Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरी प्रधान कार्यालयको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल तोकिएका छन्। यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए। यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले प्रहरीमा रहेका २० डिआइजीमध्ये १६ जनाको सरुवा गरेको हो। जसमा ७ वटै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको छ।

Read More

धनगढी :  सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन्। चारै जनाको शपथग्रहण समेत भएको छ। प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। निर्विरोध निर्वाचित हुने विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीकी माया पन्त छिन्। निर्वाचित सभापतिहरूमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी ) का प्रदेश सभा सदस्य हुन्। उनीहरूले मङ्गलबार सभापति पदमा मनोनयन गर्नु भएको थियो।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो। बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ। बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ। पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरूले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन्। सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ। भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता…

Read More

धनगढी : नेकपा एकालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको आजबाट पहिलो प्रदेश अधिवेशन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका करिब २५० जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन्। आज र भोली जारी रहने अधिवेशनबाट प्रदेशले नयाँ नेतृत्व पाउने प्रदेश संयोजक मनोज राईले जानकारी दिए। अहिले सम्म अनेरास्ववियु अध्यक्षका लागि २ जनाको दाबी देखिको छ। अहिले संयोजक रहेका मनोज राई र सह संयोजक रहेका कमल रोकायाले अध्यक्ष पदमा दाबी गरेको अनेरास्ववियु केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज दीपक धामीले जानकारी दिए। आकांक्षी धेरै भए पनि नेतृत्व सर्वसम्मत रूपले चयन गरिने उनले बताए। अध्यक्षमा दाबी गरेका अहिलेका संयोजक…

Read More

 काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ। उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। व्यक्ती बेपत्ता, बाल यौन दुराचारलगायत आरोपमा सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तिगौँडाबाट पक्राउ गरेको हो।

Read More

काठमाडौं : चार वर्षको खोजीपछि पक्राउ परे का ‘तपस्वी’ रामबहादुर बम्जनले जंगलमा लुकेर बसेको जानकारी दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिजो (मंगलबार) पक्राउ गरेको थियो। मंगलबार बुढानीलकण्ठ स्थित हात्तीगौँडाबाट पक्राउ गरेपछि प्रहरीले उनलाई कहाँ बस्नुभएको थियो ? भनेर सोधेको प्रश्नमा बम्जनले प्रहरी अधिकृहरुसँग भनेका छन्, ‘जंगलमा थिएँ।’ १५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए। प्रहरीसँगको बयानमा उनले भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो। तर, बम्जन प्रहरीलाई…

Read More

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा माघ १२ गतेदेखि हुने भनिएको सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको मिति सरेको छ। भागेश्वर माध्यमिक विद्यालय कटालको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरिने प्रतियोगिताको मिति १० दिन पर सरेको हो। माघ १२ देखि १५ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता अब माघ २२ देखि २५ गतेसम्म चल्नेछ। सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विविध प्राविधिक कारणले प्रतियोगिता पछि सार्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’का अनुसार पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक…

Read More

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडान भरेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण भएको छ। खराब मौसमका कारण उक्त जहाजहरु सुर्खेतमा अवतरण गरिएको हो। १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भएपनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढीस्थित एयरपोर्टको टावरले जनाएको छ।

Read More

काठमाडौं: बालतपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सर्लाही प्रहरीलाई बुझाउने तयारी गरेको छ। तपस्वीको आवरणमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ परेका बम्जनलाई सर्लाहीमा हाजिर गराउने तयारी रहेको सीआइबी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हिजो बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउन लागिएको हो। बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआइबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो।

Read More

कैलाली: कैलालीको कैलारी गाउँपालिकामा माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ। कैलारी गाउँपालिकाको पुस २० गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको हो। थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए।

Read More