Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौँको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र…

Read More

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । पूर्व राजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाको पहलमा खैरेन्द्रपुर चोकमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित मेयर हुन् । शालिक अनावरण गर्न पूर्व राजा शाह र नाति हृदयेन्द्रसहित कपिलवस्तु पुगेका थिए ।

Read More

काठमाडौं : सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ स्थित भगवती सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ । सामुदायिक वनले आन्तरिक आयबाट केही रकम अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको हो । पाँच वर्षदेखि आठ जना अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा रु एक हजारका दरले भत्ताबापतको रकम उपलब्ध गराइँदै आइएको सामुदायिक वनका अध्यक्ष केशव सिंह धामीले बताए । “आवश्यक कागजपत्र जुटाउन नसक्ने अवस्थाका, सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित रहेका अपाङ्गता भएका व्यक्तिलाई छनौट गरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेका छौँ”, उनले भने, “आयआर्जनसँग जोडिने इच्छा भएका दुई जनालाई बाख्रापाला र कुखुरा पालनका लागि अनुदान रकम…

Read More

धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय कृकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा दोश्रो चरणको पहिलो खेलमा कंचनपुरले विजयी शुरूवात गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा कंचनपुर १ विकेटले विजयी भएको हो । कैलालीले दिएको १८६ रनको लक्ष्य पछ्याएको कंचनपुरले निर्धारित ओभरको एक बल अगाबै अर्थात ३४.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । कंचनपुरका लागि प्रकाश पाण्डेयले उत्कृष्ट अर्धशतक प्रहार गर्ने ६९ बलको सामना गरेका पाण्डेयले ७ चौकाको मद्दतले ५० रन बनाए । त्यस्तै किरण कुमार ठगुन्नाले पनि उत्कृष्ट पारी खेले । ३८ बल सामना गरेका ठगुन्नाले १ चौका र ३ छक्काको मद्दतले ४२ रन जोडे । कंचनपुरका लागि कप्तान अभिषेक…

Read More

धनगढी : नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा सम्पन्न भएको छ ।शनिबार धनगढीमा आयोजना गरिएको सहकारीको साधारण सभाको सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले उद्घाटन गरेका हुन् । सो अवसरमा नागरिक बचत तथा ऋण सहकारीका अध्यक्ष दिप्ती शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।अध्यक्ष शाहीका अनुसार सो सहकारीले गत आर्थिक वर्षमा पाँच करोड, ४९ लाख ३७ हजार १६६ रुपियाँ निक्षेप संकलन गरेकोमा सात करोड, ४२ लाख २९ हजार ९११ रुपियाँ लगानी गरेको बताइन । नागरिक बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १८ लाख ९ हजार ५६ रुपियाँ खुद नाफा गरेको छ । सो संस्थाको…

Read More

बैतडी : बैतडीमा शुरू प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपको खेलमा बैतडीले विजयी शुरूवात गरेको छ। सुखद शुरूवात गर्ने क्रममा बैतडीले बझाङमाथि १८१ रनको विशाल जित निकाल्यो । जितका लागि पाएको २८१ रनको लक्ष्य पन्छाएको बझाङ १७।५ ओभरमा ९९ रनमा अलआउट भयो। उसका सनम बुढाथोकीले सर्वाधिक २६ रन बनाए। बैतडीका कप्तान रिसिकेश बोहराले ४,हिक्मत महराले ३,सन्तोश चन्दले २ विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनायो ।जसमा प्रदीप चन्द र आयुश चन्दले अर्धशतक हिर्काए। प्रदीप ८३ र आयुश ५९…

Read More

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकास्थित एक सडक कालोपत्र गरेको ६ दिनमै घाँस उम्रिएको छ। निर्माण कम्पनीको बदमासी र नगरपालिकाको बेवास्ताका कारण अघिअघि सडकमा कालोपत्रेको काम हुँदैछ भने पछि कालोपत्र माथि घाँस उम्रिन थालेको हो। लम्की चुहा नगरपालिका ३ स्थित व्यवस्थित नगरमा कालोपत्र गरेको ६ दिनमै घाँस उम्रेपछि कालोपत्रको काम कमसल भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन्। घरै अगाडिको सडक कालोपत्र भएपछि स्थानीय हरि भण्डारी खुसी भएका थिए। तर उनको खुसी छ दिनमै निराशामा बदलियो। विकासको नाममा आँखामा छारो हाल्ने काम मात्रै भएको भन्दै भण्डारीले आक्रोश पोखे। त्यस्तै अर्का स्थानीय खगेन्द्र प्रसाद बजगाईँले नयाँ कालोपत्र सडकमा घाँस उम्रेपछि र केही ठाउँमा…

Read More

सिरहा : सिरहामा चुरे उत्खननको लागि सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रवार हिजाे पक्राउ गरेको हाे। यही पुस ७ गते कर्जन्हा–१ बल्टियामा रहेकाे चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको हाे। डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले पक्राउ परेका अध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको जानकारी दिए। यसै मुद्दामा…

Read More

बझाङः बझाङमा विषादी सेवन गरेर एक महिलाको मृत्यु भएको छ। विषादी सेवन गरेर घाइते खप्तड छान्ना गाउँपालिका–६ पुजारीगाउँकी १९ वर्षीया राजकुमारी खड्काको उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार राति विषादी सेवन गरेकी उनलाई आफन्तले राति नै जिल्ला अस्पताल पुगाएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रिफर गरिएकोमा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको डेढ वर्षकी छोरी छन्।

Read More