धनगढीः धनगढी उपमहानगरपालिकाले युवाहरूलाई सीप विकासका लागि जापान पठाउने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) सँगको सहकार्यमा उपमहानगरले युवाहरूलाई जापान पठाउने भएको हो। धनगढीका युवाहरूले जापान गएर सीप सिकेर स्वदेश फर्किन पाउने भएका छन्। सम्झौतामा धनगढी उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले बिहीवार हस्ताक्षर गरेका हुन्। जाइकाले मुख्य गरी धनगढीका युवाहरूमा उद्यमशीलता र करिअर विकासको अवसर दिन जापानका कम्पनीहरूमा धनगढीका युवालाई जोड्ने काम गर्ने पौडेलले बताए। सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाले युवाहरूलाई जापानमा सीप सिक्न पठाउने छ। जापान जाने युवा स्वदेश फर्केपछि सीप सिकेको र रोजगार सिर्जना गर्ने बन्नुपर्ने नगरप्रमुख हमालले बताए। यसैबीच बैतडीको पाटन नगरपालिका…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर : कृष्णपुर नगरपालिका-२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ। सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो। सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताए। रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उनले बताए। दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उहाँले राति वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए। “पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरियातर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलीमा काठ छोपेर लगेको…
धनगढी : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत चयन भएका हुन्। तर, निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। यसअघि चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष थिइन्। उनी रेशमपत्नी हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ।
काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ। जसअनुसार नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरु शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन्। प्रमुख सेनानी प्रेम प्रसाद पौडेलको नेतृत्वमा यूएन चार्टर्ड फ्लाइटमार्फत काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त मिसनमा आफ्नो कार्यकाल पुरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको १८८ जना नेपाली शान्ति सैनिकहरुको टोली सेनानी कमल थापाको नेतृत्वमा शुक्रबार नै स्वदेश फर्किएको सेनाले जनाएको छ। हाल कंगो मिसनमा नेपाली सेनाका…
काठमाडौं : नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ। टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन्। टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र दिलिप नाथ छन्। अर्जुन साउदले यसअघिको प्रधानमन्त्री कप भने आर्मीबाट खेलेका थिए। यस्तै अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राण, राशिद खान, ललित भण्डारी र रोशन बुढा पनि पुलिसको टिममा छन्। पुलिसको टिमको प्रशिक्षकमा टिमका पूर्व कप्तान रहेका मञ्जित श्रेष्ठ रहनेछन्। एक दशकभन्दा लामो समय मञ्जितले पुलिसको कप्तानी गर्दा दर्जन बढी उपाधि जिताएका थिए।
काठमाडौं : हिन्दु धर्मावलम्बीहरुको भावनामा ठेस पुर्याएको भन्दै दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री नयनताराविरुद्ध हिन्दु सेवा परिषद् कानुनी लडाईमा उत्रिएको छ। परिषदले उनीविरुद्ध जबलपुरस्थित ओमती प्रहरी चौकीमा जाहेरी दर्ता गराएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। नयनतारा मुख्य भूमिकामा रहेको तामिल चलचित्र अन्नपुर्णीले हिन्दु धर्मालम्बीहरुलाई अपमान गरेको आरोप छ। चलचित्रको केही संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको, बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको जस्ता दृश्यका कारण यस्तो विवाद नसकिएको हो। चलचित्रमा नयनताराले मन्दिरको पुजारीको छोरीको भूमिका निभाएकी छन्।
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को भावी अध्यक्षका लागि रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता जारी भएपनि अहिलेसम्म रेशमको एकल उम्मेदवारी परेको हो। रेशम पार्टीका संरक्षक हुन्। नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन्। अध्यक्षमा रेशम बाहेक अन्यको उम्मेदवारी पर्ने सम्भावना न्यून छ। त्यसैले उनी स्वतः अध्यक्ष बन्ने छन्। तर, अध्यक्ष बाहेकका पदमा भने आकांक्षी बढी देखिएका छन्। त्यसकारण अन्य पदमा निर्वाचनको सम्भावना बढेको छ। महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी, ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ। गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन्। सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन्। यसअघि महासचिव…
डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा सयौँ नागरिक मिलेर सुरु गर्न थालेको भटमास उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको छ। फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका नामले सञ्चालित भटमास उद्योगले अबको एक डेढ महिनामै उत्पादन सुरु गर्ने गरी तयारी थालेको हो। तेलको उत्पादन त्यसको रिफाइन र सोयाबिनको उत्पादन तत्काललै सुरु हुने कम्पनीले जनाएको छ। २०७६ मा कम्पनीका रूपमा दर्ता भएको यो उद्योग ७ सय ७७ जना शेयर सदस्य र १ हजारभन्दा बढी भटमास उत्पादक कृषकहरू मिलेर सञ्चालनमा ल्याइएको हो। फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका रूपमा चार वर्षको तयारीपछि उद्योग सञ्चालन सुरु हुन थालेको लिमिटेडका पूर्वअध्यक्ष ताराप्रसाद जोशीले जानकारी दिए। जोशीका अनुसार पूर्वाधारका काम सम्पन्न भइसकेका…
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले रु पाँच करोडभन्दा बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो। त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न सुरु गरेपछि लाइन जोडिएको थियो। सञ्चालक समितिले नेपाल सरकारबाट गठित जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई सरकारबाट निर्णय नभएसम्मका लागि लाइन काटिएका उद्योगको विद्युत् लाइन सञ्चालन गराउन प्राधिकरण व्यवस्थापनलाई…
डडेल्धुरा : नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए। उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी गराए। ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम…