Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा वडा कार्यालय सहयोगी मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मण सिह बिष्ट मृत फेला परेका हुन्। बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा आज (शुक्रबार) मृत फेला परेका भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए। विष्ट प्रेसर र सुगर रोगबाट ग्रसित थिए। बिष्टलाई स्थानीयले बाटोमा घोप्टिएको अवस्थामा भेटेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर भएपछि प्रहरी घटना स्थल पुगेको प्रहरी प्रवक्ता जोशीले बताए। अहिले मृतक बिष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमे लौलीमा राखिएको छ। शवको पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय…

Read More

काठमाडौं : त्रिवि अध्यागमनका प्रमुख र अधिकृतमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। त्रिवि अध्यागमनका प्रमुख गोगनबहादुर हमाल र अधिकृत छायालाल मोक्तानमाथि प्रहरीहरुले दुर्व्यवहार गरेको हो। त्रिवि अध्यामगन स्रोतले आज (शुक्रबार) दिउँसो कर्मचारीमाथि कुटपिट भएको जनाएको छ। प्रहरी र अध्यागमनबीचको विवादले हातपात भएको बताइएको छ। यो बिषयमा विस्तृत विवरण आउन बाँकी छ। अध्यागमनका प्रमुख गोगन हमालसँग सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन्। प्रवक्ता झंक ढकालसँग यो बिषयमा जिज्ञासा राख्दा आफू विवाहको कार्यक्रममा भएको कारण विस्तृत रुपमा बुझेर प्रतिक्रिया दिने जबाफ दिएका छन्।

Read More

काठमाडौं : नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ। नेपालले १० औं ओभरको खेल चलिरहँदा ५ विकेट लिइसकेको छ। आकाश चन्दले नेपाललाई पाँचौ सफलता दिलाएका हुन्। उनले अहिलेसम्म ४ विकेट लिइसकेका छन्। ९.१ ओभरको खेल सकिँदा अफगानिस्तानले ५ विकेट गुमाएर मात्र ३४ रन बनाएको छ। तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए। आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए। दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको छ।…

Read More

धनगढी : बहुमतबाट माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चयन भएका मानबहादुर धामीले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने प्रतिक्रिया दिएका छन्। शुक्रबार बसेको संसदीय दलको बैठकले नेता खगराज भट्टलाई हटाएर धामी दलको नेता चयन भएका हुन्। ‘बहुमतबाट निर्णय भएपनि तत्काल हामी मन्त्रिपरिषद् पुनर्गठन वा सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउँदैनौँ। नेता परिवर्तन भएपनि संसदीय दलमा सबैलाई मिलाएर लैजान्छु’, धामीले भने ।

Read More

धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ। आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो। बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको बुझिएको छ। यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिए। धामी यसअघि प्रमुख सचेतक थिए। सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन्। संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि बताइएको छ। नेता फेर्ने बैठकमा तत्कालीन दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा…

Read More

धनगढी: नेपाल प्रहरीका डीआईजी तथा कथाकार एवं साहित्यकार रवीन्द्र केसीको पुस्तक अहिले चर्चामा छ। हालै सुदूरपश्चिम सरुवा भई आएका सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुखसमेत रहेका डीआइजी केसीको पुस्तकले सुदूरपश्चिमसहित देशैभर चर्चा बटुलिरहेको हो। अहिले केसीको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’को बिक्रि बढिरहेको पनि बताइन्छ। धनगढीको इमेज बुक्ससहित विभिन्न बुक्स हाउसका सञ्चालकहरुले सो पुस्तकको माग बढिरहेको बताएका छन्। अहिले धनगढीको इमेजलगायतका पुस्तक पसलमा सो पुस्तक उपलब्ध छ। केही समय अगाडि लोकार्पण गरिएको उक्त कथा संग्रहमा समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच, बाध्यता, कुटिलता, मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययन…

Read More

काठमाडौं : लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ परेका छन्। १६ वर्षअघि हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका अशरफ आलमलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान वीरबल राय यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो। जेलबाट भगाउन यादवले त्यतिबेला अशरफसँग १ करोड रूपैयाँ मागेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पछि १० लाखमा कुरा मिलेपछि यादवले उनलाई हिरासतबाट भगाएका थिए। भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई ६ लाख २५ हजार रूपैयाँ मात्रै दिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। हिरासतबाट आरोपी भगाएपछि यादव पनि फरार भएका थिए। एसपी रेग्मीका अनुसार उनीहरू दुबैजना…

Read More

धनगढी : कञ्चनपुरकी एक महिलाको उपचारमा आर्थिक समस्या भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–११ की पार्वती दमाईको उपचारमा आर्थिक समस्या भएको हो। ब्रेन ह्यामरेज भएर सिकिस्त रहेकी उनको भारतको बरेलीमा उपचार भइरहेको उनका श्रीमान दलबहादुर दमाईले जानकारी दिए। उनले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएको भन्दै सहयोगको अपील गरेका छन्। सहयोग गर्न इच्छुकले उनका छोरा विरबहादुर दमाइको माछापुच्छे बैंकको खातामा सहयोग गर्न सक्ने छन्।

Read More

धनगढीः कञ्चनपुरबाट प्रहरीले एक मिनि ट्रक इलेक्ट्रोनिक लाइटरसहित नियन्त्रणमा लिएको छ। हिजो (बिहीबार) राती जिल्लाको भीमदत्त नगरपालिका–१२ महाकाली किनार (भाइरल रोड) बाट इलेक्ट्रोनिक लाइटर भारत लगिरहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले सुपप्र ०१००१ ख २६२९ नम्बरको ट्रक इलेक्ट्रोनिक लाइटरसहित नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। डीएसपी डाँगीका अनुसार इलेक्ट्रोनिक लाइटरका बिलहरू नक्कली बनाएर भारततर्फ लगिरहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो। कञ्चनपुर प्रहरीले राजश्व चेकजाँचका लागि राजस्वको अफिस महेन्द्रनगर पठाउने तयारी गरेको छ।

Read More

काठमाडौं : स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो। बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन पनि आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More