Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो। ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ। यस्तो छ सूचना:

Read More

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन्। देउवाको पारिवारिक स्रोतका अनुसार यही माघ २१ गते जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका हुन्। छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन्। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए। बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेकाे देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टि गरे। बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्। काठमाडौँमा गत जेठ १ मा दुई परिवार र…

Read More

काठमाडौं : आइसिसी यू–१९ विश्वकपको लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज अन्तिम वार्मअप खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ। नेपाल र वेस्टइन्डिजबीचको खेल दक्षिण अफ्रिकाको जोहननेसबर्गमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ मा सुरु हुनेछ। नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो।

Read More

कञ्चनपुर : वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएका कञ्चनपुरका सामुदायिक वनमा ढलापडा रुख सङ्कलन गरिने भएको छ। कार्यविधि खारेज भएसँगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएका जिल्लाका १२ सामुदायिक वनले तीन वर्षदेखि वनपैदावार सङ्कलन गर्न पाएका थिएनन्। सामुदायिक वनबाट काठ, दाउरा सङ्कलन तथा व्यवस्थापन गर्न पाउने गरी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीतिग निर्णय गरेको छ। नीति गत निर्णय कार्यान्वयनका लागि निर्णय भएको मन्त्रालयको पत्रको प्रतिलिपि सामुदायिक वनहरु पठाइसकिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त डिभिजन प्रमुख कालिराम चौधरीले बताए। उनका अनुसार नीतिगत निर्णय अनुसार मापदण्ड पूरा भएका वैज्ञानिक वन व्यवस्थापन वन कार्यक्रम लागू भएका सामुदायिक वनमा काठ…

Read More

डोटी: बँदेलको आक्रणबाट गम्भीर घाइते भएकी डोटीको केआईसिंह गाउँपालिका– १ की ३५ वर्षीया जगुली देवी भूलको मुत्यु भएको छ। जङ्गली बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलवार बिहान बँदेलले आक्रमण गर्दा घाइते भएकी जगुलीको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा दिउँसो साढे १२ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए। आज बिहान करिब ९ बजेतिर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए। भगीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका तीन ब्याटरले एकै खेलमा अर्धशतक प्रहार गरेका छन्। भैरहवामा मंगलबार कर्णाली प्रदेशविरूद्ध सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरेका हुन्। टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरबीच पहिलो विकेटका लागि १३८ रनको साझेदारी भएको थियो। जसमा टेकले ५९ रन बनाउने क्रममा ९१ बलमा ७ चौका प्रहार गरे। खडकले ११४ बलमा ६ चौका प्रहार गर्दै ८० रनको योगदान गरे। यस्तै मध्यक्रमका ब्याट्सम्यान किरणले रनआउट हुनुअघि ५० रन जोडे। तीन खेलाडीको अर्धशतक तथा नारायण जोशीले १२ बलमा १ चौका ३ छक्काको मद्दतमा नटआउट ३१…

Read More

काठमाडौँ: ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुनस् परेको हो। म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ। स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ। एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ। त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नुपर्छ। मत गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ। डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक…

Read More

डडेल्धुरा : भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन। गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ। मुकामको नै टुङ्गो लगाउन नसक्ने पालिकाका जनप्रतिनिधिले अरू विकासका काम कसरी गर्न सक्लान् र भनेर स्थानीयले चर्को आलोचना गरेका छन्। गाउँको सिंहदरबार कहाँ स्थापना गरेर सेवा दिने भन्ने सङ्घीयता लागु भएको सात वर्षसम्म पनि टुङ्गो नलाग्दा भागेश्वर गाउँपालिकावासीमा अन्योल रहेको स्थानीयको गुनासो छ। तत्कालीन तीन वटा गाउँ विकास समिति बगरकोट, भागेश्वर र रुपाललाई गाभेर भागेश्वर गाउँपालिका स्थापना गरिएको थियो। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि भागेश्वर गाउँपालिका–४ मा परेको बगरकोटलाई नै अस्थायी मुकाम बनाई हालसम्म…

Read More

काठमाडौं : निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन्। उनलाई सर्वोच्च अदालतको गेटबाट प्रहरीले पक्राउ गरेको हो। रावलले आफ्ना पति गिरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन्। सो मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चको गेटमा प्रदर्शन गर्न पुगेकी थिइन्। सर्वाच्चको गेटमा प्रदर्शन गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेकाे हो। महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More