Author: महेन्द्रनगर पोष्ट

सिड्नी : अस्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु भएको छ । अस्ट्रेलियास्थित भारतीय उच्चायोगले बिहीबार सो जानकारी दिएको हो । भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ, ‘अस्ट्रेलियामा हृदयविदारक घटना, भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ । पीडितका परिवारप्रति गहिरो समवेदना। हामी पीडित परिवारसँग सम्पर्कमा छौँ।”

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान सुरुभएको हो । प्रदेश सभा सदस्य ओम विक्रम भाट ‘सरल’ले पहिलो मत खसालेका छन् । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा…

Read More

एजेन्सी : युक्रेनी युद्धबन्दी बोकेको रूसी सैन्य विमान दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ। बुधबार रूस-युक्रेन सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको इलुसिन-७६ सैन्य विमान दुर्घटना भएको हो। त्यसमा ६५ जना युक्रेनी युद्धबन्दी र चालक दलका ६ सदस्य र तीन जना रूसी सैनिक सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रूस र युक्रेनबीच बन्दी आदानप्रदानको सहमति भएको केही घन्टामा उक्त घटना भएको हो। युक्रेनले एन्टीक्राफ्ट  मिशाइल आक्रमणबाट जहाज खसालेको रूसले आरोप लगाएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० सडकघाटबाट ७७० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन्। यस्तै भीमदत्त नगरपालिका-१० गडडाचौकीस्थित व्यारेलबाट ०.८३ ग्राम खैरो हेरोइनसहित भीमदत्त-३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त-१ का २८ वर्षीय प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुवै जनाहरुलाई पक्राउ गरेको हो। पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। भीमदत्त नगरपालिका-३ तिलकपुरस्थित पार्वती टमटाको दुई कोठे कच्ची घरमा बिजुलीको तार सट भएर बुधवार आगलागी भएको हो। आगलागि हुँदा घरभित्र रहेका अन्नपात, लत्ता कपडा, मोबाइल लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

धनगढीः कैलालीमा लडेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका-४ का ६० वर्षीया प्रमा डगौराको बुधवार साँझ मृत्यु भएको हो। घर नजिकै लडेर गम्भिर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिका  ८ मजगाँउमा तीन दिने माघी महोत्सव आयोजना हुने भएको छ। थारु कल्याण कारिणी सभाले माघ १२, १३ र १४ गते महोत्सव आयोजना गर्ने भएको हो । संस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृषि पर्यटनका लागि एकजुट हौ भन्ने मूल नाराका साथ तीन दिने महोत्सव सञ्चालन गरिन लागेको सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए । महोत्सवको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ।  महोत्सवमा स्थानीय भााँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ ।महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा…

Read More

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

Read More

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचन बिहीबार हुँदैछ। मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो । त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्। राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्। निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन् । कोशीमा ३६७, मधेशमा ३७४, बागमतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ ।

Read More

धनगढी : गत सोमबार (फेब्रुअरी २२) मा भारतको उत्तर प्रदेशको धार्मिक धाम अयोध्यामा नेपालका नेताहरु बोलाइए । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालदेखि काठमाडौं उपमहानगरपालिकाकी पूर्वउपमेयर हरिप्रभा खड्गीसम्मले निम्तो पाए । पूर्वआईजीपी अच्युतकृष्ण खरेलदेखि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसम्मका गैरधार्मिक वृत्तमा निम्तो आएको थियो । विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउददेखि नेपालका पशुपतिनाथदेखि बराह क्षेत्रका धार्मिक अगुवासम्मले निम्तो पाउँदा थोरैमात्र गैरधार्मिक क्षेत्रकाले निम्तो पाए । निम्तो पाउनेहरुको सूचीमा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राण देउवा अटेनन् । भारतीय संस्थापनसँग नजिक हुने प्रयासमा देखिने कदम चालेका निधि र आरजुलाई निम्तो नआउनु संयोगमात्र नभएको जानकारहरु बताउँछन् । अयोध्या…

Read More