Author: महेन्द्रनगर पोष्ट

सुर्खेत: सुर्खेतस्थित सिम्ता गाउँपालिकाका कांग्रेस सभापति वीरेन्द्र रावतलाई बलात्कार आरोप लागेको छ । ५५ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन् । तर १५ दिन भइसक्दा पनि आरोपी पक्राउ नपरेको पीडितले गुनासो गरेको छ । यसअघि उनले ईलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उजुरी दर्ता भएको भन्दै अनुसन्धानकै क्रममा रहेको जनाएको छ । प्रमाण जुटाएर अदालत पठाउने तयारी भएको प्रहरी प्रवक्ता एवम डिएसपी लक्ष्मणबहादुर शाहीले बताए ।

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले गाडीमा मदिराको विज्ञापन गरी ब्रिकी वितरण गरेको भन्दै जरिवाना तिराएको छ । नगरप्रहरीले पि एण्ड ई मार्केटिङ प्रालिलाई ५१ हजार जरिवाना तिराएको हो । गाडीमा मदिराजन्य विज्ञापन राखी दृश्य प्रदुषण गरेबापत जरिवाना तिराएको नगरप्रहरीले जनाएको छ । उक्त गाडीले मदिराको विज्ञापन गर्नुको साथै मदिरा ब्रिकी गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला : जिल्ला अस्पताल दार्चुलाले पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले डा. प्रह्लाद थापालाई पहिलो हाडजोर्नी विशेषज्ञका रूपमा पाएको हो ।  प्रदेश सरकारको अनुदानमा जिल्ला अस्पताल दार्चुलाले करारमा नियुक्ति गरेका हाडजोर्नी विशेषज्ञ डा. थापालाई मङ्गलवार एक कार्यक्रमका बीच स्वागत गरेको छ । स्वागत कार्यक्रममा डा. थापाले आफूमा भएको ज्ञान, सीप, र क्षमतालाई भरपूर प्रयोग गरी जनसेवामा खटिने प्रतिबद्धता गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकराज जोशीले अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापन गरी छिट्टै सेवा प्रवाह गरिने बताए । लामो समयको सङ्घर्षपछि हाडजोर्नी विशेषज्ञ डाक्टर ल्याउन सफल भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख एवम् निमित्त मेसु संजिव श्रेष्ठले बताए…

Read More

डडेल्धुरा : महाकाली करिडोर भएर डडेल्धुरादेखि कञ्चनपुरसम्म आवतजावत गर्न सकिने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ट्याक खोल्ने काम सम्पन्न भएसंगै करिडोरको डडेल्धुरा–कञ्चनपुर खण्डमा मोटर चलेको हो । करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको करालीसम्म १५ किलोमिटर ट्याक खोल्ने जिम्मा दिवा/शनिदेव जेभीले पाएको थियो ।  ०७८ असार २८ गते ठेक्का सम्झौता भएकोमा सोमबार ट्याक खोल्ने काम सम्पन्न भएपछि मोटर चलेको हो । महाकाली करिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीले १५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएसंगै अब ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ३८ किलोमिटर सडकमा मोटर चलेको जानकारी दिए । उनका अनुसार महाकाली करिडोरअन्तर्गत डडेल्धुरामा मात्रै अझै ३१ किलोमिटर ट्याक खोल्न बाँकी छ । ‘भागेश्वर गाउँपालिका…

Read More

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको  पाइएपछि पुलको डिजाइन नै फेरिएको छ । “पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने । विसं २०७८ साउनमा…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने…

Read More

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बहुलियामा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बहुलियामा मङ्गलवार अटो र मोटरसाइकल आपसमा ठोकिएका हुन्। प्रहरीका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ९ का सञ्जु चौधरीले चलाएको से २ प २५७१ नम्बरको मोटरसाइकल र धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अमर विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १८३१ नम्बरको अटो ठोकिएका हुन्। दुर्घटनामा ६९ वर्षीया कल्पन्ना परियार घाइते भएकी छन्। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भईरहेको छ ।

Read More

भक्तपुर : नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा उनले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताए । पूर्व मन्त्री पाण्डेले भने, “डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम रु. ६ अर्ब मात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले रु. छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ ।” फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानी काठमाडौँ बासीलाई…

Read More

महेन्द्रनगर : मानव बेचबिखन तथा ओसार पसारका बिरुद्धमा काम गर्दै आएको एक संस्थालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गर्न निर्देशन गरेको छ । कञ्चनपुरको गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेर महिला तथा बालबालिकाको हकहित एवं मानव बेचबिखन तथा ओसार पसारको बिरुद्धमा काम गर्दै आएको थ्री एन्जल नेपाल नामक संस्थालाई मापदण्ड अनुसार नरहेको भन्दै जिल्ला पशासन कार्यालय कञ्चनपुरले तत्काल बन्द गर्न निर्देशन गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको नेतृत्वमा एसपी कमल थापा सहितको टोलीले अनुगमन गर्दा थ्री एन्जल नेपाल, गड्डाचौकीको आश्रयस्थल मापदण्ड अनुरुप नरहेको हुँदा प्रशासनले तत्काल बन्द गर्न निर्देशन गरेको हो । मापदण्ड पुर्याएर अर्को आश्रयस्थल बनाएमा…

Read More