Author: महेन्द्रनगर पोष्ट

बाँके : बाँकेमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बोलेरो पिकअपले ठक्कर दिदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल ओलीको घटनास्थलमानै मृत्यु भएको हो । कोहलपुर–४ मदनचोक सडक छेउमा ड्युटिमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवल्दार लालबहादुर बुढाक्षत्रीलाई भे१च ३४०७ नम्बरको जीपले ठक्कर दिएको थियो । ठक्करबाट प्रहरी सहायक हवल्दार लालबहादुर बुढा घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको र अहिले कोहलपुर शिक्षण अस्पतालको आइसियूमा राखिएको प्रहरीले जानकारी दिएको छ । जीपले राति करिब ११ बजे ठक्कर दिएको थियो । जीप चालक २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले नियन्त्रण लिएको छ…

Read More

धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-९ खग्रौलाबाट १ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित सोही ठाँउका २० वर्षीय रमेश साउद र टीकापुर नगरपालिका-१ का २७ वर्षीय पदमराज भण्डारी बिहीवार पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। लागुऔषधसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टिकापुरले बताएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको हो। भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्‍याउदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको प्रवक्ता डाँगीले जानकारी दिए। 

Read More

बाजुरा: बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ। पहिलो किस्ताको  १४ करोडमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो।  जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो। सो रकम विपद् व्यवस्थापन कोषमा  पठाइएको उनले बताए। भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो।   प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि…

Read More

काठमाडौं : नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक र हवाई विविध सेवा तर्फका बिल्लादार पदका लागि दरखास्त माग गरेको हो।  योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै दरखास्त फारम भर्न पनि सकिने छ। 

Read More

काठमाडौं : सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले बिहीवार राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । निशेष गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवादेखि इन्टरनेट सेवासम्म छन् ।  निषेध गरिएका २५ आवश्यक सेवाः 

Read More

धनगढीः कैलालीको धनगढीमा एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहराका गजेन्द्रबहादुर बमको एक तले पक्की घरमा विद्युतको तार सर्ट भर्ई बिहीवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घरभित्र रहेका काठको कुर्सी, खाट, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको छ। आगलागीबाट अन्दाजी आठ लाख बराबरको क्षति भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो।

Read More

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तराईका केही भूभागमा हुस्सु लागेको छ ।  आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

डडेल्धुरा : ‘राजनीतिक पावर’ लगाएर डडेल्धुराबाट सरुवा गराइएपछि दुई हाकिमले मन दुखाएका छन्। मन दुखाउनेमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका हाकिम देवराज भट्ट र कृषि ज्ञान केन्द्र डडेल्धुराका तत्कालीन हाकिम रामचन्द्र भट्ट रहेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवराजले ३ वर्ष २ महिनाको बसाइँमा साथ सहयोग दिने प्रति आभार गर्दै आफ्नो सरुवा भएको प्रति चित्त दुखाएका छन्। भेटेनरी अस्पतालबाट बिदाइ गरिएको फोटो राख्दै उनले लेखेका छन्, ´मेरो पारिवारिक सदस्यहरूको पृष्ठभूमिसँग जोडेर रगत सम्बन्धको पटक्कै ख्याल नगरी म प्रति निर्मम असहिष्णु भएकाहरूलाई सिर्फ सहानुभूति व्यक्त गर्दछु।` देवराजको पोष्टमा कमेन्ट् गर्दै रामचन्द्रले लेखेका छन्, ´ असहिष्णु प्रति मेरो…

Read More

काठमाडौं : एमाले अध्यक्ष केपि शर्मा ओलीमाथि आक्रमण भएकोबारे धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आक्रमणकारीले रक्सी खाएको देखिएको र बाहिर आएजस्तो नभएको बताएका छन्। बिहीबार धनकुटाको महालक्ष्मी नगरपालिका- ५, लेगुवामा ओलीको स्वागतमा उभिएका स्थानीय महेश राईले थप्पड हानेका थिए। ‘बाहिर मिडियामा आएजस्तो अलि देखिएको छैन। पूर्वप्रधानमन्त्रीज्यूलाई स्वागत (आक्रमण गर्ने) गर्न आएकै देखिन्छ,’ पौडेलले भने, ‘रक्सी खाएकोले अलि मिसअन्डरस्ट्यान्डिङ भएको जस्तो देखिन्छ प्रारम्भिक रूपमा। तैपनि हामी सोधपुछकै क्रममा छौँ।’ तर, प्रहरीले उनलाई रोकेको थियो। ओलीलाई आक्रमण गर्ने राईलाई प्रहरीले नियन्त्रण लिएको छ।

Read More