Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई ७ दिने सूचना जारी गरेको छ। जसमा सुदूरपश्चिम घर भएका तीनजना प्रहरी रहेका छन्। प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न स्थानमा दरबन्दी रहेर लामोसमयदेखि बिना सूचना कार्यालयमा उपस्थित नभएको भन्दै २४ जना प्रहरीहरुलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको हो। उपस्थित नभएमा सेवाबाट हटाउने समेत सूचनामार्फत जनाइएको छ। सूचनाः

Read More

धनगढी : धनगढीको चैतन्य पाठशालाले चैतन्य स्टिम वर्कसप, २०८० आयोजन गर्ने भएको छ। पाठशालाको साइन्स एण्ड रोबोटिक्स विभागका विद्यार्थीहरूको आयोजनामा वर्कसप हुने भएको हो। मङ्गलवार पाठशालाले आयोजना गरेको पत्रकार सम्मेलनमा माघ १६ गतेदेखि २२ गतेसम्म चैतन्य स्टिम वर्कसप सञ्चालन हुने जानकारी दिइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको पाठशालाले विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरी वर्कसप गर्ने तयारी थालेको हो। पाठशालाले वर्कसपमा धनगढीका विभिन्न विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई निस्शुल्क सहभागी गराइने जानकारी दिएको छ। वर्कसपमा विभिन्न विद्यालयका करिब २ सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहने छ। विद्यार्थीहरुलाई विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणको प्रयोगात्मक अभ्यास र सिकाइ…

Read More

धनगढी : सशस्त्र प्रहरी बल, नेपालले २३ औं बार्षिकोत्सव सुदूरपश्चिममा धुमधामसंग मनाइएको छ । सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया र मातहतका गणहरुले सप्ताहाव्यापी रुपमा विभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएका हुन । स्वास्थ्य शिविर तथा रक्तदान सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीको परिसरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी संगको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । साथै स्वास्थ्य शिविरमा एक सय ३४ जना विभिन्न प्रकारका बिरामीहरुले स्वास्थ्य उपचार सेवा लिएका थिए । यस्तै बाजुरा, कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा कार्यरत जम्मा ७४ जना सशस्त्र प्रहरीहरुले रक्तदान गरेका थिए । भूकम्पीय…

Read More

धनगढी : सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बोर्डर आउट पोष्ट (बीओपी) हरू आवश्यक रहेको बताएका छन्। मंगलवार २३ औं सशस्त्र प्रहरी दिवसका अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट पोष्टको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताए । उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपीहरू, अत्याधुनिक उपकरणहरू र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गरे । उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन समकक्षी सुरक्षा निकायहरूसँग नियमित बैठक आयोजना गरी सौहार्दपूर्ण सम्बन्धका साथ समन्वय र सहकार्य गरिरहेको बताए । उनले राज्यको…

Read More

काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । लगातार दोस्रो जितले न्युजिल्यान्डले सुपर सिक्समा पुग्ने पहिलो टोली बनेको छ । न्युजिल्यान्डको यो जितले नेपाललाई पनि फाइदा पुग्ने भएको छ ।नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल सुपर सिक्समा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई हराए पर्याप्त हुनेछ । न्युजिल्याण्डसँग अफगानिस्तान पराजित भएपछि नेपालले अन्तिम खेलमा जित हात पारे नेटरनरेटको बिना झन्झटले सुपर सिक्समा पुग्ने समीकरण तयार भएको हो । अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग १८१ रनले पराजित भएको थियो । नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । जितको लागि ९३…

Read More

धनगढी : प्रस्तावित सशस्त्र प्रहरी बल हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमबहादुर चन्द सम्मानित भएका छन् । मंगलबार सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसरमा वैजनाथ बाहिनी अत्तरियाले डिएसपी चन्दलाई उत्कृष्ट गुल्मपतिको सम्मान दिइएको हो । डिएसपी चन्दले सीमा सुरक्षा गुल्म देविस्थान, कञ्चनपुरको गुल्मपति हुदाँ प्रदेशभरिबाटै उत्कृट कार्य सम्पादन गरेको भन्दै सम्मानित भएका हुन्। चन्दलाई मुख्यमन्त्री कमलबहादुर शाह र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले पुरस्कृत गरेका थिए। डिएसपी चन्दले आफ्नो नेतृत्वमा सीमामा हुने चोरी तस्करी अपराध नियन्त्रण, वन पैदावार नियन्त्रण, विपद् व्यवस्थापन एवं राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले देशको शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका अहम् रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी मुख्यालयको २३ औँ स्थापना दिवसमा मुख्यमन्त्रीले यस्तो बताएका हुन्। सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, महत्त्वपूर्ण संरचनाहरूको सुरक्षा, मानवअधिकार, लैगिंक हिंसा लगायत देशका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी बल सफल भएको उनको भनाई छ । उनले देशमा शान्ति सुरक्षा, अमनचैन कायम गर्न सशस्त्र प्रहरीले छोटो समयमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताए । यस अवसरमा संस्था र राष्ट्रप्रतिको कर्तव्य पुरा गर्ने सिलसिलामा दिवङ्गत भएकाहरू प्रति उनले श्रद्धाञ्जली व्यक्त गरे । यस्तै सभापति सशस्त्र प्रहरी…

Read More

धनगढी : सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशको कमाण्ड सम्हालेका डिआइजी दिपेन्द्र शाहलाई उत्कृष्ट बाहिनीपतिको रुपमा अवार्ड प्रदान गरेको छ । सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले डिआइजी शाहलाई अवार्ड प्रदान गरेका हुन् । छिन्नमस्ता वाहिनी बर्दिबासमा कार्यरत डिआइजी शाहलाई आठ बाहिनीपति मध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गरेको हो । देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरू मध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट रहेको भन्दै सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले शाहलाई पुरस्कृत गरेको हो । आठ वटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर गरेको थियो । मधेस प्रदेश सीमा…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्‍याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताएका हुन् । “सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।” हिमालदेखि तराईसम्मका कठिन भौगोलिक…

Read More

कञ्चनपुर : प्रस्तावित सशस्त्र प्रहरी बल गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्य पुरस्कृत भएका छन्। मंगलबार सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसरमा वैजनाथ बाहिनी अत्तरियाले डिएसपी आचार्यलाई उत्कृष्ट गुल्मपति अवार्ड प्रदान गरेको हो। सुदूरपश्चिम प्रदेशभर सीमा क्षेत्रमा रहेका ५८ सशस्त्र प्रहरीका युनिट (प्रस्तावित गुल्म, बिओपी र बेस) मध्ये प्रस्तावित गुल्म गड्डाचौकी प्रदेशभरिबाटै उत्कृट कार्य सम्पादनमा छनोट भएको थियो। उत्कृष्ट कार्य सम्पादन गरेकोमा गुल्मका इन्चार्ज डिएसपी आचार्य सम्मानित भएका हुन्। आचार्यलाई मुख्यमन्त्री कमलबहादुर शाह र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले पुरस्कृत गरेका थिए। डिएसपी आचार्यले आफ्नो नेतृत्वमा सीमामा हुने…

Read More