Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै झै झगडा हुने गरेका घटना बाहिरिएका छन्। थुनुवाले नै अर्का थुनुवा कुट्दासमेत बाहिर भएका प्रहरी हेरेर बस्ने गरेको खबर बाहिरिएको हो। यही पुस २१ गते लागुऔषध मुद्दामा पक्राउ परेका सन्जय थापामाथि अर्का थुनुवा हरिश भट्टले कुटपिट गरि घाइते बनाए। उनले थापाको दात नै हल्लिने गरि कुटेको, छाती र खुट्टामा पनि चोट लागेको उनका बुवा बताउँछन्। लागुऔषध मुद्दामा नै पक्राउ परेका हरिश भट्टले भित्रै त्यस्तो दादागिरी गर्दासमेत प्रहरीले केही नगरेको पीडितका बुवाको गुनासो छ। उनले छोरा कुटिएको घटनाबारे बुझ्दा मुद्दा शाखाकी प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीले गोलमटोल जवाफ दिएको बुवाले बताए। शाहीले भित्र भएको…

Read More

धनगढी : कैलालीको धनगढीमा रहेको एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-१३ एकता टोलस्थित जंगबहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा अचानक बिद्युतको तार सर्ट भएर मंगलवार साँझ आगलागी भएको हो । आगलागी हुँदा फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामान छ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएर आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कैलाली : इन्धन किनेबापत घुस माग्ने गरेको आरोप लागेपछि आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ । उनले १ लाखसम्म माग्ने गरेको खबर सतहमा आएपछि निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले मंगलबार साँझ उनलाई सरुवा गर्ने निर्णय गरेका हुन् । उनलाई केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा बुधबारदेखि हाजिर हुने गरी सरुवा गरिएको छ । उनको ठाउँमा नयाँ डिपो प्रमुख भने पठाइएको छैन । डिपोका प्रमुख मोहनकुमार साहले घुस नदिए पेट्रोलियम व्यवसायीलाई इनधन नै नदिने गरेको आरोप लागेको थियि। उनले डिपोबाट पेट्रोल पम्पसम्म इन्धन लग्ने निजी ट्यांकरधनीबाटे मासिक एक लाख रुपैयाँसम्म असुल्ने गरेको आरोप लागेको हो।…

Read More

कैलाली : कैलालीको गोदावरीमा चितुवा मृत फेला परेको छ। गोदावरी नगरपालिका-६ लालपुरस्थित चाटिया समुदायिक बनमा मंगलवार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका बन कार्यालय अत्तरियाको जिम्मा लगाएको बताएको छ।

Read More

काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

Read More

काठमाडौं- फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त भएका छन् । उनी आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनेको बीबीसीले जनाएको छ । फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षका लरेन्ट फाबियस प्रधानमन्त्रीमा नियुक्त भएका थिए । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएका छन् । हिजो एलिजाबेथ बोर्नको राजीनामा स्वीकृत गरेका फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आफूपछिको राष्ट्रपतिको बलियो दाबेदार मानिएका एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । एटल यसअघि शिक्षा मन्त्री थिए । फ्रान्सको संसदमा सकारात्मक प्रभाव पारिरहेका एटलले गठन गर्ने सरकारमा प्रभावकारी व्यक्तिहरू मन्त्रीमा छनाेट हुन सक्ने फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् । नवनियुक्त प्रधानमन्त्री एटलले…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

Read More

धनगढी : स्वर्ण सहितका विभिन्न अन्य पदक जित्ने ९ जना कराँते खेलाडीलाई धनगढीमा सम्मान गरिएको छ । राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेश गोजुरियो कराँते दो संघले ९ जना पदक विजेता खेलाडीलाई धनगढीमा सम्मान गरेको हो । सातौँ दक्षिण एसियाली करातेमा स्वर्ण पदक विजेता पुष्पा मडै, ९ औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता आनन्द कामी सहित सम्मानित भएका छन् । मडै १२ औँ राष्ट्रपति राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण विजेता हुन् भने ९ औँ बृहत् खेलकुद प्रतियोगितामा कांस्य पदक विजेता हुन् ।आनन्द कामी १९ औँ एसियन सिनिएर कराँते प्रतियोगिताका नेपालको तर्फबाट सहभागी भएका थिए ।त्यस्तै ९ औँ…

Read More

देशभर अहिले चिसो बढेको छ । सकेसम्म घरभित्र चिसो नछिरोस् भनेर झ्याल/ढोका सबै बन्द गरेर राखिन्छ । साथै, कोठा र शरीरलाई न्यानो बनाउनको लागि हिटर, कोइला आदिको प्रयोग पनि बढ्दो छ । तर, यस्ता कुराहरु प्रयोग गर्दा ध्यान पु¥याउन सकिएन भने ठूलो दुर्घटना हुन सक्छ भन्ने कुराको बारेमा भने कमैले मात्रै ध्यान दिएको देखिन्छ । ४ वर्ष पहिले पोखरामा यसरी नै कोठभित्र कोइला बालेर न्यानो बनाउने हुँदा धुवाँले निस्सासिदा कोठाभित्र एकै परिवारका चारजनाको मृत्यु भयो । करिब दुई वर्ष पहिले इन्जिनियर दम्पत्ति पुष्कर जोशी र अप्सरा श्रेष्ठको चिसोको समयमा प्रयोग गरिएको हिटरबाट सल्केको आगोको लप्काले जल्दा ज्यान गुमाउनु परेको थियो…

Read More

धनगढी : सन् २०२३ मा करिब ७१ हजार जना नेपाली स्थायी बसोबास गर्न विदेश गएका छन्। विभिन्न मुलुक गएका नेपालीले उल्लेख गरेका विवरणका आधारमा अध्यागमनले विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेश गएका थिए। उनीहरूमध्ये ७० हजार नौ सय १५ जनाले स्थायी बसोबास गर्न आफ्नो मुलुक छाडेको खुलाएका छन्। त्यस्तै ९१ हजार तीन सय ४९ जनाले अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख गरेका छन्। विदेशमा रहेका आफ्नो परिवार भेट्न एक लाख ६७ हजार चार सय ८५ जना गएको तथ्यांकमा उल्लेख छ। ुयो विदेश जाँदा खुलाएको कारणबाट निकालिएको तथ्यांक…

Read More