Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै उनले जनताको कामलाई प्रभावकारी रुपमा स्म्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन आग्रह गरे । मन्त्री बस्नेतले भने, ‘मन्त्रालयको काममा व्यस्त हुनुस् । अनावश्यक भेटघाट बन्द गर्नुस् ।’ नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उनले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने बताए । मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमितरुपमा १०…

Read More

धनगढी : कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहीबार हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो । उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हो। बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ। ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

Read More

धनगढी: कैलालीमा पक्राउ परेका प्रहरी प्रहरी धरौटीमा छुटेका छन्। एक महिलामाथि आर्थिक लेनदेनका क्रममा अभद्र व्यवहार गरेको आरोपमा समातिएका प्रहरी जवान धरौटी तिरेर छुटेका हुन्। जिल्ला प्रशासन स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा पक्राउ परेर थुनामा बसेका बैतडी घर भएका प्रहरी जवान दमनबहादुर बिष्ट आज छुटेका हुन्। उनलाई बिहीबार (आज) १० हजार धरौटी तिराएर छोडिएको बताइएको छ। उनलाई केही दिन अगाडि सार्वजनिक मुद्दा अन्तरगत अभद्र व्यवहारमा थुनामा राखिएको थियो। बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरेको थियो। उनै बिष्टलाई आज जिल्ला प्रशासन कार्यालयले धरौटीमा छोडेको हो। उनी डोटीमा कार्यरत प्रहरी…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको भ्रमण मण्डलले अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख दुई हजार रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएको भदौ ३० गते अमेरिका भ्रमणमा गएका थिए । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ पुगेका थिए । भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज १३ गते नेपाल फर्किएका थिए । यसरी भ्रमणमा जाँदा उनको भ्रमण टोलीले गरेको खर्च अर्थ मन्त्रालयले निकासी गरेको छ । मुलुकमा आर्थिक संकटसँग जुधिरहेका बेला दुई साता लामो घुमफिरमा निस्किएको भन्दै प्रधानमन्त्रीको…

Read More

काठमाडौं : इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले जनही १० लाखका रूपैयाँ राहत दिएको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायल घटनामा परी निधन भएका नेपाली नागरिकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो । यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको मन्त्रालयले जनाएको छ । असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना…

Read More

कैलाली : कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका १ अत्तरियाका सुरेश बुढामतवालालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा प्रहरीले बुढामतवालालाई नीजकै घर नजिकै हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ५७० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको हो। बुढामतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ । २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९६५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ । अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ । अर्थ मन्त्रालययबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ । गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो ।

Read More

काठमाडौँ : नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसन ग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज काँग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ । प्रदेश सम्मेलन उद्घाटन समारोह आसन ग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता डा। शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् । आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए पनि दर्शकदीर्घामै बसिरहे । स्रोतका अनुसार उनी पनि आसन ग्रहणको मर्यादाक्रममा असन्तुष्ट छन् । सम्मेलनमा…

Read More

धनगढी : कञ्चनपुरमा इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्जसहितका १६ जना प्रहरी जिल्ला तानिएका छन् । भारतबाट सामान क्यारिङ गर्ने महिला तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट अनुचित लाभ लिएको आरोपमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक(सई) दिग्गज ठकुराठीसहितका १६ प्रहरीलाई बुधबार राति जिल्ला तानिएका हुन् । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) कमल थापाले भारतबाट साइकलमा सामान ओसारपसार गर्ने महिला तथा अन्य व्यक्तिहरुबाट अनुचित लाभ लिएको गुनासोपछि अनुसन्धानका लागि इन्चार्जसहितको सिङ्गो टिमलाई नै जिल्ला तानिएको बताए । उनकाअनुसार उनीहरुमाथि अनुचित लाभ लिए÷नलिएको विषयमा अनुसन्धान हुनेछ । एसपी थापाले विगतदेखि नै इप्रकाका प्रहरीबारे गुनासा आइरहेको र सन्तोशजनक काम नदेएिको कारण पनि फेरिएको दाबी गरे…

Read More

धनगढी: छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो। भोलिदेखि धनगढीमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक क्लबका महासचिव ललित मिश्रले जानकारी दिए। प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसैबीच, प्रतियोगिताको टफी पनि सार्वजनिक गरिएको छ। प्रतियोगितामा भाल लिएका क्लका कप्तान सहित टफी सार्वजनिक गरिएको हो। प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन्। प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टीमको सहभागीता रहेको छ। प्रतियोगिताको…

Read More