Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत ९सी–चेक०का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

Read More

काठमाडौँ : सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

Read More

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको जानकारी दिए। बुधबार एयरलाइन्सको एएन एएमपी सीआरजे२०० जहाज ०२ रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो। जहाजमा १५ जना रहेको प्रारम्भिक जानकारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। ११ बजे दुर्घटनामा परेलगत्तै सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन्।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

Read More

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखको अपमान गरेको बताएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दे संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखको अपमान गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । मङ्गलवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारी उपस्थित भएनन् । प्रदेश प्रमुखसमक्ष प्रदेशका एक चौथाइ सांसद उपस्थित भएर विपद्का विषयमा सरकारलाई निर्देशन दिन भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए । एमाले कांग्रेसका २१ जना सांसदको हस्ताक्षरसहित आह्वान गरिएको बैठकमा मुख्यमन्त्री सोडारी उपस्थित नहुनुलाई कांग्रेसले गैर संवैधानिक, गैरजिम्मेवार र सत्तालिप्सा कार्य रहेको ठहर गरेको छ…

Read More

धनगढी : अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ । पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो । अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो । लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिछ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध गरेपनि…

Read More

काठमाडाैं: कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गरिएको पाइएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो। सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ। चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक रहेका छन्। चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ। चर्चसँग प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पनि छ। कारको अगाडिको सिसामा अस्पतालको संकेत जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ। इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको स्थानीयले बताएका…

Read More

धनगढी: सुदूरपश्चिमको फुटबल क्षेत्रका पुराना हस्तीसमेत रहेका एक प्रशिक्षकको निधन भएको छ। सुदूरपश्चिम फुटबलको क्षेत्रमा चम्किला इतिहास मानिने धनगढी उपमहानगरपालिका-४ का लालबहादुर खड्काको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो। हिजो घरकै शौचालयमा एक्कासी बेहोस भएर ढलेपछि धनगढीकै मायामेट्रो अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा खड्काको निधन भएको हो। आज मंगलबार बिहान उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। उनलाई सुदूरपश्चिममात्र होइन, नेपाली खेलकुदका एक नक्षत्र नै मान्ने गरिन्थ्यो। उनी फुटवलका राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक हुन्। धनगढीको उत्तरमावेहडीमा बसोबास रहेको उनको परिवारमा ९ जना खेलाडी छन्। खड्का गणेश थापा नेपाली राष्ट्रिय…

Read More

धनगढी : कञ्चनपुरमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बेल्डाडी गाउँपालिका–४ घर भई हाल बेदकोट नगरपालिका–७ बस्ने २५ वर्षीय रोहित चौधरी र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय सुवाश चौधरी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २ दशमलब शुन्य ९ ग्राम लागु औषध खैरो हिरोईन बरामद गरेको छ । प्रहरी प्रदेश कार्यालय लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको छ।

Read More

धनगढी : आज बिहानैदेखि अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग ९ घण्टापछि सुचारू भएको छ। बित्थडचिर गाउँपालिका-४ स्थित बल्लेखोलामा आज बिहान ६ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। गाउँपालिकाको मेसिन र सडक विभागको मेसिनको सहायताले पहिरो पन्छाएर दिउँसो २ बजे देखि राजमार्ग पुनः सुचारू गरिएको छ। पहिरो पन्छाउने कार्यमा स्थानीय प्रशासन र गाउँपालिकाले समन्वय गरि तदारुकता देखाएका थिए। यस अवरोधका कारण यातायात सेवा प्रभावित भई यात्रुहरूलाई असुविधा भएको थियो। पहिरोको कारणले गर्दा केही समयका लागि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो ।

Read More