Author: महेन्द्रनगर पोष्ट

बाजुरा : बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बड’वालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यन्त्रै रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताए।

Read More

काठमाडौं : भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । शाहको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो। उनको धनगढीको एक होटलसहितको व्यवसायमा पनि लगानी रहेको बताइन्छ।

Read More

काठमाडौं : बूढानीलकण्ठको हात्तीगौडास्थित आलिसान घरमा बस्दै आएका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार पक्राउ परे । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । बम्जनलाई बुधबार सार्वजनिक गरेको प्रहरीले आजै सर्लाही पठाएको छ । उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो । बम्जनले प्रहरीबाट जोगिन घरको चारैतर्फ नाइट भिजन सुविधायुक्त सीसी क्यामेरा जडान गरेका थिए । तर, मंगलबार साँझ ७:१५ बजे सीआईबीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले करिब तीन महिनादेखिको निरन्तर प्रयासपछि बम्जनलाई पक्राउ…

Read More

धनगढी : राष्ट्रिय अनुसन्धान विभागको कमाण्ड योग्य र दक्ष गुप्तचरले गर्न नसकेपछि बाहिरी प्रशिक्षकहरूले डिआइजीसम्मलाई तालिम दिने मौका पाएका छन् । यस्ता प्रशिक्षकलाई गुप्तचर विभागले गृह, परराष्ट्र, कानुन र रक्षा मन्त्रालयबाट झिकाएर १० दिने तालिम सञ्चालन गरिरहेको छ । तालिममा सुदूरपश्चिमका इन्द्र लामा, लुम्बिनीका ओम खड्का, गण्डकीका कृष्ण खनाल, बाग्मतीका रामप्रसाद दास, कोशी प्रदेशका किशोर श्रेष्ठ, कर्णालीका माधव तिमिल्सिनासहित सहभागी छन् भने एसएसपीमा ललितपुरका भूमि पाठक, काठमाडौंका विकास पाण्डे र विभागका दुई गरी जम्मा ११ जनाले भाग लिइरहेका छन् । नक्कली र फर्जी गुप्तचरका कारण देशलाई चाहिने सूचना संकलन हुन सकिरहेको छैन । उपलब्धिहीन तालिममा सहभागी एक जना डिआइजीले भने…

Read More

धनगढी : धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ । लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक नगर नयाँ बानेश्वर काठमाडौंको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गर्दै आयोजकले बताए। प्रतियोगिता फागुन ५ गतेबाट फागुन १२ गते सम्म धनगढी रंगशालामा सञ्चालन गरिने बताए । प्रतियोगितामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय र कलेजहरुले सहभागीता हुन पाउने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन, भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले…

Read More

धनगढी : सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले प्रशासनिक बिववादमा आफुमाथि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले दाबी गरेका छन् ।  बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकासलगायतका विषयमा विवाद वढेपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कर्यकक्षमा लगेर गाली गर्दै कुटपिट गरेको घिमिरेको दाबी छ । तर मेयरले भने यो अभियोग अस्वीकार गरेका छन् । अधिकृत घिमिरेका अनुसार बजेट खर्चको अख्तियारी दिन पटक पटक आग्रह गर्दापनि कानुनसम्मत रुपमा अख्तियारी नदिएको विषयमा बिवाद भएपछि मेयर हातपातमा उत्रिएका हुन् । हातपातमा उत्रिएलगत्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले अति आवश्यकबाहेकको काम ठप्प पार्दै आन्दोलन नै गरेका छन् । कर्मचारी आन्दोलनसँगै यो विवाद सिडिओ र…

Read More

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल तोकिएका छन्। यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए। यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले प्रहरीमा रहेका २० डिआइजीमध्ये १६ जनाको सरुवा गरेको हो। जसमा ७ वटै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको छ।

Read More

धनगढी :  सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन्। चारै जनाको शपथग्रहण समेत भएको छ। प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। निर्विरोध निर्वाचित हुने विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीकी माया पन्त छिन्। निर्वाचित सभापतिहरूमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी ) का प्रदेश सभा सदस्य हुन्। उनीहरूले मङ्गलबार सभापति पदमा मनोनयन गर्नु भएको थियो।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो। बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ। बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ। पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरूले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन्। सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ। भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता…

Read More