Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ ३३ वर्षीय भवानी सिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो। उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको छ।   प्रहरीले घटनामा थप अनुसन्धान गर्दैछ।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नेपाली सेनाले अत्तरियाको बसपार्क क्षेत्र  छोड्नेपर्ने बताएका छन् । हिजो(शनिबार) गोदावरी नगरपालिका–८ स्याउलेमा रहेको जयलक्ष्मी ग्रामीण विद्युत सहकारीको १९औं वार्षिक साधारणसभामा बोल्दै नगरप्रमुख भट्टले यस्तो बताएका हुन्। उनले अत्तरियामा राम्रो बसपार्क निर्माण गर्नसके वार्षिक १५ देखि २० करोड आम्दानी हुने जिकिर गरे । तर, हाल उक्त क्षेत्र नेपाली सेनाले दाबी गरेको उल्लेख गर्दै उनले भने, ‘यो जग्गा आर्मीले मेरो हो भन्छ । लामिताल आर्मीले मेरो हो भन्छ । दक्षिण तर्फ सशस्त्रले मेरो जग्गा भन्छ । हामीले केही गर्न चाहेर पनि काम गर्न नसकिरहेको अवस्था छ।’ नगर प्रमुख भट्टले नेपाली सेना अत्तरियाको विकासको बाधक होइन…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

धनगढी: कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन्। टीकापुर नगरपालिका–७ बैदीस्थित डल्फिन संरक्षित क्षेत्रमा हिउँदमा पहिलो पटक डल्फिन देखा परेका हुन्। जलपन्छी गणनाको अवसर पारेर आज नदीमा जलपन्छी अवलोकन गर्न जाँदा मोहना नदीका र पथरैयाको दोभान र पथरैया नदीमा दुई वटा डल्फिन देखा परेको संरक्षणकर्मी एवम् डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए।

Read More

बैतडी: बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका –६ थलालगाउँका पुष्कर थलालको घरमा शनिबार साँझ साढे ६ बजेतिर विद्युतको तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरीक्षक खेमविक्रम केसीले बताए। थलालको दुई तले चारकोठे कच्ची घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँका साथै १ तोला आठ आना सुन जलेर नष्ट भएको छ। यस्तै घरभित्र रहेका ३५ हजार बराबरका कपडा जलेका छन् भने खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति नभएपनि घरको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरी निरीक्षक केसीले बताए। घरमा लागेको आगो…

Read More

काठमाडौं : उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिप्रति असन्तुष्ट नेपाल बार एसोसिएसनले न्याय परिषदबाट आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको छ। गत साताको ३९ जना न्यायाधीश नियुक्ति सिफारिसमा कानुन व्यवसायीहरुको तर्फबाट भएका केही भागबण्डाको अनुहारमा बारले चर्को असहमति जनाएको छ। ‘उच्चको न्यायाधीश नियुक्तिमा मनपरी भएको छ। भ्रष्टलाई पनि न्यायाधीश बनाइएको छ वरिष्ठतामा रहेकाहरुलाई छुटाइएको छ,’ बारका एक जना पदाधिकारीले भने, ‘हाम्रा प्रतिनिधि रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेका छौं।’ परिषद्को बैठकपछि श्रेष्ठलाई अस्ति छलफलको निम्ति बारमा बोलाइएको थियो। तर, मोबाइल अफ गरेर बसेका उनी बारको छलफलमा नगएको बताइन्छ। हिजोको बार बैठकले उनलाई परिषद प्रतिनिधिबाट फिर्ता बोलाउने निर्णय गरेको छ। बैठकको माइन्युटमा…

Read More

काठमाडौं :  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । राष्ट्रियसभाको निर्वाचनमा सिट बाँडफाँटको विषय टुङ्ग्याउन बसेको बैठकमा दलहरुबीच कुरा नमिलेको हो। आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायत गठबन्धनमा आबद्ध दलका नेताहरुको सहभागिता थियो। बैठकमा मुख्य चार दलबीच सिट विभाजनमा कुरा नमिलेको बुझिएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउतले कांग्रेस, माओवादी र जसपाबीच सिट विभाजनमा कुरा नमिलेको बताए। उनका अनुसार राष्ट्रिय जनमोर्चाले पनि १ सिटमा दाबी गरेको छ। स्रोतका अनुसार कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ। दुई सिट…

Read More

बाजुराः बाजुराको एक पसलमा आगलागी भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका भीमबहादुर रावतको खद्रा पसलमा बिजुलीको तार सर्ट भएर आज (शनिबार) बिहान आगलागी भएको हो। आगलागीबाट करिब ६ लाख मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। पसलभित्र रहेका चामल, लत्ताकपडा, मदिरा, खुद्रा सामान, इलेक्ट्रोनिक सामाग्री, भाडाबर्तन, रिचार्ज कार्ड, नगद लगायतका सामानहरु जलेर करिब पाँच लाख ९१ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको थियो। क्षतिको एकिन विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

बैतड : बैतडीको टाेली लगातार तेस्रो जित निकाल्दै प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे फाइनल नजिक पुगेकाे छ। शनिवार कञ्चनपुरमाथि २० रनकाे जित हात पार्दै बैतडीको टाेली फाइनल नजिक पुगेको हाे । जितका लागि १८६ रनकाे लक्ष्य पछ्याएकाे कञ्चनपुरकाे टाेलीले ३५ ओभरमा १६५ रन मात्रै बनाउन सक्याे। जसमा अभिषेक थापाले अर्धशतकीय पारी खेल्दै ६५ र प्रकाश पाण्डेले ४४ रनकाे याेगदान गरे। २६ रन जाेड्दा पहिलाे विकेट गुमाएको कञ्चनपुरका लागि अभिषेक र प्रकाशबीच दाेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी भयाे। २२.४ ओभरमा १२२ रन जाेड्दा दाेस्राे विकेट गुमेपछि त्यसपछिका अन्य ब्याटरबीच साझेदारी बन्न नसक्दा कञ्चनपुरकाे पारी संकटमा…

Read More

डोटीः डोटीमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

Read More