Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एकालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको आजबाट पहिलो प्रदेश अधिवेशन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका करिब २५० जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन्। आज र भोली जारी रहने अधिवेशनबाट प्रदेशले नयाँ नेतृत्व पाउने प्रदेश संयोजक मनोज राईले जानकारी दिए। अहिले सम्म अनेरास्ववियु अध्यक्षका लागि २ जनाको दाबी देखिको छ। अहिले संयोजक रहेका मनोज राई र सह संयोजक रहेका कमल रोकायाले अध्यक्ष पदमा दाबी गरेको अनेरास्ववियु केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज दीपक धामीले जानकारी दिए। आकांक्षी धेरै भए पनि नेतृत्व सर्वसम्मत रूपले चयन गरिने उनले बताए। अध्यक्षमा दाबी गरेका अहिलेका संयोजक…

Read More

 काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ। उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। व्यक्ती बेपत्ता, बाल यौन दुराचारलगायत आरोपमा सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तिगौँडाबाट पक्राउ गरेको हो।

Read More

काठमाडौं : चार वर्षको खोजीपछि पक्राउ परे का ‘तपस्वी’ रामबहादुर बम्जनले जंगलमा लुकेर बसेको जानकारी दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिजो (मंगलबार) पक्राउ गरेको थियो। मंगलबार बुढानीलकण्ठ स्थित हात्तीगौँडाबाट पक्राउ गरेपछि प्रहरीले उनलाई कहाँ बस्नुभएको थियो ? भनेर सोधेको प्रश्नमा बम्जनले प्रहरी अधिकृहरुसँग भनेका छन्, ‘जंगलमा थिएँ।’ १५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए। प्रहरीसँगको बयानमा उनले भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो। तर, बम्जन प्रहरीलाई…

Read More

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा माघ १२ गतेदेखि हुने भनिएको सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको मिति सरेको छ। भागेश्वर माध्यमिक विद्यालय कटालको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरिने प्रतियोगिताको मिति १० दिन पर सरेको हो। माघ १२ देखि १५ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता अब माघ २२ देखि २५ गतेसम्म चल्नेछ। सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विविध प्राविधिक कारणले प्रतियोगिता पछि सार्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’का अनुसार पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक…

Read More

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडान भरेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण भएको छ। खराब मौसमका कारण उक्त जहाजहरु सुर्खेतमा अवतरण गरिएको हो। १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भएपनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढीस्थित एयरपोर्टको टावरले जनाएको छ।

Read More

काठमाडौं: बालतपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सर्लाही प्रहरीलाई बुझाउने तयारी गरेको छ। तपस्वीको आवरणमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ परेका बम्जनलाई सर्लाहीमा हाजिर गराउने तयारी रहेको सीआइबी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हिजो बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउन लागिएको हो। बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआइबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो।

Read More

कैलाली: कैलालीको कैलारी गाउँपालिकामा माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ। कैलारी गाउँपालिकाको पुस २० गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको हो। थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए।

Read More

अमरोहा : भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्लाको एउटा गाउँमा गएराति निसास्सिएर उनीहरूको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मृत्यु हुनेमा दुई केटा र तीन केटी छन्। समाचारमा जनाइएअनुसार कोठामा कोइला बालिएको थियो। एउटै कोठामा सात जना सुतिरहेका थिए। कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको अनुमान छ। दुई जनालाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ।

Read More

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ। नगरप्रमुख गोपाल हमालले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए। आवश्यकता पहिचानका आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरी लागू गरिने जनाइएको छ। कार्यक्रमलाई पहिलो वर्षमा पाँचवटा विद्यालय छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सम्झौतापत्रमा उल्लेख छ। काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपीइसी युनिटमार्फत कार्यक्रमलाई कार्यान्वयन गर्नेछ । कार्यक्रमको सुरुआतमा सिपीइसी युनिटले धनगढी उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा अध्ययन गरी आवश्यकता पहिचान गर्ने छ। उक्त सम्झौतापत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल…

Read More