Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ । सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागले जनाएको छ ।विभागका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालहरूमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरेको पाइएको छ । दर्ता भएका केही औषधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरू बाहिर रहेको…

Read More

काठमाडौँ : सभामुख देवराज घिमिरेले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधअन्तरगत भौतिक क्षति नगरी अनेरास्ववियुले आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्। बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने गरी बाहिर आएको बताए । सभामुख घिमिरेले संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए। उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए। अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ।

Read More

काठमाडौँ : राष्ट्रिय सूचना आयोगले सर्वसाधारण नागरिकले सूचना माग गर्दा सूचना उपलब्ध नगराउने ४ वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । वार्षिक प्रतिवेदनमा बारेमा जानकारी दिन बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगकी प्रवक्ता एवं सूचना आयुक्त कमला ओली थापाले सो जानकारी दिएकी हुन् । सूचनाको हकसम्बन्धी ऐन बमोजिम सजाय गरिएको र विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको आयोगकी प्रवक्ता थापाले बताईन् । त्यस्तै, विभिन्न मन्त्रालय तथा विभागको अनुगमन गर्दा १० वटा सार्वजनिक निकायले सूचना अधिकारीको विवरण सार्वजनिक गरेको नपाइएकोले सार्वजनिक गर्न आदेश दिएको प्रवक्ता थापाले जानकारी दिइन् । आयोगले बिहीबार नै वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जनाएको…

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी र बेलौरीबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो बेलडाँडी गाउँपालिका–४ बैवाह कालिपुलियाबाट १ दशमलव ९३० ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका–२ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका–५ बस्ने १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाँटा नगरपालिका–११ बस्ने २३ वर्षीय अर्जुन रावत रहेका छन्। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यसैगरी, बुधबार साँझ कञ्चनपुरकै बेलौरी नगरपालिका–७ पौलाहबाट ७७ मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कृष्णपुर…

Read More

कञ्चनपुर: कञ्चनपुरमा भारतबाट ल्याएइएको अवैध माछा बरामद गरिएको छ। बिहिवार ईलाका प्रहरी कार्यालय बाट खटिएको टोलिले बेलौरी नगरपालिका– ५ रामनगरमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको करिब ४५ हजार रुपैँया बराबरको १५० केजी माछा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। बरामद गरेका माछा पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघका प्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएकोे छ।

Read More

अछाम : अछाम र सुर्खेतको सिमानामा पर्ने जङ्गलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ। बुधबार अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबिच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताएका छन्। जङ्गलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उनले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताएका छन्। अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जङ्गलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको…

Read More

काठमाडौं: संघीय संसद सचिवालयका एक उपसचिवले आफ्नै महिला सहकर्मीलाई झापड हानेका छन्। उपसचिव रामप्रसाद गैरेले आफ्नो नाम छुटेको विषयलाई लिएर शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेका हुन्। उक्त घटना मंगलबार भएको हो। मंगलबार बिहान करिब पौने ११ बजेतिर उपसचिव गैरेले विवरण शाखाभित्र छिरेर ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेको एक अधिकारीले बताए आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्। यस विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेका छन्। घटनापछि स्वास्थ्य परीक्षण गर्दा तण्डुकारमाथि हातपात भएको देखिएको स्रोतले जानकारी दिएको छ ।

Read More

काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन्।  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महा सचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो। उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरे।

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका एक जना छुटेका हुन्। रिहा हुनेमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी रहेको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए। उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो। धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन्। उनलाई अदालतले १५ लाख…

Read More

धनगढी : कैलालीको धनगढीमा अवैध समान बरामद गरिएको छ। बुधबार धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्रबाट स्कारपियोसहित २३ लाख बराबरको अबैध समान बरामद गरेको हो। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधवार भारतबाट भन्सार छली गरी ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको स्कारपियोमा अवैध सामान भेटिएको हो। स्कारपियोसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More