Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्। रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए। बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन्। बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलमा जाँदै छन्। अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के.सी. नेतृत्वको टिम परिचालन गरिएको छ।

Read More

काठमाडौं : नेपाल सुपर लिगको प्लेअफ अन्तर्गत आज पोखरा थन्डर्स र धनगढी एफसीले प्रतिस्पर्धा गर्दैछन्। यसअघि पोखरा र धनगढी दुईपटक भिडेका छन्। गत सिजन पोखरामाथि जित निकालेको धनगढीले यस संस्करणमा भने पोखरासँग बराबरी खेलेको थियो। धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा दोस्रो पटक पुगेको हो। धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिगको प्लेअफ हुँदै फाइनलमा पुगेको थियो। फाइनलमा काठमाडौं रेजर्ससँग पराजित भएको धनगढी, यस संस्करणको उपाधि जित्ने लक्ष्यमा रहेको छ। यता, पोखरा थन्डर्स पहिलोपटक नेपाल सुपर लिगको प्लेअफमा पुगेको हो। पोखरा थन्डर्स गत सिजन बुटबल लुम्बिनी एफसीसँग गोल अन्तरमा पछि पर्दा प्लेअफको समिकरणबाट बाहिरिएको थियो। यद्यपि, यस सिजनमा पोखरा थन्डर्सले धनगढी…

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका व्यवस्थित बनिरहेको छ । सडक विस्तारसँगै भित्री मधेसको सदरमुकाम समेत रहेको पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारलाई सौन्दर्य र व्यवस्थापन गरी व्यवस्थित सहर बनाउन लागिएको हो । व्यवस्थित परशुराम अभियानका साथ लालढुङ्गा बजार विस्तार तथा सौन्दर्यकरण गर्न थालिएपछि भित्रीमधेस क्षेत्रको आकर्षण र महत्व रहेको नगरपालिका व्यवस्थित सहर बनिरहेको हो । परशुराम नगरपालिका व्यवस्थित तथा सुन्दर बनाउने अभियानअन्तर्गत सडक विस्तार र कालोपत्र, ढल निकास, सडक सञ्जालीकरण, सिसी क्यामेरा जडान, पैदलमार्ग निर्माण, सडकबत्ती जडानलगायत सहर सौन्दर्यकरण गर्न थालिएको परशुरामका नगरप्रमुख भरत जोशीले जानकारी दिए । डडेल्धुरा जिल्लाको भित्रीमधेसमा रहेको जिल्लाकै ठूलो नगरपालिका परशुरामले व्यवस्थित तथा सुन्दर पालिका बनाउने अभियानअन्तर्गत…

Read More

दार्चुला : दार्चुलाका मिनीसिंह डडालको क्रोसियामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको लागि सन् २०२२ मा क्रोसिया गएका डडालको बिल्डिङ कन्स्ट्रक्सनको काम गर्ने बेला लडेर ज्यान गएको हो। गत मंसिर २३ गते भवनमा काम गर्ने बेला लडेर घाइते भएका डडालको उपचारको क्रममा पुस ४ गते मृत्यु भएको बताइएको छ। शव नेपाल पठाउन नेपाली दुतावास भियनामसँग कुरा भइरहेको बताइएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ जात्रा घर भएका ४७ वर्षीय मृतक डडालको परिवारमा दुई छोरा, एक छोरी र श्रीमती रहेका छन्। भएको जमिनसमेत बिक्री गरेर श्रीमतीको उपचार गरि धन कमाउन विदेश गएका डडाल उतै अस्ताएपछि परिवार बिचल्लीमा परेको छ।

Read More

धनगढी : भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ। पछिल्लो एक साताभित्र गौरीफन्टा नाका भएर भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार हिजो गौरीफन्टा नाका भएर भारतबाट फर्किएका दुई जनामा कोरोना पुष्टि भएको छ । ९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि पुस ७ गते सोही नाकाबाट आएका एक जना र पुस ५ गते दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Read More

काभ्रे : नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा काभ्रेको पाँचखालबाट प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्। आफ्नै विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन्। आइतबार पीडित बालिकाको सामाजिक सञ्जालमार्फत घटना बाहिरिएपछि जनप्रतिनिधिहरु विद्यालयमा पुगेर दुवै शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । शिक्षक श्रेष्ठले दसैं तिहारको बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ। त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक म्यासेज पठाउने गरेको देखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय…

Read More

बाजुरा : बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर एक बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आँचल रावलको आइतबार साँझ मृत्यु भएको हो। सोही ठाँउस्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको सापटमा बालिकाकोे दोपट्टा बेरिएर टाउकोमा चोट लाग्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

Read More

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका ९ गदरियाका ४३ वर्षीय रतीराम चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। भजनी नगरपालिका ७ हिम्मतपुर स्थित हुलाकी सडक–खण्डमा सुदूरपश्चिम प्रदेश ०१००११ प ८०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

बझाङ : बझाङमा एक युवक मृत फेला परेका छन् जिल्लाको मष्टा गाउँपालिका- ४ घर भई हाल सदरमुकाम चैनपुरमा डेरा गरि बस्ने २२ वर्षीय कलक कठायत मृत फेला परेका हुन् । आइतबार साँझ साढे आठ बजे तिर उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि मृतकका दाई सुशिल कठायतले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

Read More

पोखरा : नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनीहरू अवेरसम्म पनि घर नफर्केपछि  खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।  मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

Read More