Author: महेन्द्रनगर पोष्ट

काठमाडौं  : सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बसेको बैठक भोलि पुन: बस्ने गरी सकिएको छ। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेत सहभागी थिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ। उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने…

Read More

काठमाडौं: भक्तपुरमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन्। भक्तपुरको सिपाडोलस्थित घरमा प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय मृत फेला परेका हुन्। भक्तपुरका एसपी वेद विष्टले प्रहरी प्रधान कार्यालयमा कार्यरत ४४ वर्षीय सई उपाध्याय आफ्नै घरको तेस्रो तलामा कोठा भित्र मृत अवस्थामा भेटिएको जानकारी दिए। घटनाको जानकारी लगत्तै तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए।

Read More

कैलाली : कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ। अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको  केन्द्रका रूपमा विकसित हुँदै गएको छ। टीकापुरमा केराखेतीको शुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको स्थानीय बुढापाका बताउँछन्। त्यसलाई व्यावसायिकरूपमा २०४० सालदेखि कालु हमालले निरन्तरता दिए। उनले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केराबाट व्यवसाय शुरु गरेको व्यवसायी हमाल बताउँछन्। केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केराखेती गरेका छन्। ‘व्यवसायको शुरुआत १० बोट केराबाट भएको हो । त्यसपछि त्यसलाई विस्तार गर्दै लगियो। बीचको समयमा अन्य व्यवसाय गरेँ। त्यसबाट सोचेजस्तो लाभ लिन नसकेपछि त्यो छाडेँ। अन्तिममा केरालाई…

Read More

मुगु : मुगुमा अनमिमाथि जातीय विभेद गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पीडितले ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनालाई नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।  उनका अनुसार जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी रहेको उनले बताए। सोही कारण अहिल्यै पक्रउ परिसकेका २ जनाको नाम भन्न पनि उनले मानेनन्।

Read More

कैलाली : नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन्। आज कैलालीको धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा भएको सहमति अनुसार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने उल्लेख गरेका हुन्। उनले नेपाल, पुष्पकमल दाहाल ´प्रचण्ड`, र शेरबहादुर देउवाबीच पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नु पर्नेमा जोड दिए। ‘प्रचण्ड, माधव कुमार नेपाल र शेरबहादुर देउवा बिच सहमतिको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको सुनेका छौँ’ उनले भने ‘माधव नेपाललाई पनि आश्वासन दिइएको थियो भने बन्न दिनु पर्छ शेरबहादुर देउवा पनि बन्नु पर्छ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै…

Read More

अछाम: अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ। जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले अदुवाको उत्पादन गरेका हुन्। चार पालिकाका करिब एक हजार दुई सयभन्दा बढी कृषकले यस वर्ष प्रतिव्यक्ति १५० किलोग्रामभन्दा बढी अदुवा उत्पादन गरेका छन्। चार वटै पालिकामा कृषक समूह बनाएर अदुवा खेती भइरहेको छ। पञ्चदेवल विनायक नगरपालिका–१ की अदुवा उत्पादक कृषक नामसरा देवकोटाले आफ्नो समूहका २२ जना महिलाले अदुवा उत्पादन गरेको बताए। उनकाअनुसार समूहका कृषकले साढे तीन मेट्रिक टन बराबरको अदुवा उत्पादन गरेका छन्। चार वटै पालिकामा ५४ वटा कृषक समूहले अदुवा उत्पादन गरेका हुन। कृषकले उत्पादन गरेको…

Read More

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौँ : शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो। न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ। इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ। विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ।

Read More

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो। काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ। लामिछानेविरुद्ध २०७९ साल कात्तिक १४ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो।

Read More

काठमाडौं : विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि आज सैद्धान्तिक छलफल हुँदैछ। जसका लागि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ। यस्तै प्रतिनिधि सभाकै कानून, न्याय तथा मानव अधिकार समितिमा आज केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तुतकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ।

Read More