Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

Read More

धनगढी: नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह-इन्चार्ज तोकेको छ। आज (बिहीबार) विशेष सर्कुलर जारी गर्दै इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकिएको हो। जस अन्तरगत सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी डडेल्धुराका भरत मल्लले पाएका छन् भने सह-इन्चार्जको जिम्मेवारी अछामका भरत शाह र कैलालीका सुरेन्द्र शाहीले पाएका छन्। सुदूरपश्चिममा युवाहरू माझ निकै लोकप्रिय रहेका शाह पार्टी जिल्ला कमिटी सदस्य पनि हुन्।  शाह सामाजिक सेवा मार्फत पनि चर्चामा छन्। शाहले कोरोना कहरमा पनि सुदूरपश्चिम फाउन्डेसनमार्फत सेवा प्रदान गरेका थिए।

Read More

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाका एक विद्यालयका प्रधानाध्यापकले वन अतिक्रमण गरि बनाएको अवैध टहरा सामुदायिक वनले हटाएको छ। जिल्लाको अमरगढी नगरपालिका-२ माैरडास्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक  मोहनसिंह धामीले अमरगढी नगरपालिका-६ स्थित कालापत्थर सामुदायिक वनमा बनाएको टहरा हटाइएको हो। धामीले कालापत्थर सामुदायिक वनमा अनुमति बिना टहरा बनाएका थिए। उनले आफ्ना सहोदर भाइसँग मिलेर मदिराको व्यापार पनि गर्ने गरेका थिए। टहरा हटाउन पटक-पटक धामीलाई आग्रह गरेको भएपनि उनले अटेरी गर्दै आएका थिए। स्थानीय जीतराज भट्टले टहरा हटाउनुको सट्टा धामीले अटेरी गरि मदिरा लाइसेन्स लिएर मदिरा बिक्री गर्न सुरु गरेका थिए। यसअघि पनि सामुदायिक वनको बैठक बसेर टहरा हटाउने निर्णय गरिएको र धामीलाई…

Read More

काठमाडौँ : दुई उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले लेखापरीक्षण सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । लेखापरीक्षण सेवातर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले र इन्जिनियरिङ सेवातर्फका उपसचिव माधवजंग कार्की सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका हुन् । लेखापरीक्षतर्फ एक जना सहसचिवका लागि एक जनाको मात्रै योग्यता पुगेकाले एउटा मात्रै आवेदन परेको भने इन्जिनियरिङतर्फ चार जनाको आवेदन परेको थियो । चार जनामा दोस्रो नम्बरमा भीमार्जुन पाण्डे, तेस्रो नम्बरमा महेश्वर घिमिरे र चौथो नम्बरमा पुष्करप्रसाद पोखरेल रहेका छन् ।

Read More

जर्जटाउन : अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ । दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । “गुयाना डिफेन्स फोर्ससँगको सहकार्यमा अमेरिकी दक्षिणी कमान्डले डिसेम्बर ७ मा गुयानाभित्र सैन्य उडान सञ्चालन गर्नेछ”, गुयानामा अमेरिकी दूतावासले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू दुवै मुलुकबीचको सुरक्षा साझेदारीलाई बढाउनका लागि ‘नियमित संलग्नता’ को एउटा भाग हा ।” हालै तेल–समृद्ध एस्सेक्विबो क्षेत्रमा सीमा विवाद बढेको छ । उक्त क्षेत्रमाथि एक शताब्दीभन्दा बढी समयदेखि गुयानाको नियन्त्रणमा छ तर भेनेजुएलाले पनि उक्त क्षेत्रमाथि दावी गर्दै सो क्षेत्र कब्जा गर्ने…

Read More

काठमाडौँ : भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनको सिआन सिटीले आई प्रविधि जडित तस्बिर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ । सियान सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिकाकी मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेका हुन् । पर्यटकीय पूर्वाधार मानिने उक्त क्यामराले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्न सक्ने महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सकिन्छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ । चेम्बर अफ कर्मशका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्नेछ…

Read More

काठमाडौँ : ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि उनको पसललाई १० हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ । यसअघि एक पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो । ए एण्ड बि वेभरेज इण्ड्रिस्टिजलाई महानगरले १ लाख रुपैयाँ जरिवाना गराएको थियो । किरा भएको बोतल प्याक गरेको पाइएकाले त्यसमा ध्यान दिन…

Read More

काठमाडौँ: उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘मङ्सिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’ अदालतले उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २५ गते बोलाएको छ । उक्त छलफलपछि…

Read More

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा संलग्न ठेकेदार भीमसेन राना रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट ईन्जिनियर अवस्थी कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार राना ५ हजार धरौटी सहित बिहीबार रिहा भएका भएका हुन् । अन्य दुई जना नरेश राना र जगदिश राना साधारण तारेखमा रिहा भएका छन । ठेकेदार सहित तीनै जनाले ईन्जिनियर अवस्थीसंग लिखित माफि समेत मागेका छन । लालझाडी गाँउपालिका २ कञ्ज बजारमा निर्माण भईरहेको सडक स्तरोन्नती योजनामा ११ मंसिरमा भएको निर्माण व्यवसायीका पक्षबाट ईन्जिनियर अवस्थीमाथि दुव्र्यवहार हातपातका विषयमा सार्वजनिक रुपमा माफि मागेका थिए । ईन्जिनियर अवस्थी र ठेकेदार रानाविच बुधबार…

Read More

लमजुङ: लमजुङमा खानेपानी संस्थाका कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सुन्दरबजार नगरपालिका–२, पुर्काङ भिया बस्ने परेवाडाँडा खानेपानी संस्थामा कार्यरत ५५ वर्षीय प्रेमबहादुर भुजेल मृत भेटिएका हुन् । हिजो साँझ समुदायको धारामा पानी छाड्न गएका उनको शव आज आफ्नो घर नजिकै बाटो छेउमा फेला परेको हो । प्रहरीका अनुसार ढुङ्गाको कच्ची पर्खालबाट लडेको अवस्था देखिएको छ । तर त्यसबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

Read More