Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महाेत्तरीकाे जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका छन्।  सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बम्जनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन्। उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिए।

Read More

काठमाडौं: बिगमार्टले यस वर्षको जाडो मौसमलाई मध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ। बिगमार्टले यस वर्षको जाडो मौसम उत्सव अन्तर्गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ। कम्पनीले बम्पर पुरस्कार अन्तर्गत भाग्यशाली एक जना ग्राहकलाई टाटा टियागो कार, एक जाना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रे-जेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरूलाई ५ वटा स्मार्टफोन, १० भाग्यशाली ग्राहकहरूलाई जनही पाँच हजार रूपैयाँ बराबरको किनमेल भौचर प्रदान गर्ने छ। साथै ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रूपैयाँसम्म), एनसिएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत (१०० रूपैयाँ) र…

Read More

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो। महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापाले एसपीहरुको मनलाग्दी सरुवा गरिरहेको आरोप लागेछ। पटक पटक सच्याइएको सूचीलाई माघे संक्रान्तिको अघिल्लो दिन एसपीहरुको सरुवा गर्ने तयारीलाई अन्तिम अवस्थामा पुर्याएको छ। तर, शक्तिकेन्द्र र राजनीतिक आस्थाको आडमा सरुवा सूचीलाई लाजमर्दो बनाउन लागिएको आरोप मुख्य अनुसन्धान निर्देशक थापामाथि लागेको छ। एसपीहरुको सरुवामा पूर्व उपराष्ट्रपति र सभाका छोरा दिपेश पुन र महराहरुको विशेष हात रहेको बताइन्छ। स्रोत भन्छ,‘पुन र एक जना घोरसाइने समेतको सरसल्लाहमा माओवादी निकट भनिएकालाई रोजिएका विशेष जिल्लामा खटाउन लागिएको छ। अरुलाई भने छानिछानी अन्यत्र जिल्लामा पठाइँदैछ।’ भोलि सबैजसो जिल्लामा अवधि पुगेकाहरुको सरुवा हुने सम्भावना बढेको छ। तर,एकतर्फी रुपमा माओवादी…

Read More

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बिहान ९ बजेपछि बसेको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, राष्ट्रिय सभा निर्वाचन र समसामियक राजनीतिबारे छलफल भइरहेको आचार्यले बताए ।

Read More

वीरगञ्ज : इँटाभट्टीमा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमको मुद्दामा आइतबार पेशी तोकिएको छ। जिल्ला अदालत, रौतहटमा आलमसहित पाँचजना विरुद्ध परेको मुद्दामा आज पेशी हुने अदालतका श्रेस्तेदार उद्घव ढोडारीले जानकारी दिए। उनका अनुसार दुवैतर्फका वकिलहरूले बहस नोट अदालतमा पेश गरिसकेकाले आज चढ्ने पेशीमा मुद्दाकाे अन्तिम फैसला आउने सम्भावना छ। आलमविरुद्ध जिल्ला अदालतमा विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दा दर्ता छ। विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर ०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ…

Read More

काठमाडौं : इजरायली सेनाले गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाको बम प्रहारबाट एकै घरमा रहेका २० जनाको मृत्यु भएको हो । इजरायली आक्रमणबाट अल–दराज नजिकै रहेको घरमा २० जनाको शव फेला परेको प्यालेस्टाइनको सरकारी टिभीले जनाएको छ । गाजा शहरको मध्य क्षेत्रमा रहेको अल–दराजमा भिडन्त जारी रहेको बीबीसीले जनाएको छ ।

Read More

बैतडी : परराष्ट्र मन्त्री एनपी साउदले गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन्। शनिबार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउदले जनताबाट अनुमोदित सरकार भएकाले यो सरकार पाँच वर्षसम्म चल्ने बताएका हुन्। ‘जनतामा गठबन्धन गरेर गयौं। महुमत पायौं। माथि आएर गठबन्ध गरेका हैनौं। जनताबाट अनुमोदित भएकाले यो गठबन्धन पाँच वर्ष अकण्टक रुपमा चल्छ’ उनले भने। प्रधानमन्त्री, मन्त्रीहरू फेरबदल हुने प्रक्रिया भइरहने बताउदै मन्त्री साउदले गठबन्धनले दिगो, भरपर्दो र स्थिरता दिने बताए।

Read More

बैतडी : बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँस्थित एक घरमा आगलागी भएको छ। हिजो(शनिवार) साँझ साढे ६ बजेतिर स्थानीय पुष्कर थलालको दुई तले कच्ची घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ।   १ लाख ५० हजार नगदसहित एक तोला आठ आना सुन र ३५ हजार बराबरको अन्न र कपडा गरी पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले  जानकारी दिए। विद्युतको तार सर्ट भएर आगलागी भएको र घर पूर्णरुपमा जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 

Read More

अछाम : अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको  दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो।  घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए। 

Read More