Author: महेन्द्रनगर पोष्ट

सर्लाही : प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको सर्लाहीको बरहथवामा कर्फ्यू हटाए पनि निषेधाज्ञा लागू गरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शनिबार आदेश जारी गर्दै आइतबार बिहानसम्म निषेधाज्ञा लागू गरिएको जनाएका छन्। शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म बरहथवामा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। स्तरोन्नति गरिएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि स्थानीय सरकारले नै सञ्चालन गर्ने भन्ने विषयमा विवाद भएको थियो। शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले गोली चलाएपछि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो।

Read More

धनगढीः कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा साइकल सेन निर्माण गरिएको छ। कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो। आज(शनिबार) उक्ति लेनको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सभाकाको माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहितका सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिम  सरकार हेरफेर गर्न आग्रह गरेका हुन्। टोलीमा सहभागी अन्य माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विक सहितले सुदूरपश्चिम सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने माग गरेका छन्। राम्रो काम गर्न नसकेको भन्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउदलाई फिर्ता बोलाउन…

Read More

काठमाडौं : नेपाली सेनाले पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवससरमा पदयात्रा गर्ने भएको छ ।  शाहले तत्कालीन समयमा नेपाल एकीकरणका दौरान प्रयोग गरेको मार्ग हुँदै सेनाले गोरखा दरबारदेखि काठमाडौँसम्म पदयात्रा गर्न लागेको हो । भोलिदेखि शुरु हुने पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा गर्ने र पुस २७ गते जंगीअड्डामा विशेष कार्यक्रमका बीच पृथ्वी नारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  पदयात्रामा सहभागी फौजले राष्ट्रिय झण्डा, सेनाको आरम्भकालीन पाँच कम्पनीहरु श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी गणको झण्डा र दीपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन् ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा युवती हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। पुनर्वास नगरपालिका- ६ की २२ वर्षीया लक्ष्मी खडकाको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका -४ का भेषराज शाही पक्राउ परेका हुन्। खड्का भीमदत्त नगरपालिका-१८ खैरभट्टीमा मृत भेटिएकी थिइन्। खैरभट्टीस्थित नन्दा जोशीको घरमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्थे । फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन्। मृतकका परिवारले खड्कालाई बलात्कारपछि हत्या गरी झुण्ड्याएको आशंका गरेका छन्। मृतक खड्काका परिवारले शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनलाई…

Read More

बैतडी : बैतडी घर भएका एक किशोर घनगढीबाट बेपत्ता भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका १५ वर्षीय मोहित कुँवर शुक्रबार बिहानदेखि बेपत्ता रहेका उनका बुवा अमरबहादुर कुँवरले बताए ।  धनगढीको एलान्इस इन्टरनेश्नल मोडेल कलेजमा कक्षा ११ मा अध्ययनरत कुँवर शुक्रबार बिहान कोठाबाट विद्यालय जान्छु भनि निस्केका र त्यसपछि बेपत्ता रहेका पारिवारिक स्रोतले बताएको छ ।  सन्तोषी टोलमा कोठा गरेर आफ्नै दाजुसँग बस्दै आएका मोहित हराएपछि प्रहरीमा खोजतलासका लागि निवेदन दिइसकेको कुँवरले बताए । मोहितले बोकेको मोबाइलको स्वीच अफ गरिएको छ । कसैले मोहितलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४८८०६४७६ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

Read More

धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम खैरो हेरोइनसहित सोहि ठाउँका २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा शुक्रवार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कैलालीमा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर-१ माघी स्थित मौवारी सामुदायिक वनभित्र एक नाले भरुवा बन्दुक एक थान प्रहरीले फेला पारि बरामद गरेको हो। शुक्रबार प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Read More

दाङ: दाङ प्रहरीले तुलसीपुरमा बालविवाह गर्ने दुलाहा र पण्डितलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार डा. केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबीच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो। पक्राउ परेका दुई…

Read More