Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते आइतबार र १८गते सोमबारका सार्वजनिक बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका वडा नं ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ।  कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो ।  काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ ।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी, गण्डकी  र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Read More

धनगढीः दिनभर तनावग्रस्त बनेको कैलालीको लम्की क्षेत्र साँझपख सामान्य बनेको छ । बिहीवार साझ कैलालीको लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका मोहन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर बिष्टका आफन्त र स्थानियले राजमार्ग अवरुद्धपछि आज (शुक्रवार) दिनभर लम्की क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । मृतकका परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। आज विहान ८ बजे देखि अवरुद्ध पुर्बपश्चिम राजमार्ग साझ करीब ४ बजेपछी प्रहरीले बल प्रयोग गरी खुलाएको हो। राजमार्ग खुलाउने क्रममा आज दिनभर पिडितपक्षको अवरोध र प्रहरीको बल प्रयोगका कारण लम्की बजारमा झडप समेत भएको थियो । प्रदर्शनकारीले राजमार्ग सञ्चालन गराउन नछोड्दा प्रहरीले…

Read More

लान्झोउ : पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको चाङ्छिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन्। हाल, नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको छ र पत्ता लगाइएको तेल भण्डारहरूले प्रति वर्ष ५००,००० टनको कच्चा तेल उत्पादन क्षमता बनाएको निउले उल्लेख गरेका छन् । यसअघि, चाङ्छिङ आयलफिल्डले विश्व(स्तरीय अल्ट्रा(ठूलो तेल निर्माण गरेको थियो ।

Read More

दार्चुला : दार्चुलामा एचआईभी संक्रमणका कारण हाल सम्म ७ जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका एचआईभी संक्रमितहरुले ज्यान गुमाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले दिएको जानकारी अनुसार नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेका ५ जना पुरुष र २ जना बच्चाको एचआईभीकै कारण ज्यान गएको बताएका छन् । मृत्यु हुनेमा महाकाली नगरपालिकाका २ जना, मालिकार्जुन गाउँपालिका ,लेकम गाउँपालिका तथा मार्मा गाउँपालिकाका समान १÷१ जना गरी ५ जना पुरुषको एचआईभी संक्रमणका कारण मृत्यु भएको एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले जानकारी दिए । यस्तै शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका…

Read More

कञ्चनपुर: कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले बेलौरीमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले जिल्लाको बेलौरी नगरपालिकाको कृषि शाखाले सो पाठशालामा सञ्चालन गरेको हो । बेलौरी नगरपालिकाको कृषि शाखाले वडानम्बर १० र वडा नम्बर ४ मा पाठाशाला संचालन गरेको कृषि शाखा प्रमुख सुमन जोशीले बताए । बेलौरी (१० मा आलु खेती र बलौरी (४ मा गहुँ खेती बारे पाठशाला चलाएको जोशीले बताए । दुबै वडा मा करिब ३ कट्ठा क्षेत्रफलमा पाठशाला चलाइदै छ । पालिकाका इच्छूक कृषि समुहले पाठशाला सहभागी हुन पाउने छ । कृषिमा पाठशालाबाट नया प्रविधिले कृषि बालीनाली लगाउने तरिका,…

Read More

कञ्चनपुर : महाकाली सिचाइ दित्तिय चरण अन्तर्गतको शिवनगर मेन नहर सरसफाइको काममा अनियमितता भएको पाइएको छ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका र बेलडाँडि गाउपालिका जोड्ने मुल नहर सरसफाइमा अनियमितता भएको हो । गत आवको अन्त्यमा २०७९/०८० मा सिचाइ कार्यालयले बेलौरी नगरपालिका -१० मा करिब ६ किमि नहर सफा गरेको थियो । त्यसपछि नयाँ आव २०८०/०८१ कार्तिकमा बेलौरी नगरपालिका १० भुडा देखी बेलडाडी गाउँपालिका -५ झिलमिला सम्म करिब ८ कि .मि नहर सरसफाइ गरेको हो । सिचाइको क्षेत्रीय समितीले नहर सफाइको क्रममा नहरको माटो बेचेको थियो । क्षेत्रीय समितीले नहरको माटो प्रति ट्राली ५ सयका दरले बेचेको हो…

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरू आइतबार मात्रै छुट्ने भएका छन् । उच्च अदालतका अनुसार, उच्चले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ । अदालतले सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । टङ्ककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा छाड्न अदालतले भनेको छ । अदालतले टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ भने बालकृष्ण खाँणको हकमा न्यायाधीशको राय बाझिएको छ…

Read More

पर्वत : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहाकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य…

Read More