Author: महेन्द्रनगर पोष्ट

धनगढी – धनगढी विमानस्थलको नाममा करोडौं रुपैयाँको अपचलन र अनियमितता भएको आरोपमा मुछिएका पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समूहविरुद्ध सार्वजनिक लेखा समितिले औपचारिक रूपमा छानबिन प्रक्रिया सुरु गरेको छ। समितिले सोमबार पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सात दिनभित्र सबै विवरणसहित प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो। गत वैशाख ४ गते आलेविरुद्ध सार्वजनिक लेखा समितिमा उजुरी दर्ता भएपछि यो प्रकरण संसदसम्म पुगेको हो। उजुरीमा धनगढी विमानस्थलको विस्तारका लागि विनियोजित बजेटमा व्यापक भ्रष्टाचार र पदको दुरुपयोग गर्दै निजी कम्पनीमार्फत जग्गा खरिदमा अनियमितता गरिएको उल्लेख छ। उक्त उजुरीमा उल्लेख भएअनुसार, मन्त्री रहेका बेला आलेले नेपाल नागरिक…

Read More

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको छ । बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट रोडनजिकै मंगलबार बिहान शव फेला परेको हो । बेल्डाँडी गाउँपालिका–३, कमरीका ५० वर्षीय हरिकिसन रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी चक्रराज जोशीले जानकारी दिए । सडकछेउको भुससँगै मोटरसाइकलसहित जलेको अवस्थामा शव फेला परेको हो । तोरी चुटेको भुसमा आगोले बलिरहेको मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको उनले बताए । जलेको शवसँगै उनको मोबाइल, पर्स र बेल्ट थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।

Read More

धनगढी – सार्वजनिक लेखा समितिका सदस्य र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि धनगढी विमानस्थल विस्तारको नाममा करोडौं रुपैयाँको अपचलन र भ्रष्टाचार गरेको आरोप लागेको छ । समितिमै परेकाे गरिएको उजुरीमा मन्त्री आलेले पदको दुरुपयोग गर्दै निजी फाइदाका लागि सरकारी बजेट प्रयोग गरेको उल्लेख छ । उजुरी अनुसार, आलेले आफ्नो कार्यकालमा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको मुद्दती खाताबाट १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गराई सोही रकम धितोमा राखेर पुनः ऋण लिएको आरोप लागेको छ । सो ऋणको प्रयोग गरी उनले धनगढी विमानस्थल वरपरका क्षेत्रहरूमा ७५ करोड रुपैयाँ बराबरको ३० बिघा जग्गा खरिद गरेको उल्लेख छ । उक्त प्रक्रिया…

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–२ ढकनियाँमा छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँच सय १० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, दुई सय २५ घन मिटरको ट्याङ्की, पाँच सय १० परिवारको घरमा धारा जडान, २२ किलोमिटर पाइपलाइन विच्छ्याउनेलगायत कार्य पूरा भएको छ । उक्त खानेपानी आयोजना निर्माण गर्न ‘उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी’सँग २०८० वैशाखमा सम्झौता भएको हो । सम्झौता अनुसार २०८१ फागुनसम्म सो…

Read More

बझाङ – जिल्लाको केदारस्युँ गाउँपालिका–९ झोतामा रहेको ‘सुलभ क्लिनिक’ दर्ता विना २७ वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ। क्लिनिकमा किराना सामानदेखि अत्यधिक मात्रामा औषधि भण्डारण गरिएको भेटिएपछि जिल्ला प्रशासन कार्यालय बझाङले क्लिनिक शील गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा क्लिनिकले प्राविधिक मापदण्डको पालना नगरेको, औषधि व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएको र फार्मेसी सञ्चालन अनुमति नलिएको पाइएको थियो । अनुगमन टोलीले क्लिनिकमा फार्मासिष्ट नहुने, डेन्टल र आयुर्वेदिक सामग्रीहरू अव्यवस्थित रूपमा राखिएको, साथै किराना सामानसमेत बिक्री भइरहेको पाएको छ। यस्ता गम्भीर अनियमितता भेटिएपछि क्लिनिक तत्कालका लागि बन्द गरी शील गरिएको हो । सहायक प्रमुख…

Read More

अछाम – अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सले पहिलोपटक व्यावसायिक उडान भरेको छ । आइतबार एक औपचारिक कार्यक्रमबीच तारा एयरलाइन्सले व्यावसायिक सेवा सञ्चालन गर्दै विमानस्थलमा पहिलो उडान सम्पन्न गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुणकुमार चौधरीले विमानस्थलको पहिलो व्यावसायिक उडानको उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री चौधरीले विमानस्थलको कालोपत्रे तथा नियमित उडान सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले तारा एयरलाइन्सको व्यावसायिक उडानले अछामको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। तारा एयरलाइन्सले काठमाडौँ–नेपालगन्ज–कमलबजार कनेक्टिङ फ्लाइटमार्फत सेवा सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी कृष्ण कुमार शाहले जानकारी दिए । यसअघि फागुन २५ गतेदेखि नियमित…

Read More

काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) वसन्त कुँवर शिक्षिका पत्नी लक्ष्मी पराजुलीका कारण पुनः विवादमा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पराजुलीको सरुवा र काज सरुवासम्बन्धी उजुरी परेपछि आयोगले छानबिन प्रक्रिया थालेको हो। लक्ष्मी पराजुली अर्घाखाँची स्थायी घर भएकी प्रावि शिक्षिका हुन्। उनको स्थायी दरबन्दी पनि त्यहीँको विद्यालयमा थियो। तर चार वर्षअघि माओवादी निकट शिक्षक संगठनसँग आबद्ध रहेकी पराजुलीलाई तत्कालीन माओवादी नेता तथा मन्त्री टोपबहादुर रायमाझीको सिफारिसमा काठमाडौं महानगरपालिका–४ मा पर्ने पञ्चकन्या प्राविमा सरुवा गरिएको थियो। सरुवापछि वडा अध्यक्ष दिनेश महर्जनको सिफारिसमा उनलाई दरबन्दी नै नभएको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा गराइएको थियो। उनी काजमा बसेको बेला पञ्चकन्यामा महानगरपालिकाले…

Read More

दार्चुला,— भारतद्वारा दार्चुला सदरमुकाम खलङ्गाको नेपाली भूमिमा तटबन्ध निर्माण गरिनु फेरि एकपटक सीमा सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाउँदैछ । महाकाली नदीको धार परिवर्तनपछि भारतले कब्जा जमाउँदै नेपालकै भूमिमा निर्माण कार्य तीव्र पारेको स्थानीयको आरोप छ । २०७० सालको बाढीपछि महाकाली नदीले पुरानो धार परिवर्तन गरेर नेपाली भूमि पारी पुर्‍याएपछि त्यही भूभागमा भारतले योजनाबद्ध रूपमा बाँध बनाउँदै आएको पाइएको छ । विगतमा बसपार्क र सरकारी कार्यालय रहेको गल्फै क्षेत्र अहिले भारतले अतिक्रमण गरिरहेको भूभाग हो, जहाँ हाल पाँच वटा डोजर प्रयोग गरी तटबन्ध निर्माण भइरहेको छ । “नदीको बहाव परिवर्तनले भूगोल फेरिएको हो, सिमा होइन,” अधिकारकर्मी कमलराज जोशी भन्छन्, “तर भारतले अहिले…

Read More

कञ्चनपुर- कञ्चनपुरमा खोलामा डुबेर एक बालकको मत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउ स्थित हरीश बिकको अन्दाजी ११ वर्षीय छोरा सिद्धार्थ बिककोे शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मछेली खोलामा साथिहरूसित पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जनाएको छ।

Read More