Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : चिकित्सा शिक्षा सुधारका लागि अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका डा केसी अनसन स्थगित गरेर डाक्टर केसी सेति प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। डा केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए।

Read More

काठमाडौं : नेपाली सेनाका दुई तारे जर्नेल (उपरथी) हरुको सरुवा भएको छ । सात जना उपरथीको सरुवा नियुक्ति तथा अतिरिक्त कार्य काज नियुक्ति गरिएको हो । सरुवाको पहिलो नम्बरमा मध्यपूर्वी पृतना हेडक्वार्टरका उपरथी प्रेमध्वज अधिकारी रहेका छन् । ब्याच नम्बर १७६२ भएका उनको युध्दकार्य विभागको विभागीय प्रमुखमा पदस्थापन भएको छ । उपरथी दिपककुमार बानियाँ कार्यरथी विभाग पुगेका छन् । उनले कार्यरथीसँगै अतिरिक्त निमित्त निरीक्षणाधिकृतको समेत जिम्मेवारी सम्हाल्ने छन् । ब्याच नम्बर १७७० भएका उनी पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत थिए । सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयको महानिर्देशकमा विजय थापा आएका छन् । सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट सरुवा भएका उनको ब्याच नम्बर १७७५ रहेको छ…

Read More

मुगु : मुगुमा दलित भएका कारण स्थानीयले गाउँ निकाला गरेका छन्। जिल्लाको सोरु गाउँपालिकास्थित खनया स्वास्थ्य चौकीमा कार्यरत अनमि तुलसाकुमारी विकलाई स्थानीयले गाउँ निकाला गरेका हुन्। उनीहरुले दलितले छोएको औषधि नखाने भन्दै महिलालाई त्यहाँबाट जान बाध्य पारेको आरोप छ। अनमि बिक भन्छिन्, ‘मन्त्रालयले सरुवा दिँदैन। यता गाउँलेले बबाल गरेका छन्। जागिर छाड्नुको विकल्प छैन।’

Read More

अछाम: अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिकामा जीप दुर्घटना भएको हो। जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेको से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ। अछाम जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको हो। जीपमा सवारहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

Read More

धनगढीः स्थानीयले कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका घेराउ गरेका छन्। गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीयले आज (सोमबार) नगरपालिका कार्यालय घेराउ गरेका हुन्। छुटपिट नापीको माग गर्दै गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीय आन्दोलित छन्। उनीहरु नाराबाजी गर्दै वडा नम्बर ६ देखि छुटपिट नापीको माग गर्दै नगरपालिका पुगेका छन्। स्थानीयले वडामा आधा परिवारको जग्गा नापी गरेर कर्मचारी बेपत्ता भएको बताएका छन्।

Read More

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट बाघको गणना गर्ने काम जारी छ। नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ। तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जलाई २-२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिँडने बाटो पहिचान गरी एक-एक जोडी स्वचालित क्यामेरा जडान गरिएको छ। १५ दिनसम्म जडान गरिएको क्यामेराका नियमित अनुगमन तथा रेखदेख गर्ने काम भइरहेको छ। बाघको अनुगमनका लागि जडान गरिएको क्यामेराको स्विच अन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धुप्रसाद ढुंगानाले औपचारिक रुपमा अनुगमन गरेका हुन्। हरेक ग्रिडमा बाघ हिँडने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको…

Read More

काठमाडौं : समाजवादी मोर्चाले नेपाल कम्युनिष्ट पार्टीसँग गरिएका तीन बुँदे सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गरेर नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ। संयोजक नेपालले जारी गरेको विज्ञप्तिमा सम्झौता कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आह्वान गरिएको छ। जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतलाई पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल…

Read More

डडेल्धुरा : डडेल्धुराका युवा समाज सेवी सुरत तमोलीले आफ्नो जन्मदिन रक्तदान र आर्थिक सहयोग गरेर मनाएका छन्। अमरगढी–१ बस्दै आएका उनले आज विहान रेडक्रसको ब्लड बैंकमा गएर रगत दान गरेका थिए। त्यस्तै अमरगढी नगरपालिका–७ की क्यान्सर पीडित जानकी कैनीलाई उनले केही आर्थिक सहयोग गरेका छन्। उनलाई छाक टार्न सहज होस् भनेर केही रकम सहयाृग गरेको तमोलीले बताए।

Read More

धनगढी : कुनैबेलाको चर्चित नाम, तक्की दाई अर्थात् तक्की खानको निधन भएको छ। सोमबार राति ८० वर्षको उमेरमा तक्कीको निधन भएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोल निवासी तक्कीको सोमबार राती निधन भएको हो। भारोत्तोलन र कुस्तीका पूर्वराष्ट्रिय खेलाडी समेत हुन्, तक्की। मुस्लिम समुदायका खानलाई पश्चिम नेपालमा प्रायःले चिन्छन्। कुनै समय भीमकाय शरीर, लामो दारी हेर्दै डर लाग्ने खानलाई सडक बजारमा आयो भने तक्की आयो, तक्की दाई आयो भनेर हेर्नेको भीड लाग्थ्यो। धनगढीको त्रिनगर स्कुलमा ५ सम्म पढेका खानले २०२३ सालतिर सुदूरपश्चिममा सडक विभागको डोजर चलाउने काम गरेका थिए। सो समयमा उनी मात्रै सुदूरपश्चिमका एक्ला डोजर चालक रहेका थिए। उनले…

Read More

धनगढी : कैलालीको चुरे गाउँपालिकाले सिमामा बोर्ड लगाएको छ। चुरेले गौरीगंगा नगरपालिकासँग जोडिएका सिमामा बोर्ड लगाएको हो। चुरे गाउँपालिका– ४ को सिमाक्षेत्रका विषयमा गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाबीच विगतदेखी नै विवाद रहदै आएको थियो। उक्त वडामा रहेका खोलानालाहरुबाट गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै आएको थियो। खोलानालाहरुबाट अवैध रुपमा हस्तक्षेपकारी ढंगले गौरीगंगाले नदीजन्य पदार्थ उत्खनन गरीरहेको र त्यसले चुरे क्षेत्रको दोहन तथा भुक्षय भई बस्ती विनास हुने समस्या आउन सक्ने भन्दै चुरे गाउँपालिकाले सर्वोच्च अदालतमा मुद्धा समेत दायर गरेको थियो। उक्त मुद्दा हेर्दै अदालतले गत वर्ष पुष ४ गते चुरे गाउँपालिकाको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएको थियो। सोही आदेश पश्चात…

Read More