Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाको बजेटमाथि व्यापक हेरफेर भन्दै उत्पन्न भएको विवाद साम्य हुने भएको छ। माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख विमलाकुमारी बोहरासहित नगरसभाका बहुमत सदस्यहरूले ‘विशेष नगरसभा’ बोलाउन नगरप्रमुख भरत बडायर जोशीलाई असोज ४ गते माग गरेका थिए। अन्ततः नगरप्रमुख जोशी नगरसभा बोलाउन सहमत भएका छन्। नगर कार्यपालिकाको आइतबार बसेको बैठकले पुस २४ गते नगरसभा बोलाउने निर्णय गरेको छ। विवादित योजनाहरूबारे छलफल गरी संसोधनका लागि आगामी नगरसभामा पेश गर्ने र आगामी दिनमा नगरपालिकामा कुनै पनि विवाद उत्पन्न भएमा अन्तिम निर्णय लिने अधिकार नगर प्रमुख र उपप्रमुखमा रहने सहमति पनि भएको छ। नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट बनाउँदा नगर सभामासभाका…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने सम्बन्धमा कृही तयारी भएको छैन। प्रदेश सभाको आठौँ एवं बर्खे अधिवेशन अन्त्य भएको अढाई महिना हुन लागे पनि अर्को अधिवेशनको तयारी छैन। प्रदेश सभामा सरकारले नयाँ विधेयक पनि दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेश सभा सञ्चालनका लागि अहिलेसम्म बिजनेस पेस भएको छैन। सरकारबाट हालसम्म नयाँ विधेयक दर्ता हुन नआएको भन्दै उनले बैठक पनि निश्चित भई नसकेको जानकारी दिए। ‘हुन त अहिले नै अधिवेशन सुरु गराइहाल्ने बाध्यता सरकारलाई छैन । किनभने एउटा अधिवेशन सकिएको पाँच महिनासम्म बैठक नबस्दा पनि हुन्छ’ उनले भने। एउटा अधिवेशन…

Read More

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सोमबार साँझ दुर्घटना भएको हो। बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालकको कैलारी गाउँपालिका वडा नम्बर-५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी नगरपालिका-५ का २६ वर्षीय बिरबहादुर चौधरी र सोही मोटरसाइकलमा पछाडीसवार २८ वर्षीय राजेश…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) उपेन्द्र बमले आफुखुसी मुद्दामा चलखेल गर्ने गरेको पाइएको छ। हालै उनी त्यस्तै एक घटनामा मुछिएका छन्। उनले एक युवकलाई गैर कानुनी रुपमा समातेर थुनामा राखेको खुल्न आएको छ। उनले लेनदेनका विषयमा सहमति भइसकेको मुद्दामा आइतबार धनगढी उपमहानगरपालिका- २ बस्ने प्रेम खत्रीलाई थुनामा राखेको पाइएको छ। प्रेमका दाजु सुरेन्द्र खत्रीले लेनदेनका विषयमा यसअघि सहमति गराइएको भएपनि आइतबार प्रहरीले अनाधकृत रुपमा नियन्त्रणमा लिएको बताएका छन्। खत्री र सुमी बम नाम गरेकी महिला बीच पैसा लेनदेनको घटनामा प्रहरीले प्रेमलाई बेलाबेला समस्या दिइरहेको उनको आरोप छ। उपेन्द्र र सुमीबिच नाता पर्ने भएकाले खत्रीलाई जतिखेर पनि सोधपुछका लागि…

Read More

काठमाडौं- सुदूरपश्चिम प्रदेशले रितु कनौजियाको कप्तानीमा प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता खेल्ने भएको छ। सुदूरपश्चिममा विन्दु रावल उपकप्तान छिन्। यस्तै कविता जैशी, सम्झना खड्का, शोभा रोकाय, अनु खडायत, सावित्रा धामी, लक्ष्मी साउद, मनिषा चौधरी पनि टोलीमा छन्। यस्तै राधिका पुजारा, रेवती धामी, जानकी थापा, रुबी पोदार पनि टिममा छन्। यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम (एपीएफ) गरि ८ टिमले सहभागिता जनाउने छन्।

Read More

काठमाडौं : नेपाल सेनामा कार्यरत एक मेजरलाई महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही गरिएको छ। श्री नम्बर २ सैन्य तालिम केन्द्रमा कार्यरत मेजरसूर्यबहादुर क्षेत्रीको दुई वर्षसम्मका लागि बढुवा रोक्का गरिएको हो। गलत मनशायले महिला कर्मचारीलाई फोन तथा सामाजिक सञ्जालमा म्यासेज पठाउने आरोप उनीमाथि लागेको थियो। साथै उनले तालिम गरिरहेकी कर्मचारीलाई कोठा सफा गर्ने बहानामा निषेधित इलाका (पुरुष अधिकृतको कोठा) मा प्रवेश गर्न लगाएर दुव्र्यवहार गर्न खोजेका थिए । ‘अनुशासन तथा आचरणसम्बन्धी कसूर’ अन्तर्गत उनलाई सजायँ सुनाइएको हो। उक्त हर्कतविरुद्ध उजुरी परेपछि मध्य पश्चिम पृतना हेडक्वार्टरका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा समरी जनरल सैनिक अदालत गठन गरिएको थियो। उनले सैनिक…

Read More

काठमाडौं : इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् । समाजसेवी थापाको आवश्यक सहयोगपश्चात् कागजात बनाई ४ महिनाअघि उनी नेपाल फर्किन सफल भइन् । ‘त्यो बहिनी नेपाल गएको ४ महिना भइसक्यो, उसलाई गर्भ बोकाउने केटा अझै फरार छ,’ उनले भने, ‘अझै २ जना नेपाली चेली गर्भ बोकेर बसेका छन्, उनीहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरू गैरकानुनी रूपमै कुवेत माभुल्लामा लिभिङमा बस्दै…

Read More

काठमाडौं : नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ । सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन् । उनी नेपाली सेनाले भारतबाट खरिद गर्न लागेको महिन्द्रा कम्पनीका चारवटा आर्म पर्सनल क्यारियर (एपिसी) खरिदका लागि नेपाल ‘एजेन्ट’ रहेका छन् । नेपाल प्रहरीकै शिर झुकाउने उक्त घोटालाका मुख्य सहयोगी ठेकेदार भारतीमार्फत नेपाली सेनाले भारतबाट एपिसी खरिदका लागि एलसीसमेत खोलिसकेको छ । भारती सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको ४४ करोडको एपिसीमा साढे २८ करोडबराबरको भ्रष्टाचारमा मुछिएका थिए । सो काण्डमा उनीलगायत तत्कालीन प्रहरी महानिरीक्षकले जेल सजायसमेत भुक्तान गरेका थिए ।…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। आगामी तीन दिन मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ । 

Read More

काठमाडौं- काठमाडौं रेजर्स र धनगढी एफसीले सोमबार नेपाल सुपर लिग २०२३ मा रोमाञ्चक बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । यो खेल पछिल्लो संस्करणको फाइनल पुनरावृत्तिका रूपमा भएको हो । धनगढीका लागि अहमद हिजाजीले १५ औं मिनेटमा गरे । काठमाडौंका डिफेन्डर आन्द्रेस निआले गरेको भुलमा बल लेवानानी फरवार्ड हिजाजीले नियन्त्रणमा लिँदै गोल गरे । दोस्रो हाफको ६६औं मिनेटमा काठमाडौंका लागि किंगु ओलिभरले हेडबाट गरे । उनले टोजी डिनोभको कर्नरलाई गोलमा परिणत गरेका हुन् । शीर्ष स्थानमा रहेको धनगढीको यो नतिजापछि ६ खेलबाट १२ अंक भएको छ । काठमाडौं भने ६ खेलबाटै ९ अंकमा…

Read More