Author: महेन्द्रनगर पोष्ट

झापा : गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ। उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन्। दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो। सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन्। घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन्। यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो। ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ। तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए। सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स…

Read More

काठमाडौं : स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

दोलखा :  सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर दोलखाको तामाकोसी गाउँपालिका– २ झुलेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ। ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए। उनको उपचारका क्रममा पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा आइतबार मृत्यु भएको हो। उनीसँगै शनिबार साँझ सिकार खेल्न गएका ६ जनालाई प्रहरीले भरूवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ। आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन्। त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ। २०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए। अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किँदै छन्। दुवईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप–२८) मा सहभागी भइ प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किन लागेका हुन्। शनिबार उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए।

Read More

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते र १८ गतेसार्वजनिक बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ। कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताए । उनले भने, “तिनीहरुलाई पहिले बचाउनुहोस् ।” जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा…

Read More

बझाङ : धनगढी : बझाङमा जीप दुर्घटना भएको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर १ को गुरेल्थुमा से १ ज ५९३ नम्बरको जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको जीप शनिवार कोल्ढुङ्गा नजिकै दुर्घटना भएको छ। जीपका यात्रु सकुशल रहेका छन्। चालक दिनेश धामीलाई चोट लागेको छ। उनको चैनपुरमा रहेको जिल्ला अस्पतालमा उपचार हुँदैछ।

Read More

धनगढी : सुदूरपश्चिममा एक वर्षमा २५२ नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरको तथ्याङ्क अनुसार एक वर्षमा साढे दुई सय नयाँ एचआइभी सङ्क्रमित सुदूरपश्चिममा फेला परेका हुन्। निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा एक सय पाँच, कञ्चनपुरमा ५३, अछाममा २८ र डोटीमा २४ जनामा संक्रमण देखिएको छ । बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ देखिएको निर्देशनालयको तथ्यांक छ । प्रदेशभरि हालसम्म चार हजार ७१७ जनामा एचआइभी संक्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन् । गत आर्थिक वर्षभरि प्रदेशमा एचआइभी सङ्क्रमित २४ महिला, ४३ पुरुष र एक जना यौनिक अल्पसंख्यकको मृत्यु भएको बताइएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरी २ हजार ९ सय ७८ जना हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलब खाने गरी ती हवल्दारहरुको सरुवा गरेको हो । सूची हेर्न डाउनलोड गर्नुस् : 00hc_saruwaDownload

Read More