काठमाडौं : स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments Box