Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै…

Read More

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका ८ रातो गुराँस रिर्सोट नजिक अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार तुफानडाँडाबाट पोखरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ह ६०६४ नम्बरको अटो तिव्र गतिका कारण अनियन्त्रित भई सडक किनारामा पल्टीएको डडेल्धुरा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । अटोमा सवार एक जना प्रहरी जवान सहित छ जना घाइते भएको प्रहरी जनाएको छ । घाइते भएकाहरूमध्ये दुई जनाको अवस्था मध्यम रहेको र अन्य सामान्यको अवस्था रहेको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा दुना टपरी बनाउने सीप विकास तालिम सुरु भएको छ। आज (आइतबार) देखि वडा नम्बर ५ मा दुना टपरी बनाउने सीप विकास तालिम सुरु भएको हो। वडा कार्यालयको साझेदारी र घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा ७ दिने तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। वडाध्यक्ष राजबहादुर पालका अनुसार, तालिममा ६ जना पुरुष र १२ जना महिला गरि १८ जना सहभागी भएका छन्। प्रत्येक टोलबाट समेटिने गरी विपन्न, गरीब, दलित र सीप सिक्न चाहना भएका इच्छुक व्यक्तिलाई समावेश गरिएको उनले जानकारी दिए। गाउँघरम पाइने कच्चा पर्दाथबाट सामग्रीबाट उत्पादन गरी व्यवसाय तथा रोजगारी सिर्जना…

Read More

धनगढी : धनगढीमा लागुऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरा रहेका छन्। बोहरालाई धनढीको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूह(आरआइटी) को टोलीले लागुऔषध चरेशसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोहराले सुपप्र ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेशसहित पक्राउ परेका हुन्। बोहरालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

Read More

बैतडी: बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका-२ शर्मालीकी ३८ वर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार घरबाट धनकोट भन्ने स्थानमा जाँदै गरेकी महता एक्कासी लडेर घाइते भएकी थिइन् उनको टाउकोमा चोट लागेको थियो। स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुर्याइएको थियो। महताको शनिबार राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

Read More

बाजुरा : बाजुराकी एक सुत्केरी आमाको सुर्खेतमा मृत्यु भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका-२ कि २८ वर्षीय सुकिली सार्कीको मृत्यु भएको हो। उनको शनिवार नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल उद्धार गरिएको थियो। शनिवार सुकिली सार्कीको पेटबाट अप्रेसन मार्फत मरेको बच्चा निकालेको थियो। उपचारको क्रममा आइतवार बिहान ५ बजेतिर उनको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष गौरी सार्कीले बताए। उनलाई सुत्केरी व्यथा लाग्ने बितिकै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। त्यहाँ उपचार सम्भव नहुने भन्दै रिफर गरिएको थियो। सुकिलीलाइ राष्ट्रपति उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियो। मृतक सुकिलीलाई गाउँपालिकाले गाडीको व्यवस्थापन गरेर घर ल्याउन…

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो आरामपछि चितवन जाने कार्यक्रम बनाइएको छ। तराईका विभिन्न जिल्लाको भ्रमणपछि उहाँ गत साता पूर्वरानी कोमलसहित परिवारका अन्य सदस्यसहित राजधानी फर्किएका छन्। शाह आगामी साता चितवन जाने बताइएको छ। शाहको सचिवालयले आगामी साता पूर्व राजदम्पतीले चितवन भ्रमण गर्ने जानकारी दिएको छ। सम्वाद सचिव फणिन्द्र पाठकले आज एक सूचनामा उक्त भ्रमणबारे उल्लेख गरेका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन्। आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो। पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए। उनले करकापमा पारेर तेरो आमालाई एसिड छ्यापेर कुरुप बनाइदिन्छु भन्दै धम्की दिएर करणी गरेको जाहेरीमा उल्लेख छ। अर्को दिन बेलुकी पनि बन्दुकको गोली देखाएर पुनः जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ। जाहेरीका आधारमा पक्राउ गरेर…

Read More

डडेल्धुरा : डडेल्धुरामा एकजना मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका- १ भात्काँडा बजार डेरा गरी बस्ने ६५ वर्षीय पुरुष मृत फेला परेका हुन्। राई थर भएका र इलाम घर बताउने ६५ वर्षीय पुरुष भात्काँडास्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मोहनाको राजघाटमा अवैध उत्खनन अझै रोकिएको छैन्। नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा नदीजन्य उत्खनन तथा संकलन अझै नरोकिएको हो। यो कृष्णपुर नगरको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सीमाना क्षेत्र पनि हो। ४ करोड बढीमा ठेक्का पाएको काठमाडौंको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले मोहनासहितका स्थानमा धमाधम काम थालेको छ। ज्ञानलाल श्रेष्ठको सो कम्पनीले स्थानीय युवाहरुको समूह समेत प्रयोग गरेर राजघाटमा मनपरी रोयल्टी उठाइरहेको हो। पुल क्षेत्र र तटबन्धबाट कम्तिमा ५ सय मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा मात्र उत्खनन गर्न पाइने भएपनी सो कन्स्ट्रक्सनले पुल र तटबन्ध नजिकैबाट मापदण्डविपरीत काम गरिरहेको हो।…

Read More