Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुदूरपश्चिमकै पहिलो एपीएफ स्कुलको उद्घाटन गरेका छन्। आज (सोमबार) एक कार्यक्रमका बीच अर्यालले कञ्चनपुरको झलारीस्थित उक्त स्कुलको विधिवत रुपमा उद्घाटन गरेका हुन्। हालै सशस्त्र प्रहरीले नेपालकै कान्छो स्कुलको रुपमा शुक्लाफाँटा नगरपालिका–५ मा उक्त स्कुल सञ्चालनमा ल्याएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले स्कुलको उद्घाटन गर्दै सो स्कुलले एपीएफ र सर्वसाधारणसमेतका विद्यार्थीलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिए। उनले सेवामूलक भावले कञ्चनपुरमा पहिलोपटक एपीएफ स्कुल सञ्चालनमा आएको बताए। उनले भने, ‘यो स्कुलले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित हुने विश्वास लिएको छुँ। हामी मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुशरण गर्दै रोजगारमुलक,…

Read More

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनले जग्गा नामसारी गर्ने गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन्। आज (सोमबार) बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय बिष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा जग्गा अतिक्रमण मुद्धामा फरार रहेकी एक महिला पक्राउ परेकी छन्। जिल्लाको बेदकोट नगरपालिका– ७ की ३० वर्षीया भागरथी विष्ट सोमवार पक्राउ परेकी हुन्। उनलाई अदालतले जग्गा अतिक्रमण मुद्दामा ३ हजार जरिवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेकी विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै कुटपिट मुद्दाका अर्का फरार दोषी पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिका–३ खैरीघाटबाट गणेश पौडेल पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा यही बैशाख १४ गते दोषी ठहर गरेको थियो। र उनी फरार भएका थिए। इलाका प्रहरी कार्यालय बेल्डाडीले सोमबार नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइएकोमा अदालतले पौडेललाइ कारागार चलान गरेको…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०र८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनले यस्तो बताएका हुन् । आईजीपी कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए । वार्षिक लक्ष्य हासिल गर्न कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेकोमा उनले जोड दिए । कार्ययोजनाअन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले वार्षिक लक्ष्यअनुसार मातहत…

Read More

धनगढी : धनगढी विमानस्थलमा कुकुर पसेपछि काठमाडौंबाट उडेको जहाज ढिला अवतरण भएको छ। गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको टोली सवार जहाज ढिलोगरी अवतरण भएको हो। करिव ७ बजेको समयमा विमानस्थलको रनवेमा कुकुर पसेपछि जहाज ढिलोगरी अवतरण गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सो जहाजले करिब ७ मिनेट आकाशमा फन्को मारेको थियो। सो जहाजमा नेपाल प्रहरीका प्रमुख आइजीपी वसन्त बहादुर कुँवर, नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका आइजीपी हुतराज थापासमेतको टोली सुदूरपश्चिम आएको थियो। सो टोली आज धनगढीस्थित एक होटलमा बसेको र भोलि सुदूर पहाडको भ्रमणमा निस्किने जनाइएको छ। यस अगाडि सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्याल भने हिजै…

Read More

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयका मातहातमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले अध्ययन, असाधारण, घर बिदा , बिरामी बिदा, भैपरी आउने र पर्वजस्ता बिदा लिएर निजी तथा गैरसरकारी संस्था काम गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि मन्त्रालयले कारबाही थालेको हो । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पाताल र केन्द्रलाई निर्देशन जारी गर्दै गैरजिम्मेवारीपूर्ण काम गर्ने जो–कोहीलाई कानुन बमोजिम हैदसम्म कारबाही गरिने चेतावनी दिएका छन् । ‘केही कर्मचारीले विदेशमा समेत गएर काम गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय…

Read More

धनगढी : कैलाली भन्सार कार्यालयबाट सशस्त्र प्रहरीले कृषि उपकरण बोकेको ट्रक बरामद गरेको छ । वास्तविक मूल्य भन्दा कम भन्सार मुल्यांकन गरी नेपाल भित्र्याउन लागिएको उपकरणसहित ट्रक बरामद गरेको हो । त्रिनगर भन्सारमा रहेको सशस्त्र प्रहरी ब्यारेकबाटै ट्रकसहित समान बरामद गरिएको हो । भारतिय नम्बर प्लेटको युपी ३१ टि ४६५७ नम्बरको ट्रक सहित कृषी सम्बन्धी उपकरण बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक साजेन्द्र श्रेष्ठले जानकारी दिए । भन्सारमा कम मुल्याकंन गरी ट्रक नेपाल भित्रिदै गरेको सुचनाका आधारमा बरामद गरिएको उनले बताए । ट्रक संगै समान मालिक बैरिस्टर गुप्तालाई पक्राउ गरिएको छ । ट्रक बरामद…

Read More

काठमाडौं : सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । निर्णयअनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो । अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले यो निर्णय गरिएको सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले पुष्टि गरे । ‘पुरक जाहेरीमा उल्लेख भएकामध्ये टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह भन्ने मेहरमान सिंहविरुद्ध चाहिँ १८ वैशाखमा मुद्दा दायर…

Read More

काठमाडौं : ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । केही समय अघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औँ स्थानमा परेको हो। यसअघि क्लब ४९ र ५२ औँ स्थानमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो । यसअघि सन् २०२२ का लागि…

Read More