Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरमा जङ्गली जनावरलाई विद्युतीय पासोमा पारेर मार्ने एक जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मणिकाधाम टोलका ४० वर्षीय सुवास धामी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । धामीलाई विद्युतीय पासो थाप्न प्रयोग गरिएको तीन सय मिटर तारसहित प्रहरीले पक्राउ गरिएको हो । पक्राउ परेका धामीमाथि अनुसन्धानको कार्य भइरहेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट ५.५९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१ बस्ने ३४ वर्षीय जिवन डगौरासहित दुई जना पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा डगौराले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेका अवस्थामा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुले प्रयोग गरेको मोटरसाईकल एकथान समेत बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

कैलालीः कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलार बस्ने ५७ वर्षीय मानबहादुर कुँवर मृत फेला परेका हुन्। कुँवर घरदेखि अन्दाजी ५०० मिटर दक्षिण आफ्नै खेतमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

चितवन : यही पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्न लागिएको हो। पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ। करिब तीन साता दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्ने तयारी छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो। माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो। एक हप्ताअघि घरबाट बेपत्ता भएकी ती बालिकाका आफ्न्तले खोजीकार्य गर्दा पनि फेला नपरेपछि प्रहरी र विभिन्न संघसंस्थामा निवेदन दिएका थिए। भारतीय प्रहरी र संघ–संस्थाले खोजतलासका लागि माइती नेपाल कञ्चनपुरलाई आग्रह गरेका थिए। माइती नेपाल कञ्चनपुरले आफ्नो नेटवर्क मार्फत शंकास्पद क्षेत्रबाट सूचना संकलन र प्रमाणीकरण गरेपछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वय र सहकार्यमा भीमदत्त नगरपालिका–१० जिमुवाको एक जना टमाटा थरका व्यक्तिको घरमा छापा हानेर बालिकाको सकुशल उद्धार गरिएको हो। ती बालिकालाई पिथौरागढको एक…

Read More

काठमाडौं : टीकापुर अस्पतालले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ । अस्पतालले आइतबार एक सूचना जारी गर्दै करार सेवामा ९ जना कर्मचारी मागेको हो । अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तह सर्जरी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट नवौँ तहमा एनेस्थेसियोलोजी र कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौँ तह रेडियोलोजीमा एक एक जना मागेको छ । यस्तै मेडिकल अधिकृत आठौँ तहमा जनरल हेल्थ सर्भिसेज ५ जना माग गरिएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा लागेको आगो नियन्त्रणमा लिइएको छ । शनिबार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको बागबजारमा आगलागी भइरहेको छ । पुरानो ग्रेन क्याफे नजिकको शुभकामना फेन्सी पसल जलेर नष्ट भएको छ भने थप तीन पसलमा आगलागी भइरहेको र नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय व्यपारी राजेन्द्र पनेरुले बताए । पसल भित्र आगो भएकाले कती पसल पुग्यो अब देखिन बताए । शुभकामना फेन्सीबाट आगलागी सुरु भएको हो । अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन् । बिस्तृत बिवरण आउन बाकी छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक स्कारपिओमा एक्कासि आगलागी भएको छ। जिल्लाको बेलौरी नगरपालिका–८ टिसिएनमा रोकिराखेको सुदुरपश्चिम प्रदेश ०१००१ च ३५८२ नम्बरको भुपेन्द्र ठगुन्नाले चलाएको स्कारपिओमा आगलागी भएको हो। आगलागीबाट स्कारपिओ भित्र रहेका २ थान आइफोन तथा नगद २ लाख ५० हजार जलि नष्ट भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढी : धनगढीमा अवस्थित नवजीवन सहकारी संस्थाको ३० औँ साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न भएको छ । धनगढीमा प्रधान कार्यालय रहेको देशकै अग्रिणी सहकारी नवजीवनको ३० औँ साधारणसभा तथा वार्षिकोत्सव शनिबार धनगढीको रुवस होटलमा संस्थाका अध्यक्ष देवबहादुर बमको अध्यक्षता तथा प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो । सहकारीका अध्यक्ष बमले संस्थामा अहिले ३३ हजार शेयर सदस्य रहेको बताउँदै आर्थिक वर्ष २०७९(८० मा १२ करोड ४८ लाख ६२ हजार खुद मुनाफा आर्जन गरेको जानकारी दिएका छन् । उनकाअनुसार संस्थाको अधिकृत शेयर पुँजी ५० करोड रहेको छ । २०७९ असार मसान्तको चुक्ता शेयर पुँजी २६ करोड ९५ लाख ६८…

Read More