Author: महेन्द्रनगर पोष्ट

डोटीः डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको सायल गाउँपालिका–४ भाल्माको कच्ची सडकमा जीप दुर्घटना भएको हो। दुर्घटनामा चालक घाइते भएका छन्। आज (शनिबार) विहान जीप दुर्घटनामा परेर चालक भाल्माका ३९ वर्षीय मीनबहादुर बोगटी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिए। बिष्टका अनुसार बोगटीको दाँहिने खुट्टाको घुँडा, छाती र टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य छ। भाल्मादेखि सिलगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज ३९९ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो। जीप करिब २५ मिटर तल खसेको अनुमान छ। जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसामु जीतका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरको मैदानमा जारी खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको हो। आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ७ चौका र १ छक्का हिर्काए। ७ विकेटका ६९ रनको खराब स्थितिमा रहेको बेला यादवले सोमपाल कामीसँग आर्मीको इनिङ्स सम्हालेका थिए। सोमपालले ३९ रन बनाए। आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन…

Read More

काठमाडौं : दिल्लीको अपराध शाखाको टोली मुख्यमन्त्री अरविन्द केजरीवालको निवासमा पुगेको छ। केजरीवालले सत्तारुढ भारतीय जनता पार्टीले आम आदमी पार्टीका विधायक किन्ने प्रयास गरेको आरोप लगाएका थिए। यसै विषयमा प्रहरी अधिकारी केजरीवाललाई नोटिस दिन उनको घरमा पुगेका हुन्। प्रहरीले उनलाई आरोपको प्रमाण पेस गर्न भनेको छ। शुक्रबार साँझ पनि क्राइम ब्रान्चको टोली सूचना लिएर मुख्यमन्त्रीको निवास (अरविन्द केजरीवालको निवास) पुगेको थियो तर कसैले पनि सूचना नपाएपछि दिल्ली पुलिस राति नै त्यहाँबाट फर्कियो। अहिले दिल्लीका मुख्यमन्त्रीको निवासमा प्रहरीले सुरक्षा बढाएको छ। स्रोतका अनुसार दिल्लीको मुख्यमन्त्रीको कार्यालयले सूचना लिन राजी भएको छ। जबकि अपराध शाखाको टोलीले सीएमओ पुर्जी दिन तयार नभएको बताएको छ। क्राइम ब्रान्चको…

Read More

धनगढीः कञ्चनपुरबाट भन्सार छलीको तोरी बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका-६ (ङ) गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएकाे तोरी आज (शनिवार) बिहान सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को टोलीले बरामद गरेको हो। ४८ हजारको ६ क्विन्टल तोरी बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

काठमाडौं : गत हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबीच हानाहान भयो। गत हप्ताको शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए। सहसचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले बुझाएको प्रतिवेदनमा कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरेको छ। असई तामाङ तीनै विवादित प्रहरी कर्मचारी हुन्। जसलाई तीन वर्षअगाडि यस्तै प्रकृतिको घटनामा नसिहत दिइएको पाइएको छ। कम्प्युटर कोड ४७९४७८ र संकेत नम्बर सी ००१३३५७८ रहेका सञ्जयको त्यतिबेला अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमै दरबन्दी थियो। उनले त्यसबेला पनि यस्तै काण्ड मच्चाएको फेला परेपछि प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले अभिलेख किताबमा…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो। यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटले हराएर एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो। फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख र तृतीय हुने टोलीले…

Read More

कैलाली : अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्रि प्रकरणमा चार जनाले कैलाली प्रहरीमा आत्मसमर्पण गरेका छन् । महोत्सवमा नक्कली टिकट बिक्रि गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । नक्कली टिकट बिक्रि प्रकरणमा अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुरुमा साउँद र महराकाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, संघका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीकाविरुद्ध…

Read More

काठमाडौं : काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् । उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठले बताइन् । उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थिन् । ‘विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटकपटक यस्तो चक्की खाएको देखियो,’ डा. श्रेष्ठले भनिन् । पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी  भू-भागमा आंशिक बदली  रही  बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा सूची प्रकाशित गरेको छ । बढुवा समितिले २२६ जना सशस्त्र जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस प्रकाशित गरेको हो । सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो । ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ । नामावलीः apf-ass_haldarDownload

Read More