दार्चुला : दार्चुलाका मिनीसिंह डडालको क्रोसियामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको लागि सन् २०२२ मा क्रोसिया गएका डडालको बिल्डिङ कन्स्ट्रक्सनको काम गर्ने बेला लडेर ज्यान गएको हो।
गत मंसिर २३ गते भवनमा काम गर्ने बेला लडेर घाइते भएका डडालको उपचारको क्रममा पुस ४ गते मृत्यु भएको बताइएको छ। शव नेपाल पठाउन नेपाली दुतावास भियनामसँग कुरा भइरहेको बताइएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर १ जात्रा घर भएका ४७ वर्षीय मृतक डडालको परिवारमा दुई छोरा, एक छोरी र श्रीमती रहेका छन्। भएको जमिनसमेत बिक्री गरेर श्रीमतीको उपचार गरि धन कमाउन विदेश गएका डडाल उतै अस्ताएपछि परिवार बिचल्लीमा परेको छ।
Facebook Comments Box