Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत इन्जिनियर योगेशसिंह धामीको समूहले सहलेखापाल विजयकुमार विष्टलाई धम्क्याएर मध्यराति चेक काट्न लगाएको घटना बाहिरिएसंगै वडाध्यक्षले पनि ज्यान मार्ने धम्की दिएका छन्। नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जनकसिंह डागाले पनि सहलेखापाल विष्टलाई ज्यान मार्ने धम्की दिएका हुन्।वडाध्यक्ष डागाले प्रक्रिया नपुगेको बिलमा भुक्तानी दिनका लागि दबाब दिँदै आफूलाई ज्यान मार्ने धम्की दिएको विष्टले बताए। ‘लेखा शाखामै आएर वडाध्यक्षले मलाई बिल भुक्तानी किन नगरेको भन्दै धक्कामुक्की गरे। भनेको नमान्ने भए काम गर्न नआउनू भनेका छन्। लेखामा आएर काम गरेको देखेमा तँलाई मार्छु भनेर धम्क्याएपछि म कार्यालयबाट निस्किए’, सहायक लेखापाल विष्टले भने। यहीँ माघ १० गते नमस्कार…

Read More

धनगढी : कञ्चनपुरमा नियम विपरीत चलाइएको भन्दै प्रहरीले भारतीय नम्बर प्लेटका ५८ वटा गाडी नियन्त्रणमा लिएको छ। नेपाल भारत सिमाको नेपाल तर्फको दशगजा क्षेत्रमा लामो समयदेखि भारतीय नम्वर प्लेटका सवारी साधनहरु पार्किङ गरी नेपालमा कुनै भन्सार नतिरी,सुविधा नलिएर आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएका ऐन नियम पालना नगरी यात्रु बोक्ने गाडीलाई मंगलबार नियन्त्रणमा लिइएको हो । दशगजा क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय रुपमा सर्वपक्षीय बैठक बसाली सवारी साधन पार्किङ नगर्ने निर्णय गरि सहयोगको लागि प्रहरीलाई सोमबार पत्र दिइएको थियो । सोही आधारमा सो क्षेत्रमा पार्किङ गरिएका र आसपासमा चलिरहेका ५८ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएकोमा आवश्यक प्रक्रिया र…

Read More

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो फाल्ने पक्राउ परेका छन्। न्यौपानेलाई कालो मोसो फाल्ने लम्की चुहा नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय भुवन रम्तेल पक्राउ परेका हुन्। कैलाली प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, हसुलियाको टोलीले उनलाई सुदूरपश्चिम प्रदेश ०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो। लम्की चुहा नगरपालिका वडा नम्बर ४ का न्यौपानेलाई बलियास्थित पूर्व–पश्चिम राजमार्गमा सोमवार मोटरसाइकलमा आएका चार/पाँच जना युवाहरुको समूहले कालोमोसो फालेका थिए। नगरपालिकाबाट फिर्कीने समयमा उनको मोटरसाइकल रोकेर युवाहरुले कालो मोसो फालेका हुन्।

Read More

तेज बोहरा, धनगढीः जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा दरबन्दी रहेकी एक महिला सहायक प्रहरी हवल्दार माघ १० गते महेन्द्रनगरको होटेल ओपेरा क्षेत्रमा ड्युटीमा थिइन्। साँझ साढे ७ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकल र नेपाली नम्बरको मोटरसाइकल आपसमा ठोक्किए। दुर्घटनाको कारण थियो, सडकको बीचमा रहेको बिएसी ६७२० नम्बरको गाडी बीच सडकमा पाकिङ्गमा राखिएको थियो। गाडी धनी थिए, तेजबहादुर चन्द। चन्द कञ्चनपुरका नाम चलेकै व्यापारी हुन्। ड्युटीमा रहेकी ती महिला प्रहरीले बीच सडकमा रहेको गाडी हटाउन अनुरोध गरिन्। गाडी हटाउनुको साटो उल्टै चन्दसहितका व्यापारीले उनको मजाक उडाए। त्यति मात्रै होइन, व्यापारी चन्दले ड्युटीमा रहेकी ती प्रहरीको हात समेत समाउन भ्याए। उनको हात समाउँदै…

Read More

काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन्। मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए। सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैँडा बुढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैँडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए।

Read More

धनगढी : जिल्ला अदालत डडेल्धुराको न्यायाधीशको जिम्मेवारी न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई तोकेको छ । आज बसेको न्याय परिषद्को बैठकले न्यायाधीश दयाराम ढकालको चितवन सरुवा गरेपछि बैतडी जिल्ला अदालतका न्यायाधीस क्षेत्रीलाई जिम्मेवारी दिएको हो । बैठकले उच्च अदालतका तीन र विभिन्न जिल्ला अदालतका नौ गरी १२ जना न्यायाधीशको काज सरुवा गरेको थियो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको छ । तेस्रो अधिवेशनको सातौँ बैठकमा मंगलवार सभामुख भीम भण्डारीले अनिश्चितकाल सम्मको लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक स्थगित हुनु अघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल भएको थियो ।

Read More

धनगढी : नेपाल क्रिकेट संघ क्यानले एक वर्षअघि यू–१९ क्रिकेट टिमका लागि घोषणा गरेको नगद पुरस्कार प्रदान गरेको छ । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको पुगेर घर फर्केको भोलिपल्ट खेलाडीले नगद पुरस्कार पाएका हुन् । पोहोर फागुनमा नेपाल यू–१९ विश्वकपमा छनोट भए लगत्तै सरकारले जनही ३ लाख रुपैयाँ र क्यानले जनही १ लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेका थिए । घोषणाको एक वर्षसम्म पनि नगद पुरस्कार नपाउँदा खेलाडीले आश नै मारिसकेका छन् । ‘क्यानको त आयो अब सरकारको पनि छिट्टै आए हामीलाई सहज हुने थियो’, यू–१९ क्रिकेट टिमका स्पिनर सुवास भण्डारीले बताए । उनले क्यानबाट आएको रकमले…

Read More

डडेल्धुराः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन्। मंगलबार राप्रपा जिल्ला कार्य समिति डडेल्धुराले सदरमुकामको बसपार्कमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले डडेल्धुरामा आफूले सोचेअनुसारको विकास भएको नपाएको बताएका हुन्। पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाप्रति व्यंग गर्दै अध्यक्ष लिङ्देनले डडेल्धुराको सदरमुकाम यहीँ नै हो, कि अर्को सदरमुकाम छ ?’ भन्दै प्रश्न गरे। ‘एउटा मान्छेलाई डडेल्धुराका जनताले पाँचचोटी प्रधानमन्त्री बनाउने काम गरेका छन्। त्यहाँका जनताले त्यसवाफत के पाएका छन् भनेर हेरौँ र सिकौँ भन्ने मनमा थियो र आज डडेल्धुरा आइपुगेँ,’ उनले भने, ‘डडेल्धुराको सदरमुकाम यहीँ हो कि…

Read More

काठमाडौं : नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान शुरू गरेको छ। लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले गैरकानूनीरूपमा ऋण लिएर बचत हिनामिना गरेको भन्दै पूरक जाहेरी दिएका छन्। ऋण लिएर सहकारीको रकम हिनामिना गरेको भनेर नेपालमै पहिलोपटक जाहेरी परेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले बताए। उनका अनुसार प्रहरीले अहिले उनीहरूले कसरी पैसा हिनामिना गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। प्रहरीले रविले सहकारीबाट कसरी पैसा लिएका थिए ? पैसा लिँदा धितो कति राखेका थिए ? भन्ने विषयमा अनुसन्धान थालेको छ।

Read More