Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आज राति आकाशमा ‘भूतप’ उल्का वर्षा हुने भएको छ।  सन् २०२४ कै पहिलो उल्का वर्षा बिहीबारदेखि शुक्रबार सूर्योदय हुनुअघिसम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। बिहीबार दिउँसोदेखि नै उल्का वर्षा सक्रिय हुने भएपछि राति साढे ११ बजेदेखि शुक्रबार बिहान सूर्योदयअघिसम्म हेर्न सकिने उनले बताए। भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्याेदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ ।

Read More

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै नौ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण मागिएकाहरुमा काठमाण्डौको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सुर्खेतको न्यु भेरी इञ्जिनियरिङ वर्कसप, भारत नयाँदिल्लीको आराभाली इन्फ्रापावर, काठमाण्डौको प्रनिश इन्टरनेशनल प्रालि, काठमाण्डौकै कोशी निर्माण सेवा, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, उदयपुरको मामा भान्जा निर्माण सेवा, काठमाण्डौको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि र पाँचखाल कन्ट्रक्सन प्रालि रहेका छन्। विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि शुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा त्यसको समयअवधि पूरा गरेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। आज नेपाल अवतरण भएसँग राष्ट्रपति निवास शीतल निवासमा उनले पौडेलसँग भेट गरेका हुन्। परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

Read More

काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बिहीबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेकाे छ। महासङ्घका अनुसार बुधबार छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि ताेलामा ३० रुपैयाँले घटेर तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा एक युवती बेपत्ता भएकी छन्। जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडा नोलाका भानसिंह भण्डारीको नातिनी २० वर्षीया सीता भण्डारी घरबाटै बेपत्ता भएकी हुन्। उनी सुस्तमनस्थिति, एकोहोरो हेर्ने, गहुँगोरो वर्ण, आफ्नो नाम सीताकुमारी भण्डारी र दाईको नाम कल्यान भण्डारी सजिलै भन्न सक्ने रहेको दाइ हरिष भण्डारीले बताए। यहीँ पुस १६ गते बेलुकी ५ बजेदेखि अहिलेसम्म बेपत्ता भएकोले फेला पार्न वा देख्नु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा 9848806065, 9848718644, 9848873873 र 9848904995 मोबाइल नम्बरमा सम्पर्क गरिदिनुहुन आफ्न्तले आग्रह गरेका छन्।

Read More

डडेल्धुरा : डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय असोक स्वार रहेका छन्। अमरगढी नगरपालिका–१ स्याउलेबाट लागुऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित उनीहरुलाई बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ। बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए। डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो। सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो। त्यही बेला प्रहरीको आँखा छलेर फरार भएका उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए।

Read More

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प मापन भएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो। उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।

Read More

धनगढी : धनगढीमा लागुऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन् । बुधवार त्रिनगर प्रहरी चौकीको टोलीले २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्टलाई पक्राउ गरेको हो । प्रहरीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूमध्ये रिया बिष्टको साथबाट खैरो हिरोइन फेला परेको हो । बिष्टको साथबाट दुई सय ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । दुवैजनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

Read More

काठमाडौं : भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका लागि परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा उनी काठमाडौं आएका हुन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बिहान ११ बजे शीतलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुने तालिका छ । दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४…

Read More