन्चार्ज रहेकी उनले व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ असुलिएको घटना सार्वजनिक भएको थियो। त्यसपछि उनलाई जिम्मेवारीमुक्त गर्दै निलम्बन गरेर छानबिन थालिएको थियो। त्यसपछि उनीमाथि मुद्दा चलाउने रायसहितको छानबिन समितिले प्रतिवेदन हेडक्वाटर बुझाएको छ। यसैक्रममा आजमात्रै इन्सपेक्टर शाहीको निर्देशनमा पैसा असुलीमा संलग्न एक प्रहरीकै जवान पक्राउ परेका छन्।उनी यस अगाडि सोही घटनामा पक्राउ परेका व्यापारीको खातामा पैसा डिपोजिट गर्न जाँदा सँगै गएका थिए। साथै आरोपीहरूसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापामाथि थप छानबिनको सिफारिस…

Read More

काठमाडौं: नेपाल प्रहरीले आजको दिन मौलो पूजा गरेर मनाएको छ। बडादसैंको एक दिन अगाडि नेपाल प्रहरीले मौलो पूजा गर्ने चलन छ। सोही बमोजिम प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितले देशैभर मौलो पूजा गरेका छन्। हेडक्वार्टरसहित देशका सबै प्रहरी कार्यालयको हातामा मौलोमा संकल्प पूजा गरिएको बताइएको छ। सम्पूर्ण प्रदेश प्रहरी कार्यालयका हाकिमहरुले पनि सादा पोसाकमा सजिएर पूजा गरेको पाइएको छ भने अन्यत्र पनि त्यस्तै प्रकारले पूजा गरिएको छ। हेडक्वार्टरको हकमा बडा दसैँका अवसरमा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजा र संकल्प गर्ने चलन छ। सो क्रममा महानिरीक्षक कुँवरले बली पूजा गर्दै निशानमा पञ्जा छापसमेत…

Read More