Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन्। उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो। उनले अघि भने, ‘२५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं।’ बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ। जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउन २५ पुसमा पेसी तोकेका छन्।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा गजुरेलले राजीनामा बुझाएका थिए। तर, उनको राजीनामा गुपचुप पारिएको थियो। गजुरेलले सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति रहेको बताउँदै राजीनामा दिएको स्रोतको भनाइ छ।

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार उक्त भेटवार्ता भएको हो। भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ।

Read More

काठमाडौं : राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो। बिहान कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने एक नेताले बताए। बुधबारको बैठकमा नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा केही सिटमा भाग खोजेका थिए। प्रधानमन्त्री प्रचण्डले, ओलीले आफूहरुलाई राष्ट्रिय सभामा शून्य नबनाउन भनेको बैठकका सहभागीहरुलाई सुनाएका थिए।

Read More

काठमाडौं : आज राति आकाशमा ‘भूतप’ उल्का वर्षा हुने भएको छ।  सन् २०२४ कै पहिलो उल्का वर्षा बिहीबारदेखि शुक्रबार सूर्योदय हुनुअघिसम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। बिहीबार दिउँसोदेखि नै उल्का वर्षा सक्रिय हुने भएपछि राति साढे ११ बजेदेखि शुक्रबार बिहान सूर्योदयअघिसम्म हेर्न सकिने उनले बताए। भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्याेदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ ।

Read More

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै नौ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण मागिएकाहरुमा काठमाण्डौको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सुर्खेतको न्यु भेरी इञ्जिनियरिङ वर्कसप, भारत नयाँदिल्लीको आराभाली इन्फ्रापावर, काठमाण्डौको प्रनिश इन्टरनेशनल प्रालि, काठमाण्डौकै कोशी निर्माण सेवा, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, उदयपुरको मामा भान्जा निर्माण सेवा, काठमाण्डौको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि र पाँचखाल कन्ट्रक्सन प्रालि रहेका छन्। विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि शुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा त्यसको समयअवधि पूरा गरेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। आज नेपाल अवतरण भएसँग राष्ट्रपति निवास शीतल निवासमा उनले पौडेलसँग भेट गरेका हुन्। परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

Read More

काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बिहीबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेकाे छ। महासङ्घका अनुसार बुधबार छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि ताेलामा ३० रुपैयाँले घटेर तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा एक युवती बेपत्ता भएकी छन्। जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडा नोलाका भानसिंह भण्डारीको नातिनी २० वर्षीया सीता भण्डारी घरबाटै बेपत्ता भएकी हुन्। उनी सुस्तमनस्थिति, एकोहोरो हेर्ने, गहुँगोरो वर्ण, आफ्नो नाम सीताकुमारी भण्डारी र दाईको नाम कल्यान भण्डारी सजिलै भन्न सक्ने रहेको दाइ हरिष भण्डारीले बताए। यहीँ पुस १६ गते बेलुकी ५ बजेदेखि अहिलेसम्म बेपत्ता भएकोले फेला पार्न वा देख्नु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा 9848806065, 9848718644, 9848873873 र 9848904995 मोबाइल नम्बरमा सम्पर्क गरिदिनुहुन आफ्न्तले आग्रह गरेका छन्।

Read More

डडेल्धुरा : डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय असोक स्वार रहेका छन्। अमरगढी नगरपालिका–१ स्याउलेबाट लागुऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित उनीहरुलाई बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More