Author: महेन्द्रनगर पोष्ट

अछामः अछाम कारागार भित्र लागु औषधको ओसार पसार हुने गरेको पाइएको छ। जिल्ला कारागारमा मासु भित्र लागु औषध ओसार पसार गर्ने एक जना पक्राउ परेका हुन्। जिल्लाको कमलबजार नगरपालिका–३ का जनक बडुवाल लागु औषधसहित मङ्गलवार राति पक्राउ परेका छन्। उनी जिल्ला कारागारका सफाई कर्मचारी हुन्। उनको साथबाट ७ सय ४० मिलिग्राम लागु औषध (खैरो हिरोइन) फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउँदले बताए। यस अघि पनि जिल्ला कारागार अछाममा लागु औषधको ओसार पसार हुने गरेको विषय बाहिर आएको थियो ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान उत्सवको उद्घाटनमा उपस्थित नहुने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री धरान उत्सवको उद्घाटनमा उपस्थित भए मात्र उनको तस्बिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए । धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथिबिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी हर्कले गरेका छन् । धरान स्थापना दिवसको अवसर पारेर सुरु गर्न लागिएको धरान उत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री दाहाललाई निमन्त्रणा गरिएको थियो । प्रधानमन्त्रीले समय उपलब्ध नगराएपछि साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्री र…

Read More

काठमाडौँ : सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र रिहाइका लागि अपिल गरेका छन्। नेपालका लागि इजराइली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै रिहाइका लागि अपिल गरेका हुन्। सभामुख घिमिरेले प्रतिनिधि सभामा जोशीको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजराइलमा शीघ्र शान्तिको पक्षमा रहेको बताए । हमासले युद्धमा सामेल नभएका इसराइली र विदेशी गरी दर्जनौँ मुक्त गर्दा पनि जोशीलाई बन्धक नै बनाएको छ। गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि जोशी सकुसल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुनु दुःखद रहेको बताए। उनले जोशी व्यक्तिगत रूपमा पनि…

Read More

बैतडी : बैतडीका एक युवकको संयुक्त अरब इमिरेट्स (यूएई) मा गाडी दुर्घटनामा परी मृत्यु भएको छ। रोजगारीको शिलशिलामा एक महिना अगाडी मात्रै संयुक्त अरब इमिरेट्स (युएइ) पुगेका जगदीश महराको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका- १० बिजयपुर महरा गाउँ घर भएका २३ वर्षीय जगदीश महराको गाडीको ठक्करबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भान बहादुर महराले जानकारी दिए।

Read More

काठमाडौं : जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन्। उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए। उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं।’

Read More

काठमाडौं : उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन्। २६ जना जिल्ला न्यायाधीश, दुई सह–न्यायाधिवक्ता, सह–रजिष्ट्रार, कानुन मन्त्रालयका सहसचिव एक-एक र नौं जना अधिवक्ता गरी ३९ जना न्यायाधीश नियुक्त भएका हुन्।  आज बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशहरु राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरु, खड्कबहादुर केसी,सूर्यनाथप्रकाश अधिकारी, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासैनी, ओमप्रसाद अर्याल, भरत लम्साल र कृपासुर कार्कीलाई उच्चमा लागेको हो। त्यस्तै, जिल्ला न्यायाधीशहरु हेमन्त रावल, विष्णुप्रसाद अर्याल, ध्रुवकुमार पिया, सूर्यप्रसाद पराजुली, कृष्णप्रसाद सुवेदी, दुर्गाप्रसाद ढुङ्गेल, तेजेन्द्रप्रसाद शर्मा, डिल्लीरत्न श्रेष्ठ, डण्डपाणि शर्मा, टीकाराम आचार्य, उमेश कोइराला, कृष्णमुरारी सिवाकोटी, विदुर कोइराला र नारायणप्रसाद सुवेदी पनि उच्चमा…

Read More

बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाकाे पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना २ च ४५५१ नम्बरको जीप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो। दुर्घटनामा परी ३ जना घाइते भएका छन्। उनिहरुको उद्धार भइरहेको स्थानीय एवं पञ्चेश्वर गाउँपालिकाका पोषण स्वयंसेवक नारायणराम सार्कीले जानकारी दिए। उकालोसहितको मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ । जीप माथिल्लो मोडबाट तल्लो सडकमा खस्न पुगेको हो। प्रहरीको टोली घटनासथलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

डडेल्धुरा : डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका- ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन्। मृत फेला पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-३ का ३५ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिइएको छ। नाथ लामो समयदेखि श्रीमतीसँग डडेल्धुरा बस्दै आएका थिए। उनकी श्रीमती मानसिक सन्तुलन ठिक नभएको बताइएको छ। मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिएको छ। 

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो। कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ६२ रन जोडिन्। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको स्थितिमा रुबिना पहिलो बलमै आउट भएकी थिइन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्। यस्तै काजल श्रेष्ठले २२ रन जोड्दा कोशीका अरु ब्याटर चल्न सकेनन्। बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक…

Read More

धनगढी : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइनबाट आफ्नो बचत रकम मागदावी गर्न आह्वान गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखरका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको हो। बचतकर्ताहरुले आगामी ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी गर्नुपर्ने कार्यालयले जनाएको छ। मन्त्रालयले गत भद्रौ २५ गते सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम शिवशिखरलाई समस्याग्रस्त घोषणा गरेको थियो। बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको उक्त सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत असारमा भारतबाट पक्राउ गरेर ल्याएको थियो। शिव शिखरसहित मोरङमा गएर उनले तुलसी…

Read More