Author: महेन्द्रनगर पोष्ट

चितवन: चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ। प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ। चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका नगरपालिका, चितवनको इच्छाकामना, मकवानपुरको राक्सिराङ तथा धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा कार्यक्रम लागू गर्न लागिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिए। उनका अनुसार मन्त्रालयले कार्यविधि निर्माण गरेर अर्थ मन्त्रालयमा पठाएको छ। मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए। प्रदेश सरकारले…

Read More

काठमाडौं : गत आइतबारबाट अन्तिम बहस सुरु भएको सन्दीप लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि पुन: निरन्तर सुरु हुँदैछ। सोमबार र मंगलबार बिदा भएका कारण ‌आज बिहान १०:३० देखि बहस निरन्तर सुरु हुन लागेको हो। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका थिए। सन्दीपको मुद्दा पहिलो पटक अन्तिम बहस हेर्दाहेर्दैमा गएसँगै अब मुद्दाले बहस सकिएसँगै किनारा पाउने छ।अन्तिम बहस आज ढकालको इजलासमा सुरु हुनेछ। काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आइतबार सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गरेका थिए। त्यस्तै, पीडितको पक्षबाट अर्का अधिवक्ता आत्म आचार्यले बहस गरेकी थिइन्। मुद्दामाथिको बहस नसकिएपछि…

Read More

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो। आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विभिन्न कार्यक्रमहरू आयोजना…

Read More

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी रहेको छ। अदालतको पक्राउ पूर्जी जारी भएका नेत्र विक्रम चन्द विप्लव पनि बैठकमा सहभागी छन्। बैठकमा नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी छन्। बैठकमा सरकारको समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल भइरहेको छ।

Read More

डोटी : नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले सुरक्षा सुनिश्चितता विना राष्ट्रमा विकासले गति लिन नसक्ने बताएका छन्। डोटी जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला प्रहरी कार्यालय डोटीका नवनिर्मित भवनहरूको उद्घाटनका क्रममा महानिरीक्षक कुँवरले भयरहित वातावरणको सृजना पश्चात् मात्र राज्यले लक्ष्य लिएको विकास सन्दर्भमा विभिन्न कार्यहरू बढाउन सकिने हुँदा सुरक्षा सुनिश्चितताका लागि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको विषयमा जोड दिए। महानिरीक्षक कुँवरले भने,–‘‘स्थानीय सरकार, सरकारी तथा गैरसरकारी क्षेत्र लगायत सरोकारवालाहरूले शान्ति सुरक्षाका सम्बन्धमा एक भएर अगाडि बढ्न आवश्यक छ। नेपाल प्रहरीले आन्तरिक सुद्धिकरणलाई अभियानका रूपमा नै अगाडि बढाएर नागरिक मैत्री प्रहरी हुनु पर्दछ भन्ने मान्यता लिएको छ।” कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख…

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ। तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ।  महाकाली र जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर बस्ती दुवै तर्फबाट जोखिममा छ। बस्ती जोगाउन दुई सय मिटर तटबन्ध निर्माणको योजना अघि बढाइएको थियो। सो कार्यको जिम्मा लिएको महेन्द्रनगरस्थित जोशी निर्माणले काम गर्न ढिलाइ गरेको छ। कुतियाकबरका स्थानीयवासीले हिउँदमा जसरी पनि तटबन्ध निर्माण गर्न आग्रह गर्दै आएका छन्। ‘अहिले नदीमा पानी घटेकाले निर्माण गर्न सहज हुन्छ, बर्खामा काम गर्न सकिन्न’, स्थानीय बहादुरसिंह सुनारले भने,“नदीले बर्सेनी बर्खामा खेतीयोग्य जमिन कटान गर्दै आएको छ।’ विसं २०२० मा बसेको सीमा बस्ती बाढीको निरन्तर…

Read More

कैलाली : कैलालीको गोदावरीबाट पासोमा परेको चितुवाको उद्धार गरिएको छ। मंगलबार साँझ गोदावरी नगरपालिका– १२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो।  कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियामा प्रमुख निरञ्जन कडालले बताए।चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो। उनले पासोबाट उद्धार गरि ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको बताए।

Read More

कञ्चनपुर : कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन्। जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी हुन्। झापाको मेची नगरपालिका– ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ। उक्त घटनामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ फ्लोरिडा स्कुल नजिकबाट ०.०९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-६ बनगाँउका २८ वर्षीय बिनोद भुजेलसहित समेत दुई जना मंगलबार साँझ पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More