Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ४ लिटिल बुद्ध स्कुल नजिकबाट शून्य दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोईनसहित भीमदत्त नगरपालिका ३ बस्ने ३१ वर्षीय संजय थापासहितका तीन जनालाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले प्रयोग गरेको नेपाली नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश ०२००४ प १८५५ र भारतीय नम्बर प्लेट यू के ओ ३ बी १८१३ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ। तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी : कैलालीको अत्तरियामा अवैध मदिरा नष्ट गरिएको छ। गोदावरी नगरपालिका–१ बाट बरामद गरिएको दुई हजार लिटर अवैध मदिरा नष्ट गरिएको हो। मालाखेती प्रहरीे, वडाका प्रतिनिधी, उद्योग वाणिज्य संघका प्रतिनिधीले बजार अनुगमनका क्रममा तीन घरबाट सो परिणाममा घरेलु मदिरा(कच्ची) र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो । गोदावरी नगरपालिका–१ की ३४ वर्षीया पबित्रा गुरूङ्ग, ३९ वर्षीया तारा थापा र ४१ वर्षीय तिलक गुरूङ्गको घरबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने भाँडा कुडा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । सोहि वडाका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी र मालाखेती प्रहरीको रोहबरमा मदिरा नष्ट गरिएको…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली  रहेको छ।  आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।  कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस  प्रदेशका उच्च…

Read More

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् । घानाको आक्रामक भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी पूरा गर्ने क्रममा रहेकोसमेत बताए । उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकामा समेत धन्यवाद दिए । उनले संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएकोसमेत बताए । यसले शान्ति सैनिकको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ । “हामीले हाम्रा…

Read More

धनगढी : दलित संघ संस्थाहरुको साझा छाता संगठन दलित गैरसरकारी संस्था महासंघ(डि.एन.एफ.)नेपालको तेश्रो अधिबेशन धनगढीमा सम्पन्न भएको छ । अधिवबेशनको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एंव दलित गैरसरकारी संस्था महासंघ नेपालका राष्टिय अध्यक्ष जेबी विश्वकर्मा ले उद्धघाटन गरे । अधिवशेनलाई संबोधन गर्नुहुदै राष्टिय अध्यक्ष विश्वकर्माले देश लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि अझै पनि दलित समुदायको हक अधिकार सुनिश्चित हुन नसकेको बताए । उनले दलित अधिकार सुनिश्चितताका लागि बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष गजाधार सुनारले दलित सशक्तिकरण ऐन कार्यान्वयन प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताए । तेश्रो अधिबेशनले महासंघको प्रदेश अध्यक्षमा प्रेम बिसी…

Read More

काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार भेट गरेकी छन् । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । यस किसिमको भेटघाटले दुई देशबिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको सेनाको भनाई छ । भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनको पनि उपस्थिति थियो ।

Read More

मोरङ : विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको ‘स्काइ ट्रक’ मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर ल्याईएएको छ । मोरङ प्रहरी प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका- ७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान,५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौं ल्याईएको हो । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ । आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको हो…

Read More

काठमाडौँ : प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ । बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो । एनसेलको शङ्कास्पद शेयर खरिद-बिक्रीबारे चर्चा र बहस भइरहेका बेला सत्तारुढ तीन दलका नेताहरूबिच भेटवार्ता र छलफल भएको हो । नेताहरूबिच एनसेल खरिद विक्री प्रकरण बारे कुराकानी भएको बुझिएको छ । तीन नेताबिच छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । मङ्गलवार साँझ पनि गठबन्धन दलका नेताहरूबिच भएको छलफलमा उक्त कारोबार शङ्कास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो । तर सरकारले…

Read More

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध रिट दायर भएको छ । एनसेलको ८० प्रतिशत शेयर बिक्री अवैध भएको भन्दै अन्तरिम आदेशबाट बदर गर्न माग गर्दै बाजुराका गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट हालेका हुन् । पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ बिलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी भएको बिक्री शङ्कास्पद भएको भन्दै अनुसन्धानका लागि पनि आदेश माग गरिएको छ । यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊँ आदेश जारी गरेको थियो ।

Read More

काठमाडौंः अहिले एमालेका नेता तथा केन्द्रीय सदस्य ऐन महर जोडिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रश्मिला धामी भनिएकी महिला र महरको बीचमा भएको भनिएको उक्त अन्तरंग सम्वाद सामाजिक सञ्जालमार्फत बाहिर आएको हो । आफूसँग सबन्धमा रहेको भनिएकी ती महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न अनुरोध गरेका छन् । महिलाले दुई जनाको बीचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् । बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका महरले…

Read More