Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान भएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् । मियाँले पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाको पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेका छन् ।

Read More

धनगढी: धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीका शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने फुलबारीका हर्क गिरीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार गिरीले कोही नभएको मौका छोपेर २३ गते बिहान ११ बजेतिर ओझाको उत्तरबेहडीस्थित घरको ढोका फुटाएर १५ तोला सुनका गरगहना, कम्तीमा ६० तोला चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए। ओझाले घरमा चोरी भएको प्रहरीलाई खबर गरेपछि बुधबार र बिहीबार उनको खोजी गरिएको थियो। प्रहरीले बिहीबार (हिजो) राति करीब १२ बजेको समयमा एलएनचोकस्थित अमित प्लाजा नजिकै…

Read More

धनगढी : काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौँ फर्किएको छ । बिहीबार साँझ ५:३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौँ फकिएको हो । नेपालगन्ज क्षेत्र आसपासमा ठुलो हावाहुरी चलेर मौसम एकाएक खराब भएको थियो । मौसम खराब हुँदा धनगढीसम्म आउन समस्या हुने भएपछि जहाज काठमाडौँ फर्किएको बुद्ध एयरका धनगढी इन्चार्ज बुधराम माझीले जनकारी दिए । काठमाडौँबाट उडेको जहाज करिब १ घण्टापछि पुन काठमाडौँ नै फकिएको हो ।

Read More

धनगढी : कञ्चनपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सदस्य अभिनास कुवँरलाई पक्राउ गरिएको भन्दै लेखकको पुत्ला दहन गरिएको हो । साउन २३ गतेका दिन पार्टीको पत्रकार सम्मेलन सकेर निवास फर्किने क्रममा गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीबाट सादा पोशाकमा रहेका आफुलाई प्रहरीले कुवँरलाई पक्राउ गरेका थिए । सोही घटनाको विरोधमा गृहमन्त्री लेखकको पुत्ला दहन गरिएको हो । उनीहरुले झुट्टा मुद्दा खारेज गर, नालायक प्रहरी प्रशासन मुर्दावाद, भ्रष्टाचारीहरुको संरक्षक गृहमन्त्री रमेश लेखक राजिनामा दे लगाएतका नाराहरु समेत लगाएका थिए ।

Read More

काठमाडौं : नेकपा एमालेको अनुशासन आयोगले पार्टीका केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न सिफारिस गरेको छ । स्थलगत अध्ययन सहितको छानबिनपछि आयोगले महर र शाहलाई कारबाही सिफारिस गरेको हो । ‘आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययन, पीडित र अरु व्यक्तिहरुसँग कुरा गर्दा उहाँहरु दुवै जना पदमा बस्न योग्य देखिनुभएन’, आयोगका एक सदस्यले भने । उनका अनुसार, छानबिन प्रतिवेदन तयार भएपछि आयोगको बैठक बसेर कारबाही गर्न पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ । ‘पार्टी केन्द्रीय कमिटीले के गर्छ, थाहा भएन । तर उहाँहरुले गरेको काम अनुशासन बाहिरको कुरा हो’, ती सदस्यले भने । कर्णाली प्रदेश अध्यक्ष…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलको इन्सपेक्टर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । नतिजामा आरक्षण कोटातर्फ माग भन्दा कम उत्तीर्ण भएका छन् । महिला, आदिवासी/जनजाती, दलित र अमर तथा अशक्त प्रहरीका सन्तानको आरक्षणमा तोकिएको कोटाभन्दा कम उत्तीर्ण भएका छन् । कुल ९९ पदका लागि भएको विज्ञापनमा महिलाका लागि आठ वटा कोटा छुट्याइएको थियो । जसमा चार जना मात्र परीक्षामा सफल भएका छन्। आदिवासी/ जनजातीतर्फ १३ जनाको मागमा ९ जना, मधेसीतर्फ ११ मा ४, दलिततर्फ ७ मा ३ र अमर तथा अशक्त प्रहरीको सन्तानको कोटातर्फ चार सिट रहेकोमा एक जनामा पनि उत्तीर्ण भएनन्। यसरी आरक्षणको कोटातर्फ अनुत्तिर्ण कोटालाई खुलातर्फ जोडेर…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले राजश्व संकलनका लागि ल्याएको अध्यादेश पारित गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्न सो अध्यादेश पारित गरेको हो। आर्थिक मामिला मन्त्रालयको तर्फबाट अर्थमन्त्री बहादुरसिंह थापाले राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयीक कर अध्यादेश २०८१ बुधबार पेश गरेका थिए । मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेको छ । प्रदेश प्रमुख मियाँले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपछि रोकिएको राजश्व संकलनको बाटो खुल्नेछ ।सुदूरपश्चिम प्रदेशमा तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेट शून्यताको अवस्था ठप्प रहेको छ ।सरकारले…

Read More

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना भएको छ।बिहीबार दिउँसो डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको हो। सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एकजना गम्भीर अवस्थामा रहेका छन् भने तीन जनाको अवस्था सामान्य रहेको छ। घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले जोशीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवा गरेको थियो । उनको पोष्टिङ् प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा छ । जोशी आईजीपी वसन्त बहादुर कुवँरकै ब्याची हुन् ।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिका-१० का पदम थापा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। साउन ९ गते राति गोदावरी नगरपालिका-३ की १७ वर्षीया किशोरी लक्ष्मी (नाम परिवर्तन) लाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा थापा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले साउन १५ गते थापालाई घरबाटै पक्राउ गरिएको जानकारी दिए। थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेका थिए। परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाए। लक्ष्मीलाई बाइकमा राखेर राति झण्डै १ः३० बजे गोदावरी नगरपालिका-१० को मालाखेती जंगलमा पुर्‍याए। थापाले सोही स्थानमा आफ्ना चार जना अन्य साथिहरुलाई…

Read More