Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलको दस्तखत किर्ते गरी इपिएस कोरियाबारे भ्रामक सूचना भएको छ । उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका आवेदकहरूको लागि १३ हजार ५८ जनाको कोटा छुट्टाइएको भन्दै प्रवक्ताको दस्तखत किर्ते गरी भ्रामक सूचना सार्वजनिक भएको हो । आफ्नो दस्तखत किर्ते गरेर भ्रामक सूचना सार्वजनिक भएको भन्दै प्रवक्ता पोखरेलले सामाजिक सञ्जालमा राखिने गलत सूचना बारे सजक हुन आग्रह गरेका छन् । इपिएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक भएको हो । ‘मिति २०८०।०९।१५ मा यस मन्त्रालयका सहसचिव श्री राजिव पोखरेलको दस्तखत किर्ते गरी इपिएस कोरिया शाखाबाट उच्च…

Read More

काठमाडौँ : सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १-१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमति पत्रमा उल्लेख छ । सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ । मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमति पत्रमा उल्लेख छ । मृतकका परिवारले सोमबार नै शव बुझ्ने…

Read More

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार एकीकृत समाजवादी पार्टीको बैठकमा जाने क्रममा ललितपुरको बालकुमारी क्षेत्रको अवरोधबारे सुरक्षानिकायले जानकारी नदिएको दाबी गरेका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भौतिक मन्त्रीको सवारीकै कारण उक्त घटना भएको बताइरहेका बेला ज्वालाको यस्तो स्पष्टीकण आएको हो। ‘बालकुमारीमा सडक अवरोध भएको कुरा सुरक्षा निकायले हामीलाई जानकारी गराएनन्’, उनले भने, ‘बालकुमारी रुट प्रयोग गर्दा त्यहाँ अवरोध भएको जानकारी सुरक्षानिकायबाट नआएकैले गएका थियौँ।’ गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी…

Read More

काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा मन्त्रीले गाडी लिएर भीडलाई उत्तेजित बनाएको आरोप लगाएका छन्। नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले मन्त्रीले परिस्थितिलाई उत्तेजित बनाएको बताएका हुन्। ‘मन्त्री गाडी लिएर किन त्यहाँ जानुपर्यो ? हुलमा गएर उत्तेजित गराएर मान्छे मार्ने, बन्दुकको कुन्दाले मान्छे मार्ने यो सहज कुरा हो ?’ ओलीले प्रश्न गरे।

Read More

काठमाडौं : ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन्। गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै सबै आन्दोलनकारीलाई रिहाइ गराएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

Read More

धनगढी: नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा स्काउट युथ फोरम तथा शान्ति र सुरक्षा सम्वन्धी अभिमुखीकरण भएको छ। स्काउटका प्रदेश संयोजक नरेन्द्र थापाका अनुसार स्काउट युथ फोरम तीन दिनसम्म सञ्चालन भएको थियो। स्काउट युथ फोरमको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए। आइतबारदेखि शान्ति र सुरक्षा सम्वन्धी अभिभुखीकरण भइरहेको छ। फिनल्याण्ड स्काउट र नेपाल स्काउटको सहकार्यमा स्काउट शान्ति सुरक्षा कार्यक्रम देशभरी संचालन भइरहेको छ। अभिमुखीकरणमा नौ जिल्लाका ५० जना युवा स्काउटर (रेन्जर, रोभर) स्काउटको सहभागिता रहेको छ। सहभागीलाई ओजम कल्सल्टेण्ट राष्ट्रिय प्रशिक्षक देवराज घिमिरे लगायतले प्रशिक्षण दिएका थिए। यसैवीच आइतबार प्रदेश युथ फोरम गठन भएको छ। सुदूरपश्चिममा सबै जिल्लाबाट…

Read More

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै छिन् । साढे दुई दशकदेखि नेपाल-भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि बनाइदिएको घरमा भत्काएर दुई बोरा धान जङ्गली हात्ती नगट गरेपछि कसरी छाक टार्ने भन्ने समस्याले चिन्तित छिन् । ‘छोरीले गाउँमै केही गरेर जीविका चलाउला भनेर टिन हालेर होटल खोलिदिए’, कमलाले भनिन्, ‘होटलबाट जीविका चलाउन गाह्रो भएपछि मजदुरीका लागि भारत गएकी छोरीको घरको छानो नै हात्तीले केही दिन अघि भत्काइदियो ।’ नेपाल–भारत सीमास्तम्भ नं ८०० सय नजिक सुनारको घर छ । भारतीय जङ्गलबाट आउने हात्तीको बथानले कमला जस्तै बस्तीका अधिकांश स्थानीय…

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित भएकाे छ। सो रिटको सुनुवाइ प्रत्यर्थीका कानुन व्यवसायीबाट स्थगित सूचीमा राखिएको हो। सोमबार सो रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजालासमा सुनुवाइ तोकिएको थियो। गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिने निर्णय गरेका थिए। सो निर्णय बदर गरिपाउँ भनी निवेदक शारखा कठायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन्।

Read More

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकै लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन्। सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए। उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए। उहाँले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए। उनले साउनदेखिको इपिएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको बताए।

Read More

काठमाडौं : प्रहरीले माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ। धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो। त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन्।

Read More