Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले संस्थाको हितविपरीत व्यत्तिगत फाइदामा नलाग्न सैनिकहरूलाई चेतावनी दिएका छन् । सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको ‘कमान्ड तथा स्टाफ तालिम’का सहभागी शिक्षार्थीहरूलाई बुधबार सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन् । “व्यक्तिगत फाइदाका लागि संस्थाको हित प्रतिकूल गतिविधि गर्नेले उचित समयमा उचित ढंगले दण्डित हुनुपर्ने कुरा बताउँदै प्रधानसेनापतिले संस्थाको ‘चेन अफ कमान्ड’भित्रै सबैखाले समस्याको समाधान मिल्नेबारे प्रस्ट रहन अधिकृतहरूलाई सुझाव दिनुभयो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । तालिममा सहभागी सैनिक अधिकृतहरूलाई नेपाली सेनाका पछिल्ला प्रमुख गतिविधिहरूको बारेमा जानकारी गराउँदै उनले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय हितको प्रवर्द्धन हुने…

Read More

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको आरोप लागेको छ । गुण्डागर्दी पृष्ठभूमिका लामा र सहदेव कक्षपतिको समूहले ललितपुरको ढोलाहिटीबाट अपहरण गरेर आफूलाई सानेपामा ‘बन्धक’ बनाएको ज्ञानेन्द्र खड्काले आरोप लगाएका हुन् । खड्काले यसबारे प्रेस विज्ञप्ति जारी गरेका छन् । २०८० पुस २३ मा उनीहरूले ढोलाहिटी आदर्श टोलबाट अपहरण गरेर सानेपास्थित होटल ‘लन्डन हाउस’ मा लगेर ८ घण्टा बन्धक बनाएर फिरौती लिएको खड्काको आरोप छ । घटनाबारे पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको जाहेरी ललितपुरमा फरवार्ड गरिएको छ । अपराध अनुसन्धान कार्यालयमा दिएको जाहेरी ललितपुरमा आएको जिल्ला प्रहरी परिसर…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले उद्योग सञ्चालक नहुँदा कामदारबाट जरिवाना संकलन गरेको पाइएको छ । मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सञ्चालनमा रहेको एस एण्ड एस प्लाष्टिक उद्योगका कामदारबाट दुई हजार जरिवाना लिएको हो । नेपाल सरकारको उद्योग नीति तथा वाणिज्य तथा उपभोक्ता हित कार्यालयको नियमअनुसार दर्ता भएका उद्योग व्यवसायिक प्रतिष्ठानले तिर्नुपर्ने कर तिरी मापदण्ड पुरा गरेको अवस्थामा उपमहानगरपालिकाले सञ्चालक नभएको समयमा कामदारबाट जरिवाना गराएको जनाइएको छ । कैलाली उद्योग वाणिज्य महासंघ उपमहानगरपालिकाको यो शैलीले व्यवसायीलाई लगानी गर्नबाट त्रास सृजना गरेको ठहर गरेको छ । आर्थिक विषम परिस्थितिमा व्यवसाय तथा उद्योगहरुलाई निरुत्साहित गर्ने कामको कडा रुपमा विरोध जनाउँदै सम्बन्धित निकायले…

Read More

धनगढी :  नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आज पनि मतदान नहुने भएको छ । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएसँगै मतदान हुन सम्भावना गरेको छ । निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा १ अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, जेडी पाण्डेको उम्मेदवारी परेको हो ।  कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र…

Read More

काठमाडौं : आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नामिबियासँग दोस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर सातौं ओभरमा नेपालले दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा भुर्तेल (१८)लाई एलबीडब्लू धरापमा पारेका बर्नार्ड स्कोल्जले चौथो बलमा अनिलकुमार साह (०) लाई पेभेलियनको बाटो देखाए । नेपालले थप ५ रन जोड्दा देव खनाल पनि शून्यमै आउट भए । आसिफ शेखले कुशल मल्लसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाए…

Read More

धनगढीः कैलालीको धनगढीका व्यवसायी मीनबहादुर खत्रीको निधन भएको छ। धनगढी उपमहानगरपालिका-२ रातोपुलका खत्रीको बुधवार निधन भएको हो। उनी सुदूरपश्चिम बस व्यवसायी संघका पूर्व उपाध्यक्ष हुन्। खत्रीको बुधवार महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। उनी धनगढीको हरि आयल स्टोर, हरि ट्रेड र हरि फूड प्रोडक्टका सञ्चालक हुन्। मीनबहादुर राप्रपाका पूर्व कैलाली जिल्ला अध्यक्षसमेत भएका थिए। उनको जन्म १९९८ चैत २९ गते भएको हो।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुरमा इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ जमरा पारीमा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्बाहीले करेन्ट लागेर एक होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको मृत्यु भएको छ। उनलाई बुधवार बिहान करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए। इन्टरनेट सेवा प्रदायक कम्पनीले तारको व्यवस्थापन नगरेको र छरपस्ट रहेका तारका कारण करेन्ट लागेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ। घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले बताएको…

Read More

कैलाली : कैलालीमा जारी नेकपा एमालेको नवौँ अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल सिंह रानाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डेलाई समर्थन गर्दै रानाले उम्मेदवारी फिर्ता लिएका हुन् । रानाले उम्मेदवारी फिर्ता लिएसँगै जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा जोशी,सचिव डेजी पाण्डे र पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना गरी  तीन जनाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममता प्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ । उपसचिवमा किशोर शाह,…

Read More

धनगढीः कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएको छ। सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठूला काठहरूसमेत कटानी गरेपछि अध्यक्ष बुधराम चौधरी पक्राउ परेका छन्। नेकपाको युवा संगठनले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो। सब डिभिजन वन कार्यालय, सुखडले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। सामुदायिक वनबाट जामुन लगातका रुखहरू कटानी गरिएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी अस्ति सरुवा भएर गणमा गए। अस्ति एसपी देवेन्द्रबहादुर पाल सरुवा भई सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीमा गएका हुन्। उनी गएकोमा त्यसको दोस्रो दिन (सोमबार) जिप्रका कैलालीको नयाँ प्रमुखका रुपमा एसपी पदमबहादुर बिष्ट आएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन्। कैलाली प्रहरीको कमाण्ड सम्हाल्दा कहिल्यै विवादमा नआएका एसपी पाल रिटायर हुने लाईनमा पनि रहेको बुझिएको छ। उनले कैलालीको प्रहरी प्रमुख भएर बसेका बेला बाहिर व्यापारी, तस्करसँग खासै हिमचिम नभएका, भेटघाट न्यून भएका एसपी पाल भनेर चिनिएका थिए। तर, सरुवा भएर गणमा जानु एक…

Read More