Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको छैटौं अरनिको सैनिक कप २०८० उपाधि आयोजक अरनिको युवा क्लबले जितेको छ । प्रतियोगिताको अन्तिम खेलमा आयोजक अरनिको युवा क्लबले त्रिभुवन युवा क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै छैटौं उपाधि जितेको हो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको खेलमा मध्यन्तर अघि अरनिको युवा क्लबका लागि डिफेन्डर दिपेन सिहंले १ गोल सहितको खाता खोलेको थियो । लगत्तै मध्यन्तर पश्चात त्रिभुवन युवा क्लबका खेलाडी प्रमोद तामाङले पनि त्रिभुवनका लागि १ गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो । मध्यान्तरपछि त्रिभुवन युवा क्लबले गोल फर्काए पश्चात् खेल निकै नै रोमाञ्चक बनेको थियो । बराबर…

Read More

काठमाडौं काठमाडौंमा कार चलाइरहेका एक मधेसी युवालाई दुर्व्यवहार गरेर पक्राउ परेका व्यक्ति रिहा भएका छन्। कैलालीको धनगढी घर भइ हाल काठमाडौं बस्दै आएका प्रवीण श्रेष्ठ पक्राउ परेका थिए । शनिबार राति वीरगञ्ज घर भई कुलेश्वर बस्ने अंकित गुप्तालाई उनले नागरिकता माग्दै दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको थियो। छलफलपछि मिलापत्र भएको एक प्रहरीले बताएका छन्। उक्त घटना लाजिम्पाटको होटल साङ्ग्रिला अगाडी भएको थियो। ओभरटेक गरेको भन्दै प्रवीण श्रेष्ठले अंकित गुप्तालाई वाक्यपिच्छे अपशब्द बोल्दै धम्काएका थिए। प्रवीण श्रेष्ठले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका थिए।

Read More

काठमाडौं  :  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामरा डाउन गरेर विरोध जनाएका छन् । मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिएको हो । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रण पत्र लिएर आउन भनिएको छ ।

Read More

धनगढी : कैलालीको धनगढीका एक बालक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–५ मटियारी बस्ने पन्चोदय स्कुलमा कक्षा ७ मा अध्यनरत १३ वर्षीय रमित कठायत बिहीवारबाट बेपत्ता भएका हुन्। ३ गते बेलुका ४ बजेको समयमा कसैलाई नसोधी घर बाट निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको पारिवारीक स्रोतले जनाएको छ। बालकलाई कसैले देखे वा फेला पारेमा सम्पर्क नम्बर ९८५८७८४८१८ र ९८६८४४२८१६ मा सम्पर्क गर्न तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Read More

काठमाडौं : काठमाडौंमा कार चलाइरहेका एक मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी घर भइ हाल काठमाडौं बस्दै आएका प्रवीण श्रेष्ठ रहेका छन्। शनिबार राति वीरगञ्ज घर भई कुलेश्वर बस्ने अंकित गुप्तालाई उनले नागरिकता माग्दै दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडिओमा श्रेष्ठले, ‘नेपाली नागरिकता छ कि छैन ? नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ? आइडी हेर्छस् डीएसपीको ? लगेर थुन्दिऊँ ?’ भन्दै धम्काएको देखिन्छ। त्यो घटनापछि गुप्ताले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ दरबारमार्ग प्रहरीले जनाएको छ। पक्राउ परेका प्रवीण श्रेष्ठलाई अभद्र व्यवहार कसुरका…

Read More

काठमाडौँ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो । समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने समयावधि सकिनै लाग्दा प्रक्रिया स्थगित गरेको हो ।

Read More

कैलाली : कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। कैलारी गाउँपालिका-३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २८ वर्षीय युवक सुरज लौकुस्मलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले सुरजको साथमा लागुऔषध फेला पारी उक्त पदार्थसहित उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

बैतडी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरवपालिका- ४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका बताइएको छ। उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा काम गर्दथे। ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर गएका बिष्णु कहिल्लै नआउने गरि अस्ताएपछि गाउँ शेकमा डुबेको छ।

Read More

दार्चुला : दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ। नौगाड गाउँपालिका-२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको हो। दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निर्माण सेवा कम्पनीका ओभरसियर धनुषा नारायण नगरपालिका-५ गमरखोली बस्ने  ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टातार गरेको दाबीहसित मुद्दा दायर गरेपछि पूर्वसचिव भीम उपाध्यायले प्रतिक्रिया जनाएका छन् । हाल अमेरिकामा रहेका उनले मेलम्चीमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले  मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका हुन् । उनले ०७३ कार्तिकदेखि ०७४ भदौ १२ गतेसम्म आफूले खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको र त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष रहेको जानकारी दिएका छन् । त्यस अवधिमा आफूबाट कुनै प्रकारको अनियमितता नभएको दाबी उनको छ । “म ३ करोड नेपालीका सामु ढुक्कसँग भन्छु, मबाट देशहितको कामबाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन…

Read More