Author: महेन्द्रनगर पोष्ट

बैतडी: भारतमा कोरोनाको नयाँ भेरियन्ट भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका उच्च सतर्कता अपनाइएको छ। सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतबाट फर्कने लक्षण देखिएका नागरिकको एन्टीजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको उनले बताए। रुघाखोकी लागेका तथा अन्य लक्षण देखिएकाहरुको नियमित रुपमा कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।

Read More

काठमाडौं : प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए। सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन्। प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

Read More

जनकपुरधाम : आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पक्राउ परेका छन्। उनलाई जनकपुरधामको सीताचोकस्थित सगुन  होटेलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। उनलाई आवश्यक प्रक्रिया पुर्‍याएर कारागार चलान गरिने धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताए। गत मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो। यसअघि १८ असोजमा उच्च अदालत जनकपुरले उनीसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो। जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।…

Read More

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ। थुनुवाहरुका लागि इलाका प्रहरी कार्यालयले हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो। थुनुवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको मालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गणेश बरालले बताए। पुस्तक पढेर थुनुवाहरुको सोंच, आचरण, व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ। पुस्तकालयमा नेपालका विभिन्न लेखकद्वारा लिखित पुस्तकदेखि लिएर धार्मिक ग्रन्थ, लोकसेवा तयारीको पुस्तकसमेत राखिएको छ।

Read More

काठमाडौं : ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट सगुन लिएका छन्। अध्यक्ष ओली भेट्न बालकाेट पुगेका उनले ओलीको हातबाट सगुन लिएका हुन्। मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा मुद्दा चल्दै गर्दा महोत्तरी–१ बाट निर्वाचित कोइरीको सांसद पद निलम्बन गरिएको थियो। मंसिर २८ गते सर्वोच्चले उनलाई सफाइ दिएको थियो।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसले राष्ट्रिय एकतालाई अझै सुदृढ तुल्याउन सहयोग पुग्ने बताएका छन्। क्रिसमसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन्। राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताए। विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनले बताएका छन्।

Read More

काठमाडौं: सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्। रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए। बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन्। बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलमा जाँदै छन्। अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के.सी. नेतृत्वको टिम परिचालन गरिएको छ।

Read More

काठमाडौं : नेपाल सुपर लिगको प्लेअफ अन्तर्गत आज पोखरा थन्डर्स र धनगढी एफसीले प्रतिस्पर्धा गर्दैछन्। यसअघि पोखरा र धनगढी दुईपटक भिडेका छन्। गत सिजन पोखरामाथि जित निकालेको धनगढीले यस संस्करणमा भने पोखरासँग बराबरी खेलेको थियो। धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा दोस्रो पटक पुगेको हो। धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिगको प्लेअफ हुँदै फाइनलमा पुगेको थियो। फाइनलमा काठमाडौं रेजर्ससँग पराजित भएको धनगढी, यस संस्करणको उपाधि जित्ने लक्ष्यमा रहेको छ। यता, पोखरा थन्डर्स पहिलोपटक नेपाल सुपर लिगको प्लेअफमा पुगेको हो। पोखरा थन्डर्स गत सिजन बुटबल लुम्बिनी एफसीसँग गोल अन्तरमा पछि पर्दा प्लेअफको समिकरणबाट बाहिरिएको थियो। यद्यपि, यस सिजनमा पोखरा थन्डर्सले धनगढी…

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका व्यवस्थित बनिरहेको छ । सडक विस्तारसँगै भित्री मधेसको सदरमुकाम समेत रहेको पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारलाई सौन्दर्य र व्यवस्थापन गरी व्यवस्थित सहर बनाउन लागिएको हो । व्यवस्थित परशुराम अभियानका साथ लालढुङ्गा बजार विस्तार तथा सौन्दर्यकरण गर्न थालिएपछि भित्रीमधेस क्षेत्रको आकर्षण र महत्व रहेको नगरपालिका व्यवस्थित सहर बनिरहेको हो । परशुराम नगरपालिका व्यवस्थित तथा सुन्दर बनाउने अभियानअन्तर्गत सडक विस्तार र कालोपत्र, ढल निकास, सडक सञ्जालीकरण, सिसी क्यामेरा जडान, पैदलमार्ग निर्माण, सडकबत्ती जडानलगायत सहर सौन्दर्यकरण गर्न थालिएको परशुरामका नगरप्रमुख भरत जोशीले जानकारी दिए । डडेल्धुरा जिल्लाको भित्रीमधेसमा रहेको जिल्लाकै ठूलो नगरपालिका परशुरामले व्यवस्थित तथा सुन्दर पालिका बनाउने अभियानअन्तर्गत…

Read More