Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध तेस्रो विकेट गुमाएको छ । युवा विकेटकिपर उत्तम थापामगर र अर्जुन कुमाल आउट भएका हुन् । जितको लागि २९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै ७१ रन बनाएको छ ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँ बानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे । सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए । ‘लगानी सम्मेलन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ’, उनले भने ।

Read More

धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट भएका हुन् । तीव्र गतिका बलर राज लिम्बानीको सट बल पुल सट खेल्ने चक्करमा एज लागेर कट एण्ड बोल्ड आउट भएका हुन् । ४२ बल खेलेका दीपकले ३ चौका हानेका थिए ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन भएको छ । पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गरिएको हो । लोगो संशोधन समितिले तयार पारेको प्रतिवेदन बमोजिमको नयाँ लोगो प्रदेश सभाका लागि कायम गरिएको छ । आज बसेको प्रदेश सभा बैठकले समितिको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ । प्रतिवेदन पारित भएकाले सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण भएको घोषणा गरे । साथै, लोगो संशोधनसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि अन्य कार्य अगाडि बढाउन उनले प्रदेश सभा सचिवालयलाई निर्देशन दिए । समितिको प्रतिवेदनमाथि आजै सदनमा छलफल गरिएको छ । प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर रावल, शिवसिंह…

Read More

काठमाडौं : एकताकाका नेपालको अपराधिक दुनियाँका डन मानिने गुण्डा नाइले कुमार ‘घैंटे’ (कुमार श्रेष्ठ) ले जन्माएको कम्पनी अहिले कालोसूचीमा परेको छ। तत्कालीन संस्थापक ‘घैंटे’को कम्पनी श्री गजुरमुखी निर्माण कम्पनी प्रालि कालोसूचीमा परेको हो। अहिले सन्तोष गौतम र दिपम गौतम मुख्य सञ्चालक रहेको सो कम्पनीलाई २ वर्ष बढी अवधिको लागि कालोसूचीमा राखिएको बताइएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको हो। आपूर्तीकर्ताहरुलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नसक्ने चेतावनी पनि दिइएको छ। सडक डिभिजनको कार्यालय नेपालगञ्जले कालोसूचीमा राख्न लेखि पठाएपछि सो कम्पनी कारबाहीमा परेको हो। यतिमात्र होइन…

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले स्वकीय सचिव दिलिपकुमार साउदलाई पदबाट निलम्बन गरेका छन्। अत्तरिया उद्योग वाणिज्य संघले लगाएको महोत्सवमा भएको नक्कली टिकट हिनामिनाको छानबिनको समयसम्मका लागि भन्दै उनलाई पदबाट निलम्बन गरेका हुन्। अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका साउद महोत्सवको नक्कली टिकट प्रकरणमा मुछिएका छन्। उनी नक्कली टिकट प्रकरणमा मुछिएपछि स्वकीय पदमा रहिँ रहँदा पार्टी तथा पालिकाको दबाबका कारण छानबिनमा समस्या नहोस् भनेर सहयोगका लागि उनलाई निलम्बन गरिएको नगरपालिका स्रोतले जनाएको छ। अत्तरिया उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको अभियोगमा साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराका नाममा जिल्ला अदालत कैलालीले पक्राउ…

Read More

काठमाडौं : व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरूले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी र थापासहितलाई पक्राउ गरेको जनाएको हो। पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिएका हुन्। बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीका छाता संगठनले आपत्ति जनाएका थिए। उनीहरूलाई बिनाअनुसन्धान पक्राउ गरेको भन्दै आपत्ति जनाइएको थियो। च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५…

Read More

काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ। हिजो बेलुका अनलाइनमार्फत सट्टेबाजी गरेको भन्ने विशेष सुराकीका आधारमा खटिएको टोलीले झण्डै एक दर्जनलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जना भारतीयमाथि मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीले बताए। पक्राउ परेकाहरुको साथबाट विभिन्न मुलुकका रकमसमेत फेला परेको उनले जानकारी दिए। ‘पक्राउ त धेरै परेका छन्। तर,तीन जनामाथि मात्र मुद्दा चल्छ। उनीहरुले अनलाइन सट्टेबाजी गरेजस्तो पनि देखिन्छ,’ उनले भने, ‘युरो, डलरलगायत विभिन्न मुलुकको गरेर झण्डै नेपाली रुपैयाँ एक करोड बरामद भएको छ। हामी छानबिन गरिरहेका छौं।’

Read More

धनगढी : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालय धनगढीको व्यापारिक कम्प्लेक्समा आगो लागेको छ। धनगढी बसपार्कस्थित मेन रोडमा रहेको कम्प्लेक्सको पाथीभरा इम्पोरियममा मध्यान्हको समयमा आगलागी भएको बताइएको छ। उक्त इम्पोरियममा जुत्ता पसल थियो। आगलागीबाट उक्त पसलका जुता चप्पल सबै जलेका छन् भने वरपरका पसलसमेत आगलागीबाट जलेका छन्।  कम्प्लेक्सको भुईंतलामा पसलहरु र पहिलो तलामा कार्यालय छ।

Read More

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शक्ति केन्द्रको मान्छे पक्राउ परेमा अनावश्यक दबाब आउने गरेको गरेको गुनासो गरेका छन्। पोखरामा आजदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन्। ‘कोही राजनीतिक पृष्ठभूमिको पर्यो भने हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर कराउन थाल्छन्। कर्मचारी पक्राउ परे भने कर्मचारी उफ्रिन्छन्’, उनले भने, ‘उद्योगीलाई पक्र्यो भने व्यापारीहरू उफ्रिन्छन्। तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट छैन। जालसाजी गर्ने ठग्ने छुट दिन सकिँदैन।’ यसैबीच, गृहमन्त्री श्रेष्ठले अपराधमा संलग्नलाई पक्राउ गर्दा अप्ठेरो पार्न खोजे सरकार छोड्ने संकेत गरेका छन्। ‘यस प्रकारको हामीलाई दबाब भइरह्यो भने हामी हाम्रो दिशा…

Read More