Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एमालेका नेता डा भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको विरोध गरेका छन्। नेता रावलले सामाजिक सञ्जालमा लेख्दै दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको भर्त्सना गरेका हुन्। उनले नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सशक्त रूपमा निन्दा र विरोध गर्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफुखुशी २० करोडका आयोजना संचालन गर्नपाउने कुकृत्य भारतीय विदेशमन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदांग…

Read More

धनगढीः कैलालीमा पार्किङ गरेर राखेको मोटरसाइकलमा आगलागी भएको छ। जिल्लाको कैलारी गाउँपालिका–३ रानामुडाँका हरिप्रसाद चौधरीको मोटरसाइकलमा बुधवार आगलागी भएको हो। घरको आगनमा पार्किङ गरेर राखेको से २ प २९९४ नम्बरको मोटसाइकलमा एक्कासी आगलागी भई जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित डोटीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको सामानसहित डोटी शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद बिहीवार साँझ पक्राउ परेका हुन्। उक्त मूल्य बराबरका गाडीका पार्टपुर्जा (ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत सामानसहित साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए। यस्तै धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अन्दाजी २४ हजार ४ सय १० मूल्य बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामान बरामद गरिएको छ।…

Read More

काठमाडौं : सरकारले समयमा काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले ठेक्का तोडेको जनाएको हो। श्री देव निर्माण एण्ड सप्लायर्स प्रालि गढी ६ सुनसरी र श्री डाइनामिक कन्स्ट्रक्सन तार्केश्वर काठमाडौंको ठेक्का तोडिएको सूचनामा उल्लेख छ। उक्त कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नुका साथै बाँकी काम सम्पन्न गर्न सरकारी नियम अनुसार असुल उपर गरिने भएको छ।

Read More

धनगढीः सुदूरपश्चिममा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदुरपश्चिम भित्रिएका छन्। सुदुरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ५ ग्राम खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय किशोर बिहीवार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले किशोरलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए। ती किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए।

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ। निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन। विसं २०७४ बाट बनाउन थालिएको हल निर्माण पूरा नहुँदै जीर्ण बन्दै गएको छ। ‘कबर्ड हलको भवन, प्यारापिट निर्माण भएको छ। प्लास्टर गर्न मात्रै बाँकी छ’, स्थानीय चन्दनसिंह थापा मगरले भने, ‘यत्रो समय भइसक्दा पनि कबर्ड बनेको छैन। काम पूरा नहुँदै भवन जीर्ण बनिरहेको छ।’ विसं २०७४ मा उनै थापा नेतृत्वको उपभोक्ता समितिले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो। उनका अनुसार सुरुआतमा सङ्घीय सरकारबाट खेल मैदान तथा मिनी कबर्ड हल निर्माणका लागि रु १० लाख…

Read More

अछामः अछाममा चार जुवाडे पक्राउ परेका छन्। मंगलसेन नगरपालिका-५ मंगलसेन बजारका ५६ वर्षीय अर्जुनसिंह बिष्टको सिलाई कटाई पसलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा उनीसहित चार जना बिहीवार पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नगद २३ हजार ६ सय ३० र ४ गड्डी ताससहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पाठकले जानकारी दिए।

Read More

काठमाडौं : आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टिम सार्वजनिक गरेको हो। युवा विश्वकप जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्। नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ। नेपाली टिमदेव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दिपेश कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक दोहरा, दिपक बोहरा, उत्तम…

Read More

काठमाडौं : यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको छ। स्रोतका अनुसार विगत ६ महिनामा मात्रै अवैध खालका २० हजार बढी लाइसेन्स वितरण भएको छ। स्रोतका अनुसार विभागमा अहिले पनि हजारौं संख्यामा अवैध लाइसेन्स तयार भएको र दुई तीन दिभित्रमा बाँडिसक्ने तयारी गरिएको छ। विशेष गरी विभागका आईटी शाखा प्रमुखसमेत रहेका निर्देशक…

Read More