Author: महेन्द्रनगर पोष्ट

दैलेख : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्। सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताएका हुन्। उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए। उनले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए। उनले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले…

Read More

महेन्द्रनगर : कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुदैछ। यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ। सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरीयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट दिउँसोबाट मर्मत सम्भारको काम सुरु दिउँसोबाट मर्मत सम्भारको काम सुरु हुने जानकारी दिए। “सरकारले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरी बलले आजबाट भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गर्दैछ।” उनले भने, “विछोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले…

Read More

काठमाडाैं : हुम्लामा हिमपात भएको छ। आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ। हिमपातसँगै चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन्। काममा निस्कनुपर्ने मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चिसोका कारण बढी समस्यामा परेका छन्।

Read More

काठमाडौं : नेपाली बजारमा आज सुन तोलाको ८ सयले बढेको छ। सुनको भाउ बढेपनि चाँदीको मूल्य स्थिर रहेको छ।  आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ। आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता, चाँदीको मूल्य आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा रहेको एक घरमा आगलागी भएको छ। लक्ष्मी सेट्टीको घरका आइतवार आगलागी भएको हो। घरमा कोही नभएको बेला दुई कोठे जस्ताले छाएको घरमा आगलागी हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ तारानगरस्थित एक घरमा ८ तोला सुनका गहना र ४ लाख नगद चोरी भएको छ। पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको हो। बुधबार पूजाका लागि डोटी गएकोमा आइतबार घर पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए। चोरले घरमा रहेको पूजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए। प्रहरीलाई जानकारी गराएपछि मुचुल्का तयार गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए। उनले घरबाट सुनका गरहना ८ तोला, तीन लाख नगद र ४ तोला चादी सामाग्री लगेको बताएका छन्।

Read More

डडेल्धुरा : डडेल्धुरा बसपार्क नजिक एकजना मृत फेला परेका छन् । बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन्। फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए।  घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले बताए। मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका वडा नम्बर ३ चनाली हो। 

Read More

काठमाडौं : दाङबाट हराएका एक बालक १० दिनपछि काठमाडौंमा भेटिएका छन्। तुलसीपुर उपमहानगरपालिका– ७ गणेशपुरका १२ वर्षीय आनन्द रेग्मी मंसिर ८ गते बिहान करिब साढे १० बजेदेखि सम्पर्कविहीन थिए। कक्षा ६ मा पढ्दै गएका उनी हराएपछि परिवारले खोजीका लागि तुलसीपुर प्रहरीलाई आग्रह गरेका थिए। आनन्दका बुबा जीवराजका अनुसार घरबाट छोरा र ३५ हजार रुपैयाँ हराएको थियो। प्रहरीले आनन्दको खोजीका लागि आनन्दको फोटो सार्वजनिक गरेको थियो। तस्बिर देखेका एक जना गाडीका कर्मचारीले आनन्द काठमाडौंको माछापोखरीमा झरेको सूचना प्रहरीलाई दिएका थिए। त्यसपछि खोजी गर्ने क्रममा आइतबार काठमाडौंको बसपार्क क्षेत्रमा हिँडिरहेका बेला आनन्द फेला परेका थिए। बालकले बताएअनुसार सुरुमा उनी काठमाडौं आएछन् र…

Read More

कञ्चनपुर: प्रहरीले कञ्चनपुरमा लागुऔषध मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कञ्चनपुर जिल्ला अदालतले २०७७ चैतमा १ महिना २६ दिन कैद सजाय तोकेका बेदकोट नगरपालिका–६ का कमल चौधरी र २०७८ साल पुसमा १ महिना १ दिन कैद तोकिएका भीमदत्त नगरपालिका–१४ का संजोग भन्ने अजय भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। घर ठेगानाबाटै पक्राउ परेका दुवै जनालाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनकुटा: धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ। डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो। राति घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए। घरमा गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए। उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो। तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरु पनि एकैठाउँमा थुपारेर आगो सल्काइएको पाइएको वडाध्यक्ष गुरागाईले बताए। उक्त आगो छिमेकीहरुले निभाएका थिए।

Read More