Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-५ बनदेबीबाट ०.४९ ग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश सुनार र २४ वर्षीय राजु शार्कीसहित ३ जना आइतबार राति पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालयगुलरियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

दार्चुला: दार्चुलामा ३२ वर्षीय एक पुरुष मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका शेरबहादुर बडाल मृत फेला परेका हुन्। बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

Read More

कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएपछि वनका अध्यक्षसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीस्थित गडबिजला सामुदायिक वनमा सालका काचा रुख अवैध रुपमा कटानी भएपछि वनका अध्यक्ष धनीराम चौधरी पक्राउ परेका हुन्। रुख कटानीमा संलग्न रहेको भन्दै अध्यक्ष धनीराम र नारायण चौधरीलाई शनिबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताएका छन्।  वनभित्र काटिएका रुख डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।

Read More

डडेल्धुरा : परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा सोमबार राति भव्य मेला लागेको छ। चार धाममध्येको एक परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ। परशुरामधाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गर्दा बनेको जनविश्वास छ। भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिएको पुराणमा उल्लेख छ।  यहाँ पुस मसान्तको रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन्। त्यसो गर्नाले धर्म कमाइने विश्वास छ। माघे संक्रान्तिको बिहानै महाकाली किनारमा भक्तजनहरू नुहाउने गर्दछन्। माघे संक्रान्तिको दिन स्नान गरे पाप मोचन भई पूण्य कमाइने विश्वास छ। परशुरामधाममा लाग्ने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आएको परशुराम…

Read More

काठमाडौँ:   प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर…

Read More

धनगढी: प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका नयाँ हाकिम एवं ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले पदभार सम्हालेका छन्। आज (आइतबार) केसीले पदभार सम्हालेका हुन्। सुदूरपश्चिमका यस अगाडिका डीआइजी भरत बहादुर बोहराको सरुवा भएपछि केसी यहाँ आएका हुन्। उनी आजै कार्यालयमा हाजिर भएका थिए। सो क्रममा उनलाई प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए। उनले पदभार ग्रहण पश्चात सुदूरपश्चिम प्रदेशको वस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिए। त्यसपश्चात उनले यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र…

Read More

धनगढी : सुदूरपश्चिमको दार्चुला जिल्ला अधिवेशनमा आफू जाने गरेर महासचिव शंकर पोखरेलले मिति तय गर्न लगाएका थिए । तर, त्यहाँ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल गइदिए । पोखरेललाई प्रमुख अतिथि दार्चुलाले बनाएको होइन । शंकरसित ओली रिसाएपछि ईश्वरले त्यहाँ जान पाएका हुन् । मध्यपहाडी राजमार्गको यात्राका क्रममा सुदूरपश्चिम पुगेपछि मात्र ओलीले दार्चुला जिल्ला अधिवेशन हुँदै छ भन्ने थाहा पाएका थिए । तत्कालै जिल्ला इञ्चार्ज सहदेव बोगटी र पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नालाई बोलाएर कसलाई सोधी मिति तोकेको भन्दै ओली कड्किएको एमालेमा चर्चा छ । उनीहरूले महासचिवको अनुमतिमा उनलाई नै प्रमुख अतिथि बनाउने गरेर अधिवेशन तय भएको बताएपछि मलाई नसोधी त्यसो गर्ने शंकर…

Read More

धनगढी : धनगढीका सडक बत्ती फेर्न थालिएको छ। धनगढीको ६ लेन सडकको ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस चोकदेखि मोतिचोकसम्मका स्मार्ट स्ट्रिटलाइट फेरिन लागेका हुन्। यो क्षेत्रमा सम्झौताअनुसारका गुणस्तरीय स्ट्रिटलाइट जडान नगरेकाले अहिले बदल्न थालिएको हो। स्ट्रिटलाइट जडानको ठेक्का पाएको श्री ड्राइभ इलेक्ट्रोनिक्स प्रालिले सुरूमा सम्झौता बमोजिमको स्ट्रिटलाइट जडान नगरेको पाइएपछि उपमहानगरपालिकाले भुक्तानी रोकेको थियो। कम्पनीले सम्झौताअनुसारका गुणस्तरीय स्ट्रीटलाइट जडान गर्न थालेको उपमहानगरले जनाएको छ। कम्पनीले ट्राफिक चौरहादेखि भन्सारसम्म र हुलाकी सडकका स्ट्रिटलाइट बदल्ने उपमहानगरपालिकाले जनाएको छ।

Read More

धनगढी : धनगढी उप–महानगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपमहानगरपालिकाले चलाँउदै आएको सरकारी सवारी साधनको दुरुपयोग गरेका छन ।  उप–महानगरपालिकाले चलाँउदै आएका निजी नम्बर प्लेटका सवारी साधनको अधिकृत श्रेष्ठले दुरुपयोग गरेको भेटिएको हो । सार्वजनिक बिदा एबम् शनिबारका दिन श्रेष्ठले मनमर्जी रुपमा सरकारी सवारी साधनको दुरुपयोग गरेका छन् । अधिकृत श्रेष्ठ लगायत तिन जना कर्मचारी उपमहानगरपालिकाको सवारी साधन सहित गोदावरीको एक होटेलमा मदिरा सेवन गर्न पुगे । उपमहानगरले भाडामा प्रयोग गर्दै आयको प्रदेश ७ –०१००१ च ४०५९ नम्बरको टाटाइभि कार धनगढी देखि गोदावरीको एक होटलसम्म मदिरा सेवन गर्न प्रयोग गरे । गाडिमा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत श्रेष्ठ लेखा अधिकृत र अर्का एक…

Read More

अछाम : अछाममा एक बालकको रुखले च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको हो ।

Read More